पूर्वी तराई जोड्ने लावरबोटे तमोर करिडोर द्रुत मार्गको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा सात प्याकेजमा हुँदै गरेको द्रुत मार्गको ट्रयाक खोल्न ६ अर्ब २३ करोड ९९ लाख लागत लाग्ने

धनकुटा÷ सुनसरीको चतरादेखि पाँचथरको गणेशचौक ताप्लेजङ्गु सम्मको दुई लेन सडकको लावरबोटे तमोर करिडोर द्रुत मार्गको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग (पुष्पलाल) को काम सात प्योजकमा भएपछि यसको ट्रयाक खोल्न अब थोरै मात्र रहेको आयोजनाले जनाएको छ । वि.सं. २०७४ साल फागुनबाट सुनसरीको चतराघाट हुँदै धनकुटाको लावरबोटे, मुलघाट भएर पाँचथरको अमरपुरडाँडा गणेशचौक सम्मको सडकको ट्रयाक खोल्न अब १७ सय मिटर मात्र रहेको मध्य पहाडी लोकमार्गका फिदिम स्थित कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिम स्थित कार्यालयका सूचना अधिकृत इन्जिनियर सिंगु खत्रीका अनुसार हाल यसको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । सात प्याकेजमा काम अगाडि बढाएपछि ट्रयाक खोल्ने काम सोचेभन्दा तिब्र गतिमा अगाडि बढेको खत्रीको कथन छ । सात प्याकेजमा पाँचथरको गणेशचौकदेखि मुन्तुरा खोला, मुन्तुरा खोलादेखि शिवा दोभान, शिवा दोभानेखि लोरिपा दोभान, लारिपा दोभानदेखि नावा खोला, नवा खोलादेखि लेउती पुल, लेउती पुलदेखि धनकुटा र चतराघाटसम्मको ट्रयाक खोल्ने काम एकसाथ अगाडि बढेको थिया । ट्रयाक खोल्ने काम ६ अर्ब २३ करोड ९९लाख अनुमानित लागत रहेको छ भने पाँचथरको लिलिहाङ्ग ५ सुभाङ्गमा पाँचसय मिटर र पाँचथरकै माझीटार खण्डमा १२ सय मिटर काम गर्न बाँकी रहेको खत्रीले जानकारी दिनुभयो । केही भौगोलिक कठिनाई र चट्टाने पहाडका कारण यो काममा केही ढिलाई भएपनि असोज सम्ममा यो काम सिद्धिने र त्यसपछि ग्राभेल, कालोपत्रेको प्रक्रिया अगाडि बढने खत्रीको कथन छ । उक्त सडक खण्डको कुल लम्बाई १४८ किलो मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ । आयोजनाको पाँथर खण्ड हेर्र्दै आएका इन्जिनियर लालकिशोर यादवका अनुसार
पाँचथरको गोशचौकदेखि धनकुटाको मुलघाट लावारबोटे सम्म १ सय १२ किलोमिटर लम्बाई रहेको छ ।
यसैगरी लारबाटे मुलघाटदेखि वाराहक्षेत्र तल नयाँ कोशीको पुलसम्मको लम्बाई ३६ किमी रहेको छ । उहाँका अनुसार चारआली ताप्लेजुङ्गको मेची राजमार्गको पाँथरको गणेश चौक खण्डबाट शुरु भएको करिडोरको पहिलो प्याकेजको दूरी २६ किलोमिटर,दोस्रो खण्डको मुन्तुुरा खोला शिवा दोभानको १६ किमी, शिवा खोलादेखि लोरिया दोभान खोला खण्डको १९ किलोमिटर, लोरिपा दोभानदेखि नावा खोला सम्म २१ किमी, नावा खोलादेखि लेउती पुलसम्म ३० किमी, लेउतीपुलदेखि सानो सफाई धनकुटासम्म १६ किमी र सानो सफाइदेखि बराहक्षेत्र नयाँ पुलससम्म ३६ किमी लम्बाई रहेको इन्जिनियर यादवले जानकारी दिनुभयो ।
इन्जिनियर यादवका अनुसार करिडोरको ट्रयाक खोल्ने काम ९० प्रतिशत भन्दा बढी सिद्धिइसकेको छ । तमोर करिडोर, पाँचथरको
माझीटारबाट मध्य पहाडीलोकमार्गमा जोडिने पनि उहाँले बताउनुभयो । यो करिडोर सम्पन्न भएपछि पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम, संखुवासभा, ओलढुंगा, भोजपुर, धनकुटाका स्थानीय बासिन्दाहरुको सोझो पहुँच प्रदेश राजधानी विराटनगरसम्म रहने छ । सडक अभावका कारण कृषिजन्य उत्पादन स्थानीय बजार भन्दा बाहिर लैजान नसकेका किसानहरु सबैभन्दा बढी लाभान्वित हुने पनि देखाएको छ । ट्रयाक खोल्ने काम अगाडि बढ्नु भन्दा अगाडि स्थानीय बासिन्दा र राजनैतिक दलका अगुवाहरुले कामलाई अगाडि बढाएका थिए । पछि सरकारले यसमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बजेट विनियोजन गरेर काम अगाडि बढाएको थियो ।

 

तपाईको प्रतिक्रिया