के भन्या त्यस्तो ?
हैन यो सामाजिक सञ्जाल मात्तिएका हुन कि पात्तिएका हुन् हँ ? कि सही नै बोल्या र लेख्या हुन् कि ? हिजो आज घण्टाघरको दिमाखमा चक्कराउन थाल्या छ । अब हेरम न हाम्रो राष्ट्रपतिलार्ई अस्तिका दिन के के जाति लेखे लेखे । कभनेर ठ्याक्क नामचाहिँ थाहा भएन तर पेटमा डाइरिया हुने गरी नै लख्या रै’छ । त्यत्री राष्ट्रपतिको बारेमा त्यसरी लेख्नुचाहिँ अलि हुन्थेन कि ? हाम्री
राष्ट्रपतिको हैसियत टुडिखेलमा डालामा बदाम बेच्ने जतिको पनि छैन रे । हैट † शितल निवासा त्यत्रा सेना र प्रहरीको सलामी खाएर बस्नेको हैसियत भा’की राष्ट्रपतिले जाबो टुँडिखेलमा बदाम बेच्ने कुरा नि आएन । पर्धानमन्तरी खप्रओदेखि सबैले पत्याएकी राष्टपतिले बदामै बेच्नु पर्दैन । एक पटक हो र ? दुई दुई पटक राष्ट्रपति भएकी मान्छे लत्तरो त होइन नि † जथाभावि नलेख्नु है । फेरि पर्धानमन्तरीले अरिंगाले छौडा पठाइदेलान् ।
गज्जबका पर्धानमन्तरी
हाम्रा देशका प्रधानमन्तरी ख्याल गज्जबका छैनन् । उनलाई कतिबेला के मुढ चल्ने हो थाहा छैन । आराम गर्न सिंगापुर जान्छन्, सुत्न अमेरिका पुग्छन् तर मनपरी बोल्नचाहिँ नेपालै फर्कन्छन् । कम गर्दा गर्दा लखतरन भए रे पर्धान
मन्तरी । त्यसैले आराम गर्न सिंगापुर गा’ रे । काम पनि कम्ता गरे त
विचाराले । पूर्व पश्चिम रेल कुदाउन, पानी जहाज चलाउन, घरघरमा ग्याँसका पाइप हुल्न, हावाबाट विजुली निकाल्न कम्ता महेनत गनु पर्दैन । यस्ता गह«ौ काम गर्दाको थाम्दक्दैनन् । अझ पर्धानमन्तरी स्वरोजगार कार्यक्रम ल्याएर गाउँ घरका बुढाबुढी, युवा युवती सबैलाई घाँस उखेल्ने र घाँस गन्ने काम दिएर थकित भएपछि आराम गर्नैपर्छ । अरुले यतिका काम ग¥या भए ओछ्यानै पर्थे । धन्न पर्धानमन्तरी खप्रओको स्टामिना पावर चाहिँ अग्राठको काठ जस्तै रै’छ । त्यत्रो काम गर्दा नि थाक्दैनन् । डाक्टरले आराम गर्न भनेसी मात्र उनी सिंगापुर गा’ रे । वाह †
कति ईस्र्या ग¥या ?
नेपालीहरु साह«ै ईस्र्यालु हुन्छ भन्थे हो कि क्याहो ? कसैको कुरा गर्न पाए कम्ता खेदो खन्दैनन् । अब हेरम न पहिला पहिला ऊर्जा मन्तरी ५ सयको कपडा लगाउथे । अहिले ५ लाखको सुट लगाउँछन् । पहिला थिएन लगाएनन् । अहिले छ लगाए । फुइøयाँ खान इस्र्या गर्नु ? पहिला पहिला कमाइ नै थिएन । भीर पाखा, जंगलतिर दौडनु पथ्र्यो । अहिले कही दौडनु पर्दैन । कमाई पनि टन्ननै
छ । कमाई टन्नै भएसी’ जाबो ५ सयको लुगा कस्ले लगाउने ? अहिले राज्येको ढुकुटीबाट खर्च बर्च पाउँछन् । चिल्ला गाडीमा दौडन्छन् । पहिला विचरासँग केही पनि थिएन । बर्षमान मात्र होइन झापातिरबाट, डँडुल्धुरातिर, चितवनतिर, पोखरातिर,रोल्पा रुकुमतिरबाट हात्ती छाप चप्पल र बटम खुस्एिको पेन्ट र फस्नर बिग्रिएको पेन्ट लगाएर राजधानी छिरेकाहरु सबै अहिले ५ लाखकै सुट लगाउँछन् । खप्पराँ भएसी लडीबुडी आउँछ । बाह्र बर्षमा खोला पनि फर्कन्छ भन्ने अलिकति ज्ञान त हुनुप¥यो नि । खाली इस्र्या र डाहा गरेर त भएन नि । कि कसो हौ ?
भिलेन स्यालबहादुर
ह्पप्पी हुँदा त बोलेको कुरा नबुझिने नेप्लिज लाँग्रेसका सभापति अस्तिका दिन निक्कै रिसाहा देखिए । रिसाएपछि उन्ले बोलेका कुरात झन ज्यान गए नबुझिने । हुलाला…हुलाला गर्छन् । सुन्ने र देख्नेले हाँसो थाम्नै नसकिने । हुत त उन्लाई सधै रिस उठ्दैन । विचराको आफ्नो पनि लुर छैन अनि ल्याङ्ग ल्याङ्ग गर्न पनि छोडदैनन । कहिले के भन्छन्, कहिले के भन्छन् । बाजेको कुराले वाक्क दिक्क भएका स्यालबहादुरले अरु के के बोले कसैले पनि ज्यान गए बुझेनन् । स्याल बहादुरले के भन्दै छन् भन्ने कुरा अरु नेता कार्यकर्ताले आशयबाट बुझ्न पर्छ । कि कसो हौ ?
नानी भन्दा आची ठूलो
नेपालमा जस्ता दिग्गज मन्त्री संसारमै कतै पाइँदैन । योजना बनाउन कम्ता माहिर छैनन् । अब हेरम न हाम्री खानेपानी मन्तरी विना मगर्नीलाई । उन्ले नेपालको हिमालय क्षेत्रका पानी विदेशमा निर्यात गर्ने योजना बनाएकी छन् । विदेशमा पु¥याउन सकिए दिेशी डलर लुतुलुतु झर्न । क्या गज्ज्बको योजना । अरु चाहिँ यही अल्झिएका छन् । कुवाको भ्यागुतो जस्तो । आफ्ना देशका नागरिकहरुले पानी खान पाउन कि नपाउन । पानीको अभावमा पहाडका बस्तीहरु खाली हुन कि भरिउन बाल मतलब । मेलम्चीबाट लुँड्याउनु लुड्याएपछि जाबो पानीसँग के सरोकार ? राजधानीबासीले पानी आएन भन्यो भने मेलम्ची आएपछि छेलोखेलो भनेर डिङ्ग हाकिदियो फिनिस । नेपालको पानी विदेशमा बेच्छु भन्दा चाहिँ नानी भन्दा आँची ठूलो जस्तो मात्र हो ।
ड्या·ै तलब बढाएछन्
अस्तिका दिन देखि राष्ट्रपति, पर्धानमन्तरी, मन्तरीको तलब बढेछ । आफनो हात जगन्नाथ । यहाँ मन्तरी, पर्धानमन्तरीले जति बढाए नि भयो । पहिला राजाले दरबारको खर्च बढेकाले अलिकति भत्ता के बढाएका थिए सबै कम्निष्टहरुले सडकमा आएर रेलिङ्ग भाँचेका थिए । र्साजनिक गाडीमा पुल्ठो झोसेका थिए । अहिले श्री ५ भन्दा पनि बलियो श्री ६ को सरकार छ । यिन्ले जति बढाउँदा नि,जति विघा लिँदा पनि कस्ले विरोध गर्ने ? गाडीमा पुल्ठो झोस्ने र रेलिङ्ग भाँच्नेहरु सबै सिंहदबार र शितल निवास छि¥या छन् । आफै ज्याले आफै म्याले भनेझै आफ्नो तलब आफै बढाउने अधिकार यिन्ले पाएकै छन् । कस्ले रोक्ने, कस्ले छेक्ने, कस्ले थुन्ने ? जन्मदेखि मृत्युसम्म नागरिकबाट कर असुलेको छ । असुलेको कर पूजा गर्न त होइन होला । त्यसमाथि दुई तिहाइको सरकार जो छ ।
हिरो भएर निस्केछन् रे
तीन तोला सुन र एक कट्ठा जग्गा भएका प्रैचण्डाउको सम्पत्ति कहिल्यै नसिद्धिने भयो । कस्ता तिलस्मी सम्पत्ति जति खर्च गर्दा पनि नसिदिने, झन झन बढदै जाने । यतिबेला आफना साखा सन्तान लिएर दुवईको महँगा होटलमा श्रीमतिसँग टहलिरहेका छन् । संसारकै सबै भन्दा महँगो होटलमा विचरण गरिरहेका छन् । कहिले मेरो ज्यानको खतरा त भनेर आफनो सुरक्षाकालागि राज्येसँग
सुरक्षेकर्मी माग्छन् । कहिले के के भनेर बर्बराइरहन्छन । अस्तिका दिन वाल लडाकु लेनिन विष्टले प्रचण्डालाइ हेग पु¥याएर कारबाही गराउँछु भनेपछि प्रचण्डाउको दिभाग चक्रायो । भित्र मुुटुमा हावाहुरी चलेनी बाहिरचाहिँ विचराले रुन्चे हाँसो देखाएर हेग लगिए आफू संसारकै हिरो भएर निस्कन्छु भनेछन् । हैन हेग पु¥याएसी’ प्रचण्डाउ हिरो हुन्छन् हँ ? त्यहाँबाट फर्कनेहरु त आजसम्म सबै जिरोमात्र भा’छन् । १७ हजार मान्छे, सिध्याउने, मन्दिर भत्काउने, पूजारीको टुप्पी गिड्ने, जिउदै बालिका पोल्ने मान्छे हिरो भयो भने त्यो त आठौ आश्चर्य हुन्छ । प्रचण्डाउले धेरै फूर्ति नलगाए हुन्छ । अलिकति कुरा बुझ्नुपर्दैन ? हेगका न्यायाधीश नेपालका जस्तो राजनैतिक भाग बण्डामा नियुक्ति भाका हुँदैन ।
अन्तेमा
बातैपिच्छे पर्धानमन्तरी खप्रओको आलोचना गर्ने योगेश भट्टराई अस्तिका दिनदेखि ओलीको अगाडि पर्नासाथ लत्याक लुतुक भा’छन् । तिन्को पहिलाको ऊर्जा सबै सिद्धिएछ । मन्तरी नपाउन्ज्याल तिन्ले कम्ता नाटक देखाएका थिएनन् । आफूलाई बडो आदर्शवादी भन्थे । तर मन्त्री पाएसी तिन्का आदर्श कता डल्लो प¥यो कुन्नि । रविन्द्र अधिकारीको विरासत खान पाएपछि त्यसरी नतमस्तकै हुनुपर्र्नेै त थिएन । तर क्यार्नु सत्ता भनेकै यस्तै हुँदो रै’छ । सज्जनलाई बेइमान,धर्मीलाई अधर्मी, विद्वानलाई स्वाँठ राजनीतिले नै बनाउँदा रै’छ । अझ सपथग्रहणमा गज्जबकै दृश्य देखियो । तिन्ले त ईश्वरको नाममा सपथ खाएनन् । शायद खप्रओको होली वाइनका शिष्य भएकोले धर्मको नाममा के भगवानको नाम लिँदा रिसाउलान भन्ने लाग्यो होला । बल्ल बल्ल रोई कराई गरेर पाएको मन्त्री पद हत्न्केलाबाट खुस्किेला भन्ने डरले होला । कि कसो हौ योगेसाउ ?
