घण्टाघरबाट हेर्दा

कालो झण्डाको महिमा
नेपालाँ कालो झण्डाको अत्यन्तै ठूलो महिमा छ । कालो झण्डा भनेसी जस्तासुकै सिंहबहाद दुर पनि डरले काँप्ने गर्छन् । मन्तरी, पर्धानमन्तरी, राष्ट्रपति जोसकै हाृऊन कालो झण्डा देखाएपछि तिन्का अनुहारमा बाह« बज्छ । अस्तिका दिन काठमाण्डैमा पनि
राष्ट्रपतिलाई कालो झण्डा देखाइ दिएछन । कालो झण्डा एउटालाई देखाइन्छ टेन्स्निचाहिँ प्रहरलाई हुन्छ । खानु न पिउनुको टेन्सन । कालो झण्डादेखाउनेलाई पुलिसले च्याप्प च्याप्प अँठ्याएछ । फुइøया खान अँठ्याउनु ? धित मरुन्ज्यालसम्म झण्डादेखाउन दिएको भए भैहल्थ्यो । अन्तेमा आफै थाक्थे अनि चुपचाप बस्थे । पञ्चायत कालमा त जन्ताले कालो झण्डा देखाउथे । अहिले त झन ग नतन्त्र छ । राष्ट्रपतिलाई कालो झण्डादेखाउनै हुनभनेर नेपालको संविधानमा कहीलेख्याछैन क्यारे ? म नपाउनेले कालो झण्डा देखाए ।
राष्ट्रपतिलाई कसैले मन नपराउन पाइँदेन र ? फेरि राष्ट्रपति इन्दजात्रामा किन जानु ? इन्दै आफैै राजा हुन् । त्यस्तो जात्रमा त राजा पो जानु पर्छ । ओली वाइन घुट्क्याउनेहरुको बुद्धि कहिले पलाउला र खै ?
स्याल बिग्रिएको फ्याउरो
नेपालमा कमाउनिस्ट स्यालहरु बिग्रिएको देख्जा हिजो आज घण्टाघरलाई चिन्ता लाग्न थाल्या छ । एएटा स्यालले हुइँøया गर्दा सैयौ स्यालहरु हुइँøया हुइøयै गर्छन् । सिंहबाट स्याल भएका कमाउनिष्टहरु यतिबेला Ïयाउरो भएछन् । जंगलबाट सहर पसेर नव धनाढ्य भएका प्रचण्डाउले अस्ति अस्ति निक्कै हुँइøया लगाएर पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्न हुँइøया गरे । हैन त्यो नागर्जुन दरबार प्रचण्डाउका कुनचाहिँ अmपन्तले बनाएका रै’छन् कुन्नि ? घभण्टाघरालईचाहिँ हेक्काभएन । राजाका गुनगान गाउने, सबैलाई प्रचण्डाउले स्यालर अफूलाई सिंह भने । पचण्डाउकै सारमा सार मिलाउँदै अर्का खैजडीले बाजा बजाए । मातृका यादव नाम
गरेका तिन्ले नि नागार्जुनबाट लेखेट्छु भनेछन, कस्को लेखटिने बेला आउँदैछ विचिाराहरुलई पै छैन । सर्पले निल्दै
गरेको भ्यागुनाले अगाडिको झिँगा खाए जस्तो ।
विकास गर्ने रे
हैन हौ यो सरकारले गफ पनि कति दिन सक्या हँ ? दुई तिहाइको ेउसी भट्याएर जन्तालाइ कतिन्जेल उल्लु बनाउने सोच्याहोला ? काम भने भुत्लोभाङ्ग केही नगर्ने तर गफचाहिँ आकाश पालालै छेड्ने । देशैभरि अहिले डेंगुले जन्ता विरामी प¥याछन । तराई भ्याएर डेंगुहरुपहाडर हिालतिर उक्लिइ सके । तर हल्ला भए जति डेंगु छैन भनेर सरकारका सूचनो किास र समृद्धिको कुरा गर्छन् । ससरकार विकास गरेरै छाडेछ रे । हन पत्याउने सम्मको गफ पो दिनुपछ त । जाबो एउटा डेंगुका लामखुट्टे मार्न नसकक्नेले ठूला गरेको सुन्दा जन्ता वाक्क दिक्क भैसक्याछन् । पहिला लामखुट्टे मारेर देखाउनु प¥यो नि । सरकार जन्ताको स्वास्थ्यप्रति अत्यन्तै संवेदनशील छ आफ्नो स्वास्थ्यको ख्याल अफै गर्नुहोला भनेर भाषन ठोक्ने सरकार यसअघि कहिल्यै थिएन । कि कसो हौ ?
विथोलेछन् दौडाहाहरुले
बाँकेमा काँग्रेसको जन जारण अभियान सिंह दरबारमा अपानवायु छोडेर बस्नेहरुका छौडा माने अरिंगालहरुले विथोलेछन् । विथोले मात्र त हुन्थ्यो नि बाँकेकी सभापतिको हातै खस्काइदिएछन् । नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादुरले त भन्या थे कम्निष्टको शासन आयो भने बोल्ने कुरा त परै जाओस रुन पनि पाइँदैन । ठीकै भन्या रै’छन् । नत्र भने काँग्रसको जागरण अयभनमा अरिंगालहरु प्रवेश गरेर किन चिल्दै हिड्थे ? हुन त अरिंगालहरुले पनि आफ्नो मालिकको आदेश पालना ग¥या त होलान् नि ? नत्र त्यसरी नछिुर्न पर्ने ? यतिबेला
सिंहदरबारका माउ अरिंगाल र बाहिरका बच्चा अरिंगाल अलि बढी नै सल्वलाएका छन् । तिन्का छिचिमिराका झै प्वाँख उम्रेका छन् ।
सबैतिर थन्काइदिम
संस्कृति पर्यटन नागरिक उड्यान मन्तरी योगेश भट्टराईले पशुपतिनाथमा आरती गर्नु अगाडि राष्ट्रिय गीत बजाउन उर्दी जारी गरेछन् । भट्टराई साह«ै राष्ट्रवादी हुन नत्र उनले त्यसरी उर्दीजारी गर्ने नै थिएनन् । जारी गरे रम्रै गरे । पशुपति नाथमा मात्र घन्काएर त भएन नि † त्यसलाई व्यापक बनाउनु प¥यो । विवाह समारोह, पास्नी, डान्स वार, मलामी, मृत्यु हुँदा पनि त्यसलाई घन्काइ दिम । राष्ट्रिय गीत भन्या राष्ट्रिय गीत हो । अरु लैवरी गीत जस्तो त हुँदै होइन । हस्पिटलमा नि घन्काइ दिम, विरामी पर्दा पनि घन्काइदिम, दुर्घटना पर्दा पनि घन्काइदिम, अरु गीतलाई कहीपनि बज्ने चान्सै नदिम । यसो गरेसी’ सबै नेपाली कसो राष्ट्रवादी नबल्लान् त ? कि कसो हौ ?
एनसेल मालिकका“ बसे रे
केही मान्छेले हाम्रा पर्धानमन्तरी खप्रओको यतिबेला हुर्मतै लिन थाल्या छन् । वातै नै पिच्छे नानाथरि भन्या छ भन्या छ । अब हेरम न देशका चिकित्सकहरु सबै अक्षम भएसी’ विचरा उपचार गर्न अस्ति नै सिंगापुर गएर बसे । मान्छेको ज्यान हो तलमाथि त भइरहन्छ । सिंगापुर गएदेखि खेदो खन्या छ खन्या छ । खप्रओको उपचार खर्च कस्ले व्यहो¥यो आउने जाने खर्च कस्ले व्यहो¥यो, सिंगापुर पुगेका बटालियनलाई कस्ले पाल्यो भनेर सोधी खोजी ग¥या छन् । अझ पर्धानमन्तरी सिंगापुरमा एनसेलका मालिकका घरमा बसे भनेर उत्पात मच्चाएका छन् । बसे त बसे । सिंगापुरमा चिनजानको त्यही थियो । चुनाउको बेला नि चन्दा दिने त्यही थियो जिनजानसँगै खर्चबर्च दिने कहाँ नबसेर कहाँ बस्ने छ ? भन्नु पाए भन्ैमा नानाथरि त नभन्नु नि गाँठे ।
मुखुण्डोधारी भए रे
जनमोर्चा नेपालका अध्येक्षे चित्रबहादुर केसी पनि कहिलेकाँही त उट्पट्याङ्गै गफ हान्दा रै’छन् । अस्तिका दिन उन्ले भन्या खप्रअ‍े र प्रचण्डाउ पहिला पहिला कम्निष्ट थिए रे । अहिलेचाहिँ उनहिरु कम्निष्टको मुखुण्डो धारी हुन रे । सधैभरि कम्निष्ट भएर नि बस्न सकिदैन नि । माने सधै गरिब, जडौरी लगाएर हिड्न कस्लाइ मन लाग्छ र? विचराहरुसँग पहिला केही थिएन । गरिब थिए । बाह« बर्षमा खोला पनि फर्कन्छ भन्ने कुरा पनि थाहै छैन ? कम्निष्ट भन्या कम्निष्ट नै हो । नेपालमा कम्निष्ट हुनलाई झुट बोल्न र ढाँट्न सिपालु हुनुपर्छ । चाहे मुखुण्डोधारी हुन कि जेसुकै होस् यिनीहरुमा यो कला प्रचुर मात्रामा छ ।
अब क–कसका जागिर चैट
सुन्दा लाजको पसारो । यो देशका दाई घरेलु मन्तरी भाइ फिरौती असुली । घरेलु मन्तरीका भाइलाई प्रहरीले क¥याप्पै पारेछन् । लोकलाज पचाउन पनि घरेलु मन्तरीले ङिच्च त गर्ने प¥यो तर ज–जस्ले घरेलु मन्तरीका भाइलाई अँठ्याए तिनलाई साढे सातको दशा चाहिँलागेकै छ । अब क–कसको जागिर चैटहुने हो ? क–कस्को दुर्गममा सरुवा हुने हो ? त्यो सबै नालीबेली केही समयपछि थाहा भैहाल्छ । घरेलु मन्तरीका भाइ भएको थाहा पाउँदा–पाउँदै पनि त्यसरी प्रक्राउ गर्नु सोह«ैआना हुने थिएन । कि कसो हौ?

तपाईको प्रतिक्रिया