धरान÷घुस लिँदालिँदै अख्तियारको कारबाहीमा परी निलम्बित भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारको कोप भाजनमा प्रतिष्ठानका सुरक्षाकर्मीहरु समेत परेको खुल्न आएको छ ।
केटिएम सेक्युरिटी सर्भिसेज प्रा.लि.बाट कमिशन वापतको रकम नपाएपछि रौनियारले केही
सुरक्षाकर्मीहरुलाई उचालेर श्रम कार्यालय विराटनगरमा उजुरी दिन लगाएपछि श्रमकै लिखित आदेशमा प्रतिष्ठानले सुरक्षाकर्मीहरुको तलब, भत्ता वापतको रकम रोक्का राखेको छ ।
सुरक्षार्कीको तलब भत्ता विगत १० महिनदेखि रोक्का गरेतापनि केटिएमले आफ्नै सोत साधनबाट वैसाखसम्म सरकारले बृद्धि गरे अनुरुपकै तलब भत्ता उपलब्ध गराउदै आए तापनि विगत चार महिना यता आफ्नो जायजेथाबाट अब उपलब्ध गराउन नसक्ने भन्दै रोकिएको तलब भत्ता निकासकालागि प्रतिष्ठन र श्रम कार्यालयलाई लिखित अनुरोध गरेको छ । तलब भत्ता फुकुवाका लागि साउन २८ गते प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा गुरुप्रसाद खनालले समेत श्रम तथा रोजगार कार्यालय विराटनगरलाई लिखित आग्रह गर्नुभएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरमा गरिएको लिखित आग्रहमा भनिएको छ, प.सं. ९७७÷०७५÷०७६ को मिति २०७६÷०१÷३ गतेको पत्र अनुसार प्रतिष्ठानको सुरक्षा व्यवस्था गरिरहेका केटिएम सेक्युरिटी सर्भिसेज प्रा.लिको विगत दश महिनादेखि सम्झौता बमोजिमको नियमित मासिक पारिश्रमिकको किस्ता लगायत शुरु मितिदेखि नै २०७२ माघ १८ गते तथा २०७५ साउन १ गतेदेखि लागू हुने गरी नेपाल सरकारले वृद्धि गरेको न्यूनतम पारिश्रमिक बारेको कुनै पनि रकम भुक्तानी हुनसकेको छैन ।

केटिएम सेक्युरिटी सर्भिसेज प्रा.लिबाट प्रतिष्ठानमा २०७६÷०४÷ २७ गते दर्ता भएको पत्र अनुसार सो प्रालि अन्तर्गत कार्यरत सम्पूर्ण
सुरक्षाकर्मीहरुलाई नियमित रुपमा दिनुपर्ने सम्पूर्ण तलब, भत्ता तथा सुविधाहरु नेपाल सरकारले २०७५ साउन १ गतेबाट लागू गरे अनुसारकै चुक्ता गर्दै आएको र श्रमिकहरुको सेवा अवकाश उप्रान्त कानुन बमोजिम वहन गर्नुपर्नेै दायित्व भुक्तानी गर्न कम्पनी प्रतिबद्ध रहेको व्यहोरा सहित रोक्का राखेको सम्पूर्ण रकम तत्काल उपलब्ध गराइदिनु हुन अनुरोध भइ आएको र सो अनुसार सम्झौता बमोजिमको सम्पूर्ण रकम समयमा उपलब्ध नभएको कारणबाट उत्पन्न हुन सक्ने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रतिष्ठान स्वयमको हुने जानकारी लेखि आएकोले प्रतिष्ठनबाट त्यस कम्पनीलाई सम्झौताको सर्त बमोजिमका रकमहरु भुक्तानी गर्ने सम्बन्धमा फुकुवा
गरिदिन अनुरोध गरिएको छ । तर श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलले हालसम्म पत्रमाथि कुनै सनुवाई गरेका छैनन् । यस सम्बन्धमा बुझ्न हामीले सञ्जेलसँग बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
केटिएमका केही सुक्षाकर्र्र्मीहरुले नियम अनुसारको पाउने सेवा सुविधाहरु नपाएको भनी दिएको ठाडो निवेदन अनुसार विना कुनै सुनुवाही कामदारहरुलाई नियम अनुसार पाउने सेवा सुविधा उपलब्ध नगराएसम्म केटिएमले प्रतिष्ठानबाट पाउने सम्पूर्ण रकम रोक्का राख्न श्रम तथा रोजगार कार्यालयले पत्राचार गरेको थियो । लामो समयसम्म तलब रोक्का हुँदा सम्पूर्ण सुरक्षार्कीहरु तनावमा रहेका छन् । केटिएमले रकम रोक्का गरिदिने सम्बन्धीको निर्णय बदरका लागि पत्राचार गर्नुको साथै बारम्बार अनुरोध गर्दा समेत प्रतिष्ठानले २०७५ साल असोजदेखि हालसम्म दश महिना वितिसक्दा तलब जस्तो सम्वेदनशिल रकम सम्झौतामा मासिक भुक्तानी गनुपर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै एउटा कार्यालयमा परेको ठाडो निर्देशनलाई आधार बनाई अनन्त कालसम्म तलब वापतको रकम रोक्का राख्नु कत्तिको मनासिव होला ? केटिएमले विसम परिस्थितिका बाबजुद पनि २०७५ साल असोजदेखि हालसम्म प्रतिष्ठानबाट पाउनुपर्नै पारिश्रमिक वापतको कुनै रकम नपाउँदा आफ्नो कुनै विकल्प नभएको हुँदा तलब भत्ता उपलब्ध गराउन नसक्ने जानकारी गराइसकेको छ । यस सम्बन्धमा केटिएमका निर्देशक रामेश्वर साहसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो निकासा नहुँदा समेत ऋण गरेर तलब भुक्तानी गराएँ । सरकारले तोके बमोजिमको रकम न्यूनत्तम पारिश्रमिकबाट कसैलाई बञ्चित गरेको छैन ।
