मुलुक संघीय गणतन्त्रमा गएको पनि तेह्र बर्ष भएछ । आज भन्दा १३ बर्ष अगाडि राजा ज्ञानेन्द्रले सहज ढगले राजसंस्था छोडेका थिए भने संविधान जारी भएर संघीयता कार्यान्वयनमा आएको पनि झण्डै चार बर्ष हुन लाग्यो ।
संघीय लोकान्त्रिबक गण्तन्त्र यो मुलुकमा यति चाँडै असफलताको सिढी उक्लेला भनेर कसैले सोचेकै थिएनन् । यसैको आडमा संघीय लोकतान्त्रिक गणतन्त्र भनेको वैलगाडा चढेर अमेरिका जान सरह……भन्ने केपी ओली देशको कार्यकारी प्रमुख छन् भने पूर्व माओवादीका स्खलित भएर एमालेसँगको एकताबाट सत्तापक्ष भएर बसेका छन् ।
कुनै पनि व्यवस्था आफैमा असफल हुँदैन । त्यसलाई सञ्चालन गर्ने सारथी र पात्रहरु इमान्दार हुनुपर्छ । तर गणतन्त्र स्थापना पश्चात सत्तामा पुगेका शासकहरु स्वेच्छाचारी, जनाको मत लिएर जनतामाथि नै अत्याचार गर्न प्रवृत्ति, लुट तन्त्र मच्चाउने, बलात्कारी र
हत्याराहरुको सक्षण गर्ने, आफन्त र आफू निकटले जस्तोसुकै जघन्य अपराध गरे पनि शक्तिको आडमा जोगाउने जस्ता कारणले नेपाली जनताले आफूलाई असुरक्षित महुस गर्न थालेका छन् । दुई मुठा साग बेच्नेसँग कर असुलेर अरबौ राजस्व तिुर्न पर्नेलाई मिनाहा गर्ने वर्तमान सरकारको रवैयाले नेपाली जनता वर्तमान व्यवस्था र नेतत्वप्रति आक्रमक भएर सडकमा आउन थालेका छन् । पछिल्लो पटक कुनै न कुनै रुपमा नेपाली जनताले मुलुकमा राजतन्त्रको अपरिहार्यता देख्न थालेका छन् ।
घट्ना क्रममले पनि यिनै कुराको पुष्टि गर्दै गएको छ । नेपाल टेलिकमको १२ अर्बको फोरजी घोटाला काण्ड, वाइडवडी काण्ड,, मेचम्ची ठेक्का प्रकरण काण्ड, वालुवाटार जग्गा काण्ड सतहमा आएका काण्डहरु मात्र हुन तर सतहमा नआएका यस्ता अनगिन्ती काण्डहरु पर्दाफास हुन सकेको छैन । आज राज्यका तिनै तह स्थानीय,पदेश र संघबाट नेपाली जनता प्रताडित भएका छन् । तिनै तहलाई नागरिकले कर तिर्नपर्छ तर त्यसरी तिरेको करबाट जनताका लागि कुनै काम हुँदैन । कथित जन निर्वाचित र कर्मचारी संयन्त्रको मिलीभगतमा दुरुपयोग हुने गरेको छ । साइकल चढ्ने हैयित नभएकाहरु करोडौका गाडीहरु सवार हुन्छन्, विना प्रयोजन विदेशघुम्न जान्छन र दारु पानीमै करोडौ सिध्क्याउँछन् । ९०प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकमा हिन्दुकै धर्म, संस्कृतिमाथि एकपछिको प्रहार गर्ने, नागरिकको भावनामा ठेस पु¥याउने जस्ता कायले नागरिकलाई यतिबेला आहत बनाएको छ ।
भर्खरै मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल झापा,इलामका केही कार्यक्रममा सहभागी हुन आउँदा उनले देशलाई राजावादीहरुबाट ठूलो खतरा रहेको लज्जास्पद अभिव्यक्ति दिएका थिए । नागरिकले आफनो चाहना बमोजिम मुलुकले गति नलिँदा विकल्प खोज्छन् । आज सडकमा राजाका समर्थनमा उठेका आवाज त्यसैको प्रतिविम्ब हो । तर प्रचण्डले त्यसता अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएर संयिमत भएर आपाूहरुलाई सुधार गर्नुको सट्टा आगोमा थप घ्यु हाल्ने दुस्साहस गरेका छन् । उनले हिजोका निरंकुशवादीहरु उफ्रिदैमा व्यवस्था
परिवर्तन हुँदैन भनेर एउटा मास, सार्वजनिक ठाउँमा अभिव्यक्ति दिनु उनको विचलित मानसिकता हो । कहिले हामी चाँडै मारिन्छौ, कहिले राजावादीहरुबाट देशलाई खतरा छ भनेर भाषण गर्नु विक्षिप्त मानसिकता नभएर अरु केही हुन सक्दैन । सामाजिक सञ्जालमा प्रचण्ड तथा सत्ता पक्षका कसैबाट आएका अभिव्यक्तिप्रतिको टिप्पणीले पनि यही कुराको पुष्टि हुन्छ ।

