बम विस्फोट आशंकामा दुई प्रक्राउ

धरान÷मुलुकमा राजनैतिक अराजकता चरमोत्कर्षमा पुग्दै गरेको अवस्थामा राज्यद्वारा प्रतिबन्धित नेकपा (नेत्र विक्रम चन्द) समूहले पूर्वका विभिन्न स्थानमा वम विस्फोट र चन्दा आतंकलाई तिब्रता दिएको छ ।
गत विहीबार राति १ बजे धारन स्थित दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजमा भएको बम विस्फोट सेलाउन नपाउँदै सोमबार राति झापाका २ स्थानमा शक्तिशाली कुकर बम विस्फोट भएको छ् । विद्यालयलाई लक्षित गरेर गरिएको गत हप्ताको विस्फोटनबाट मानवीय र ठूलो भौतिक क्षति नभए पनि विद्यालय, कलेज जस्तो बालबालिकाको उपस्थिति रहने स्थानमा भएको विस्फोटको सर्वत्र आलोचना भएको थियो । धरान र इटहरीमा भएको विस्फोटलाई प्रहरीले चन्दासँग जोडेर घट्ना गराइएको निष्कर्ष निकालेको छ ।
झापाको विर्तामोड २ चारपाने स्थित नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय र गौरादह नगरपालिकाको प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडीमा भएको बम विस्फोटको जिम्मा विप्लव झापाका सेक्रेटरी मनिषले जिम्मा लिएका छन् । दुवै घटनामा कुनै मानवीय क्षति नभएपनि संस्थाको गार्ड रुममा पूर्ण रुपले क्षति पुगेको छ भने मिश्रले प्रयोग गर्ने सवारी साधन ध्वस्त भएको छ । झापाका प्रहरी प्रवक्ता महेन्द्र प्रधानका अनुसार विस्फोटनमा संलग्नताको आशंका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया