एजेन्सी (फरियावाद)÷ सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियालकपमा वित्तीय लगानी निवारण सम्बन्धी भारतको फरियावादमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा नेपालका २० जना उच्च अधिकारीहरु सहभागी भएका छन् ।
आतंकवादको कुनै जात, धर्म हुँदैन । आतंकवादले दक्षिण एसियामात्र नभएर संसारका कैयौ देशहरु प्रताडित रहेका छन् । नेपाल जस्ता साना र शान्त देशमा आतंककारीहरुले सेल्टर लिने र संसारका अन्य देशहरुबाट वित्तीय लगानी भिœयाउने अदृश्य गतिविधिलाई प्रभावकारी रुपमा नियन्त्रण, अनुसन्धानमा टेवा पुगोस् भन्ने उद्देश्यले भारतको प्राविधिक तथा आर्थिक सहयोग फरियावाद स्थित (National Academy of custom, Indirect taxes and Narcotics -NACIN_ नेपाली अधिकारीहरुका लागि भाद्र २ गतेदेखि ६ दिने प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षण भारतीय प्राविधिक आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भएको हो । नेपाली
अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्न भारत सरकारले नेपालका २० जना उच्च अधिकारीहरुलाई यसरी तालिममा सहभागी गराइएको हो । नेपाली उच्च अधिकारीहरुको क्षमता अभिवृद्धिमा यसभन्दा अगाडि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएको प्रशिक्षणमा सहभागी एक नेपाली अधिकारीले भने । यस प्रकारको तालिमलाई भारतले निरन्तरता दिने समेत जनाइएको छ । नेपालका विभिन्न नियामक निकायहरुका जम्मा ६० जना अधिकारीहरुलाई त्यस प्रकारको तालिम दिने समेत बताइएको छ ।

उक्त प्रशिक्षण दुई चरणका प्रत्येक २० जना उच्च तहका अधिकारीहरुलाइ NACIN मा कार्तिक र मंसिरमा दिइने छ । यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवरणसम्बन्धी मामलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ । सम्पत्ति सुद्धिकरण निवारण तथा वित्तीय अुनसन्धानको क्षेत्रमा NACIN भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो । यो संस्था एसिया, प्रसान्त क्षेत्रकालागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण संस्था हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै UNEP, UNDP, SASEC आदिसँग मिलेर काम गर्दछ ।
नेपाल सरकारको एक उच्च स्रोतले दिएको जानकारी अनुसार आगामी कार्तिक र मंसिरमा हुने दोस्रो र तेस्रो चरणको प्रशिक्षण कार्यक्रमका लागि वित्तीय तर्फका दक्ष, इमान्दार र अनुभवि कर्मचारीहरु छनौटको कार्य समेत हाल शुरु भइरहेको छ ।

