घण्टाघरबाट हेर्दा

रविलाई फसाउनै पर्छ
शालिकराम पुडासैनीको आत्महत्यामा पत्रकार रवि लामिछानेलाई फँसाउनै पर्छ । नेपालमा अम्रिकाको जस्तो सोचेर, गरेर हुँदैन भन्ने अलिकति बुझ्नु पर्दैन ? नेपालमा आ’को गनतन्त्र विश्वका कुनै पनि गनतन्त्रसाग मिल्दैन भन्ने विचरा लामिछनेलाई थाहै भएन छ । सत्ता र शक्तिको आडमा देशका इमन्दार भ्रष्टाचारी, तस्करी, चेलीबेटी बेचविखन गर्ने, बलात्कारी, हत्यारा, ठग, किर्ते गर्नेहरु सबैभन्दा महान हुन् । तिन्का बारेमा ‘ब’ पनि उच्चारण गर्नु हुँदैन , जन्ताले यस्तैलाई पत्याउँछन् । चुनाउमा सबैले जित्छन् पप्ैसो यिनीहरुसँगै छ, लाठी मुंग्रे शक्ति यिन्कै पछि लाग्या छन् । यिन्लाई त देवत्व करण गरेर बढाइचढाई गर्नुपर्नेमा लामिछानेले उल्टो काम गरे । त्यस्ता महान मान्छेका
बारेमा तथानाम भने प्रमाण र दशी देखाएर होच्याए । अनि त्यस्ता कुबुद्धि भएका नफसे को फँस्छ ? अम्रिका बसेर आ’का हुन क्यारे । उतैको जस्तो सोच्छन् । दुई पटक राष्ट्रपति हुँदा नि अम्रिकका राष्ट्रपतिले जाबो एउटा झुप्रो बनाउन सकेन तर यहँ त वडाध्यक्षले नै दुई चार महिनामा घर ठड्याइ दिन्छ । झन मन्तरी, सन्तरीको त कुरै नगरम । सबैलाई चिढ्याएसी फँसिदैन त ?  रविलाई फसाउनै पर्छ । कैयौको तिन्ले निन्द्रा हराम गर्दिया थे । फसाउनैपर्छ । त्यसपछि त हाइसञ्चो । कि कसो हौ ?
एक्काइस अर्बको बात
दश बर्षसम्म गोली बारुद्ध पड्काएर सत्तामा आएर आरम गरिरहेका महानायक प्रचण्डाउले युएइको बैंकमा २१ अर्ब थुपारेको भनेर नेपालमा एकथरि उफ्रिएको देख्दा घण्टाघरलाई कुरी कुरी लाग्न थालेको छ । महानायकले जाबो २१ अर्ब त जोगाड गरेछन् । भन्नेले पनि २१ अर्बलाई कोकोहोलो गरेर किन विस्कुन लगाएका होलान ? राखे त राखे अरुको किन टाउको दुखाई ? दायाँ फर्कदा २१ अर्ब भन्या छ, बायाँ फर्कदा २१ अर्ब भन्या छ , हिड्दा, बस्दा, खादा जहिल्यै २१ अर्ब भन्या छ । हदै भएसी प्रचण्डाउको सचिवालयले २१ अर्ब भएको प्रमाणित गर्न चुनौति दिएछ । प्रमानित गर्दा नि भुक्नेहरुको भागमा एक सुको पर्ने होइन नगर्दा नि थोर बहुत झर्ने होइन । वित्थाँ घोक्रो फुटुन्ज्याल किन चिच्याउनु ?
२०–२५ बर्ष सर्लक्कै
हामा पर्धानमन्तरी खप्रओको आयु अब २०–२५ बर्ष सर्लक्कै बढने भो रे । अरुले भन्या भए त पयाउने करै थिएन । तर खप्रओ आफैले भनेपछि त पत्याउनै प¥यो । दश दिन सिंगापुर बसेर औलाका नङदेखि केशका रौँ सम्म जँचाएर आएका उनलाई उतैका डाक्टरले भन्दिएछन् २०–२५ बर्षसम्म केही हुँदैन । अस्तिका दिन यसो पातलो आँची आएपछि केही झापालीहरु बडो चिन्ता गर्दे वाल्वाटारमै भेट्न पुगेछन् । बाह«ै महिना गाइजात्रे भाषा बोल्ने खप्रओले नि भन्देछन् सिंगापुरमा नङदेखि रौँसम्म जँचाएर आ’छु । अझै २०–२५ बर्ष बाँच्छस भन्या छन् । ज्वरो आ’थ्यो एउटा सिटामोलले नै चैट भयो । निक्कै विरामी भएछ कि क्याहो भने हेर्न आउनु भा’होला हैन ? त्यपछि विरामी हेर्न गएका झापालीहरु सेन्टिÏलाट ।
सरकार छाड्ने रे
समाजवादी पार्टीका अध्येक्षे उपिन्द्र जादवले सरकार छाड्छुु भनेर घुर्की लगाएको पनि निक्कै भयो । यसो महिना, दुई महिना बिसाउँछन् अनि फेरि धोति उचालेर बुरुक्क उफ्रन्छन् सरकार छोड्छु भनेर । पिँधमा फेविकोल लगाएर स्वास्थ्ये मन्त्रीको कुर्र्सीमा बस्या छन् अनि गफचाहिँ सरकार छोड्छु भन्छन् । खप्रओको सरकारमा सामेल भएदेखि जादवले सरकार छोड्नु भन्न शुरु ग¥या थे आजसम्म छाड्या छैनन् । जादवले सरकार ज्यान गए नि छाडदैनन । रातदिन खप्रओले छोड्नुस भने पनि जादवले अँठ्याइरहन्छन् । सत्तामा बस्दाको मान, सम्मान, आम्दानी, इज्जत सडकाँ आएसी पाइँदैन । छोडछु छोड्छु भनेर तिन्ले घुर्र्की लगाएको कस्लाई थाहा छैन । कार्जेकर्ताहरुलाई उल्लु बनाउन छाड्छु भनेको कस्ले बुझ्या छैन र ? हाम्रो गामघरतिर एउटा उखान छ जो गजरता है वो वरसता नही ।
काग्रेसले जिते एकता
नेप्लिज लाँगं्र्रेसका सभापति स्यालबहादुरले अस्तिका दिन भन्या अब हुने उप निर्वाचनमा काँग्रेसले जिते सबैतिर एकताको सन्देश जान्छ रे । पार्टीलाई तलदेखि माथिसम्म गाँठो पारेर बस्या स्यालबहादुरको गफ सुनेर घण्टाघरलाई समेत कुरी कुरी लागेर आएको छ । भातृ सगठनहरुमा गाँठो पार्दिया छ, पार्टीको तलदेखि माथिसम्म गुट उपगुट जन्माएर डल्लो बनाइ द्या छ । बोल्ने कुरा बोल्या छैन नबोल्ने कुरा बोल्या छ । वाल्वाटार जग्गा प्रकरण,वाइडबडी काण्डमा भेटी बुझेका सर्वत्र चर्चा छ । प्रतिपक्षी भएर पनि सदनमा बक्क लाटो भएर बस्या छ, बुढानिलकण्ठ छोडेर सडकमा आएर उफ्रन जान्या छैन । दुई चार जना नन्दीभृंगीहरुबाट कथा श्रावण ग¥या छ अनि उप निर्वाचनमा काँग्रेसले जित्यो भने एकताको सन्देश जान्छ भन्या छ । स्यालबहादुरलाई नि खप्रओको थुतुने रोगले गाँज्यो कि क्या हो ? हिजो आज त शंका पो लाग्न थाल्या छ ।
बल्ल कुरा मिल्यो
पद बाँडफाँडमा पूर्व नेकपा एमाले र पूर्व माउवादी बीचमा पद बाँडन कम्ता लफडा परेन । अरुले मात्र पदमा खिचातानी गर्लान् भन्या त काम्रेडहरु त झन दश कदम अगाडि रै’छन् । कसैलाई स्कुल विभाग चाहिएको छ, कसैलाई विदेश विभाग चाहिएको छ, कसैलाई संगठन विभाग चाहिएको छ । आफूले चाहेको विभाग नपाउँदा दुवै पूर्व बीचमा ठाँस्सठुँस्स मात्र परेन एकलाई अर्काको मुखै गनाउन थाल्या थियो । चुनाउ पनि हा¥या, पाटीको कुनै पद समेत नपाएर लामो समयदेखि झोक्राएर बसेका बाउदेउ गौतमलाई उपाध्येक्षे दिइएछ । उपाध्येक्षेको पद मुखैले सिर्जना गरेर द्या रे । लाजको पसारो अध्येक्षेबाट फस्ट र सेकेन्डको मुखै विधान रै’छ उनेरले गौतमलाई उपाध्येक्षे बनाए मख्ख परेका छन् । आखिरी गौतम भगौडा हवल्दार बाजे न परे । जे होस गौतम यतिबेला उपाध्येक्षे भए फुलेल भएका छन् । विचरालाई अलिकति तसल्ली मिल्या होला ।
काम्रडका श्रीमति अरवपति
हाम्रो देशका सत्तामा बस्ने काम्रेडका सबैका श्रीमतिहरु अरबपति छन् । काम्रेडहरु मन्त्री छन्, चिल्ला गाडीमा दौडन्छन्, ठेकेदारहरुबाट कमिशन असुल्छन्, भ्रष्टाचार गर्छन् तर पनि तिनका नाममा एक कटेठा जग्गा र ३ तोला सुनभन्दा कहिल्यै सम्पत्ति बढेन । विहादेखि बेलुकासम्म लखतरान भएर घोटिन्छन् तर आफ्नो नाममा केही नहुँदा कति खिसिक्क पर्दा हुन् । तर काम्रेडका श्रीमतिहरुका ठाम ठाममा घडेरी छ, घर छ, बैंकमा रुपैया पैसा छ, छोराछोरीलाई पढाउन विदेश पठाएका छन्, आफै पनि सपिङ्ग गर्न विदेश हानिन्छन् । अस्तिका दिन पाँच लाखको सुटबुट लगाएका काम्रे्डले भने मसँग केही छैन सबै श्रीमतिको हो । लगाएका सुनका औँठी, सुटहरु सबै श्रीमतिले किनिदिएको रे । जे होस् काम्रेडहरु लक्की हुन् । आफ्ना लागि लुगासम्म किन्न नसक्नेले श्रीमतिहरुचाहिँ धनीधनी नै फेला पारेका रै’छन् ।
अन्त्येमा
नेक्पाका सेकेन्ड अध्येक्षे प्रचण्डाउ हिजो आज अली ज्यादै बर्बराउन थाल्या छन् । कहिले नागार्जुनबाट पूर्व राजालाई निकाल्छु भन्छन् । कहिले एमालेसँग पार्टी एकता नगरको भए हुन्थ्यो भन्छन् । कहिले आजसम्म आफूलाई कसैले एक लवेटो हान्या छैन भन्छन्, कहिले आफूले कसैलाई एक लबेटो हन्या छैन भन्छन् । कहिले साखा सन्तान लिएर युएई पुग्छन् । अस्तिका दिन एमालेसँग पार्टी एकता नगरेको भए केही विकल्प रहन्थ्यो कि भेनेर फलाकेपछिचाहिँ विचारको नटबल्टु ढिलै भएको सबैले अनुमान गरेका छन् । एमालेसँग एकता नगरेको भए प्रचण्डाउको पार्टी सिनित्त भएर बढारिन लाग्या थ्यो । धन्न खप्रओले प्रचण्डाउको इज्जत दिए । केही विकल्पै नभएपछि पार्टी एकता गरेको कस्लाई थाहा छैन ? हैन अरुलाई कति बेबकुव बनाउन सक्या हँ ? हुन त प्रचण्डाउ कुशल नाटककार हुन् । कथाले मागे अनुसार श्रोता, दर्शकको चाहना बमोजिम नाटक गर्न खप्पिस छन, कि कसो हौ ?

तपाईको प्रतिक्रिया