निलम्बित उपकुलपति विरुद्ध एक करोड अठ्याइस लाख भ्रष्टाचार गरेको मुद्दा दायर

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति प्रा.डा. राजकुमार रौनियार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालले आइतबार १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
असार २५ गते ८ लाख रुपैया घुस रकम लिँदालिँदै अख्तियारको टोलीले निलम्बित उपकुलपति रौनियारको र निजका भतिजा डा.रामहरि रौनियारलाई निवासबाटै रंगेहात प्रक्राउ गरी आफनै कष्टडीमा राख्दै आएको छ । यस बीचमा अख्तियारको टोलीले प्रतिष्ठानमा थप अनुसन्धान गरी शंकास्पद कागजातहरु समेत लिएर गएको थियो ।
प्रमाणका आधारमा अख्तियारले हाल १ करोड २८लाख भ्रष्टाचार गरेको देखिएकोले विशेष अदालतमा मुद्दा दायर गरेपनि यो अंक कैयौ गुणा बढी हुन सक्ने स्वयम् कर्मचारीहरु बताउँछन् । उपकरण खरिद, अस्पतालका दैनिक सामाग्री खरिद, लगायत दर्जनौ शीर्षकबाट करोडौ रुपैया असुल गरेको कर्मचारीहरु बताउँछन् । रंगेहात समाउँदा फेला परेको आठ लाख रुपैया रौनियारले होस्टल र फार्मेसी भवन निर्मार्ण ठेकेदारसँग घुस लिएको रकम मात्र हो । उनले ठेकेदारसँग पटक पटक गरी १ करोड २८लाख रुपैया लिएको स्वीकार गरेको अख्तियारका ज्वाइन्ट सेक्रेटरी एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
रौनियार होस्टल र फोर्मसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिका शव कन्ट्रक्यर गिना कष्ट्रक्सन कम्पनीका प्रवन्धक सुशिल कुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकम भुक्तानी दिदा र विभिन्न मितिमा रनिङ्ग विलको भुक्तानी दिँदा कमिशन लिने गरेका थिए । उनलाइ यस कार्यमा उनकै भतिजा डा. रामहरि रौनियार र चालक दिवाकर कार्कीले सहयोग गदै आएका थिए । घुस लिएको अडियो सहित अख्तियारमा उजुरी परेपछि मन्त्री, प्रधानमन्त्री समेतलाई भुत्लो बराबर गन्दिन भन्ने रौनियार फन्दामा परेका थिए । यसैगरी निजका भतिजा डा. रामहरि रौनियार विरुद्ध ८ लाख रुपैया विगो दाबी सहित भ्रष्टचार मुद्दा दायर भएको छ ।

तपाईको प्रतिक्रिया