साउन महिनामा गेरु वस्त्रको महत्व

धरान÷साउन महिनाको सोमबार भगवान शिवको प्रिय महिना, गेरु वस्त्र लगाएर जल चढाउने प्रचलन किन त भन्ने कुरा जल चढाउने भक्तजनहरुलाई समेत त्यति ज्ञान छैन ।
धेरैले गेरु वस्त्र लगाएर खाली खुट्टा जल चढाएर आउने गरेको भए पनि यो परम्परा र संस्कृति हो भन्ने बाहेक त्यहा आएका अन्य भक्तजनहरुले केही बुझेका छैनन ।
रौतहटको गौरबाट आएका श्याम साह र जितु साहले सनतन धर्ममा साउन महिनामा लगाउने गेरु बस्त्र सनतन धर्मको संरक्षण भएको बताउछन् । उनीहरुले गेरु वस्त्र लगाएर जलाशाय तथा नदीबाट खाली खुट्टा हिडेर शिवालयमा आएर चढाउदा आफूले चिताएको मनोकांक्षा
पूरा हुने बताए ।
२०३९ सालदेखि लगातार गेरु वस्त्र धारणा गरी सुनसरीको चतराबाट खाली खुट्टा जल ल्याई धरानका पिण्डेश्वरमा जल चढाउने प्रचलन भए पनि यस सम्बन्धी ज्ञान कमैलाई मात्र भएको पाइएको छ । आखिरी किन त गेरु वस्त्र अर्थात पहेलो वस्त्र धारणा गरेर शिवालयमा जल चढाइन्छ भन्ने विषयमा पूजारीहरुको धारणा भन यस्तो रही आएको छ ।
धरान १४ विजयपुरमा पुजारीको रुपका रहनु भएका पण्डित प्रताप भट्टराईले गेरु बस्त्र लगाएर जल चढाउने
कुरालाई देवकालमा भएका समुन्द्र मन्थनसंग जोड्नु भएको छ । उहाका अनुसार देवकालमा समुन्द्र मन्थन गर्दा समुन्द्रमा विष निस्केपछि भगवान शिवले त्यो विष सेवन गरेको किवदन्ती छ । समुन्द्रमा विष निस्केपछि सबै भगवानमा त्राही त्राही भएपछि शिवले विष सेवन गर्नुभयो । त्यो विष सेवन पछि शिवलाई खपिनसक्नु भएपछि कैलाशको मान सरोवरमा पुगी त्यहाको झरनामा स्नान गर्नुभएको कथासंग उहाले जोड्नु भएको छ । उहाले भगवान शिवलाई समेत जल अत्याधिक मन पर्ने भएको कारण साउन महिनामा जल चढाउने प्रथा भएको बताउनुहुन्छ ।
यस्तै पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गर्नुको कारण बारे उहाले भगवान शिवको मनपर्ने रंग पहेलो भएको बताउनुहुन्छ । साउन महिनामा पहेलो वस्त्र धारण गरी जल चढाउदा शिव भगवान खुशी हुने प्रसंग बताउदै उहाले जति पनि शिव भक्त भक्तजनहरु छन् साउन बाहेक अरु बेला पनि पहेलो वस्त्र लाउने गरको बताउनुभयो । उहाले भगवान शिवले सेतो र पहेलो वस्त्र मन पराउने र विशेष साउन महिनामा भने पहेलो वस्त्र अर्थात गेरु वस्त्र शिवजीका मनपर्ने वस्त्र भएकोल पनि पहेलो अर्थात गे बस्त्र धारण गरी खाली खुट्टा शिवालयमा जल चढाउने गरिएको उहाको भनाई छ ।
यता पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले भने जलाशा तथा नदीबाट गेरु बस्त्र लगाएर खाली खुट्टा शिवालयमा जल चढाउनु चाहिँ आफू सुद्ध हुनेका लागि भएका तर्क राख्नुहुन्छ । उहाले पहेलो अर्थात गेरुबस्त्र सुद्ध बस्त्र भएकाले पनि बोलबममा आउने भक्तजनहरुले गेरु वस्त्र लगाएर आउने गेको ब बताउनुभयो ।
बुझेर वा नबुझेर जे भएर भए पनि साउन महिनाको बोलबमले नेपालमा भएको शिवालयहरुको महत्वलाई भने बढाएको छ । झापाको अर्जुनधारा, खोटाङका हलेसी महादेव, धरानको पिण्डेश्वर मन्दिर गेरुबस्त्र अर्थात पहेलो वस्त्र धारण गरी जल चढाउन आउने भक्तजनहरुकै कारण मन्दिरभित्र र बाहिर पहेलै देखिन्छ । यस्ता धार्मिक संस्कार, परम्पराले नेपालीहरुको मौलिक संस्कृतिलाई सदैव जीवन्त राख्ने कुरामा कसैल नकार्न सक्दैन ।

तपाईको प्रतिक्रिया