पाकिस्तानले आतंकवाद बन्द नगरे कैयौ टुक्रा हुने भारतीय रक्षामन्त्रीको चेतावनी

एजेन्सी (नयाँदिल्ली)÷भारतका रक्षामन्त्री एवम् भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले पाकिस्तानले आतंकवादीमाथि लगाम नलगाए कैयौ टुक्रा हुने चेतावनी दिनु भएको छ ।
रक्षामन्त्री सिंहले भारतले आफ्नो भूभाग जम्बु कस्मिरबाट संविधानको धारा ३७० खारेज गरेपछि त्यसलाई पाकिस्तानले पचाउन सकिरहेको छैन । अनेकौ अफवाफ फैलायाएर विभिन्न देशको समर्थन लिन पाकिस्तान असफल भएपछि उसले भारतका विरुद्धमा यो मुद्दालाई संयूक्त राष्ट्र संघमा पु¥याएर सदस्य राष्ट्रहरुलाई गुमराहमा पार्ने प्रयास गरिरहकोे छ । आज कस्मिरमाा अल्प संख्यक जातिहरु सुरक्षित छन र उनीहरु सदैव सुरक्षित रहन्छन् ।
भारत जाति वा धर्मको आधारमा मानिसहरुलाई कहिल्यै विभाजित गर्दैन सिंहले भन्नुभयो । सरदहमा पहरा दिइरहेका अवस्थामा शहीद भएका १२२ सेनाको स्मृतिमा आयोजित कार्यक्रममा रक्षामन्त्री सिंहले भन्नुभयो यदि पाकिस्तानका तर्फबाट कुनै प्रकारको घुसपैठ भयो भने भारतीय सेनाले तिनीहरुलाई के गर्नुपर्छ त्यो उनीहरुले गर्छन् । त्यस्ता कुनै पनि घुसपैठीयाहरु भारतको भूमिबाट जिउँदो जाने छैनन । उहाँको कथन थियो पाकिस्तानका प्रधानमन्त्रीलाई मानिसहरुले उपयुक्त सल्लाह दिएका छन कि लाइफ अफ कन्ट्रोल पार नगर्नु भनेर । यदि उनले त्यसलाई मानेमा ठीकै छ नमानेमा भारतीय सेनाले के गर्नुपर्छ त्यो उनलाई राम्ररी थाहा हुनुपर्छ । रक्षामन्त्री राजनाथ सिंहले भन्नुभयो यदि उनीहरु सीमा पार गरेर यहाँ आए भने फर्कन सक्ने छैनन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत शुक्रबार मुजÏफरावादमा बोल्दै भनेका थिए एलओसी त्यसबेलासम्म पार नगर्नु जबसम्म मलाई सोधिदिैन ।

तपाईको प्रतिक्रिया