भण्डाबारी÷गत पाउन २० गते भारतले संसदबाट जम्बु कस्मिरबाट धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेपछि केही मुस्लिम अतिवादीहरुले
भारतमा आतंकवादी घट्ना गराउन सक्ने आशंमामा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले सुनसरीमा समेत सीमा नाकामा कडाई गरेको छ ।
हाम्रो विशेष सुत्रले दिएको जानकारी अनुसार नेपालको बाटो हुँदै धर्म प्रचारको आडमा आतंककारीहरु सुनसरी र सप्तरी जिल्लाका विभिन्न नाका भएर भारत प्रवेशको तयारी गरेको सूचनाका आधारमा एसएसविले सीमा नाकामा चेक जाँचलाई कडाई गरेको हो ।
सुनसरी जिल्लामा दर्जनभन्दा बढी सीमा नाकाहरु रहेका छन भने सप्तरीमा समेत त्यतिकै संख्यामा मानिसहरुका आवात जावत गर्ने नाकाहरु रहेका छन । एसएविको केन्द्रीय कमाण्डबाटै कडा निर्देशन आएपछि सुनसरी र सप्तरीका नाकाहरु प्रयोग गरी भारतको सुपौल जिल्ला प्रवेशको तयारीमा रहेको स्रोतले उद्यृत गरेको छ । भारतको विहार राज्य अन्तर्गतको सुपौल विरपुरमा रहेको ४५ वी वटालियनका डेपुटी कमाण्डर आलोककुमारको निर्दैशनमा यतिबेला एसएसवीका महिला र पुरुष अफिसर एवम् जवानहरु सीमा नाकाहरुमा खटिएका छन् । उनीहरुले कुकुर, मेटल डिटेक्टर सहित भारत प्रवेश गर्नेहरुको चेकजाँच गरिरहेका छन् । हरिपुरका स्थानीय सहदेव यादवले भने विगत केही दिन यता बोर्डमा अत्यन्तै कडाई गरिएको छ । मानिसहरुको आवात जावत नहुने नाकाहरुमा समेत एसएविले पेट्रोलिङ्गलाई तिब्र बनाएको उनको कथन छ ।
