धरान १ असोजः गए रातिबाट आएको अविरल बर्षाद्का कारण कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डका धरान ४ निशानेमा पहिरो गएको छ ।
निशाने खोलाबाट आएका बाढीले कटान गर्दा पहिरा गएको स्थानीयहरुले बताएका छन् । पहिराका त्यहा रहेको एउटा होटल बगेर पुर्णरुपमा क्षति पुगेको छ भने धरान भेडेटार सडकखण्ड र अन्य केही घरहरु पनि उच्च जोखिममा परेको छन ।
निशाने खोलाको कटानले पहिरो छेउमा रहको भक्तबहादुर राईको ए वान होटलससहत जग्गा समेत बगाएको छ । होटलसगै रहेको घर पनि भत्किएर क्षतविक्षत भएकोे छ ।

भौतिक संरचना र जग्गा मा क्षति पु¥याउदा २ करोड बराबरको क्षति पुगेको पीडित भक्तबहादुर राईले बताउनुभयो ।
पहिरोले नजिकैको देविका राईको अर्को होटल पनि जोखिममा छ भने उत्तरमाया राई, सन्तोष राई र अर्जुन राईको घर पनि पहिरोको उच्च जोखिममा छ । पहिरोको जोखिममा रहेको सर्वसाधारणहरुलाई अन्यत्र सारेर राख्ने व्यवस्था गर्न स्थानीयहरुले माग गरेका छन ।
