न्याय हराको देश
गनतन्त्र आएसी÷मुलुकाँ न्यो हरायो भन्थे । न्यो हराएको देश भन्थे । घण्टाघरलाई ताजुव लाग्थ्यो । तर रहँदै बस्दै गएसी’ साच्च्च्ै नै मुलुकबाट न्यो हराएको रै’छ । अब हेरम न निर्मलाको बलातकारपछिहत्या भएको एक बर्ष भयो । तर तिन्का परिवारले अहिलेसम्म न्यायपाउदै सक्या छैनन् । कस्ता कस्ता अपराधीलाई पानीमुनबाट अँठ्याएर ल्याउने पुलिसहरु स्वलित भएछन । विचराहरु क्यारुन बलात्कारी र हत्यारा अन्त लुक्याभ ए जान्या थे । सिंहदरबार र वाल्वाटार तिर जाने आँट तिनेरको छँदै छैन । बाटामा प्यार्र प्यार्र्र भुक्ने त हुन् । हाम्रा घरेलु मन्तरी झनै अजिवका छन् । अस्तिका दिन त तिन्ले सर्वाङ्गै नांगो भएर निर्माला पन्तका जस्ता घट्ना घटिरहन्छन, पछि पनि भैरहन्छन् भनेर पो बोले । हुन त कम्निष्टका मन्तरीहरुलाई बोल्न साइत देखाउनु पर्दैन, आइतबार बार्नु पर्दैन । सत्र हजार नेपालीलाई यमलोक पु¥याएर आएका, लाखौलाई लघारेक लुट्न सम्म लुटेका तिन्ले त्यसो भन्नु स्वभाविकै हो । दश बर्षमा त्यस्ता निर्मला जस्ता कैयौ घट्ना घटाएर आ’का घरेलु मन्तरी पो हुन त बा । जे होस अब मुलुकमा न्यायेचाँहि हराएकै रै’छ ।
डेंगुले मालामाल
धरानमा यसपाला डेंगुले सर्वसाधारनलाई हारावारा नै खेलायो । घरैपिच्छे धरानेहरु लम्पसार परेर सुत्या छन् । कतिपयले त ज्यानै गुमाए । जाबो डेंगु नियेन्त्रन गर्न प्रदेश सरकारले नगर पालिकालाई ड्याम्मै ८० लाख रुपैये दिएछ । रुपैये देखेसी महादेउका त तीन नेत्र भन्छन् । उहिताको खाएर कहिल्यै नअघाउने कर्मचारी र जनप्रतिनिधिलाई ८० लाख रुपैये दिएसी बातै खलास । कताबाट माल आउला र चप्काउला भनेर बस्याहरुलाई कम्ता खुदो पल्टिएन । कहिले डेंगो निरीक्षणको नाममा माल पड्कायो, आफ्ना कार्जेकर्तालाई एक लिटर मट्टितेल छ्यास–छ्यास ठाउ कुठाउँमा छर्किन लगायो, कहिले छलफलको नाममा दारुपानी बजायो । त्यतिकै ८० लाख चैट † तर डेंगु नियेन्त्रन हुनुको सट्टा झन झन झाँगिएर आ’ छ । मौलाएर आ’ छ । जन्तामा विपत्ति आइलाग्दा जनप्रतिनिधि मालामाल हुने व्यवस्थै गनतज्न्त्र रै’छ । यस्तो राम्रो व्यवस्था रै’छ गनन्त्र । जे होस् डेंगुले धरानलाई सर्वत्र चिनाएको छ । यसलाई गौरवकै रुपमा लिनु पर्छ । कि कसो हौ ?
छानविन हुनै सक्दैन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेताहरुको भ्रष्टाचारमा छानविन गर्नै सक्दैन रे । आयोगका आयुक्तहरुले नै यो कुरा भन्या हुन् । नेताहरुले ग¥या भ्रष्टाचार छानविन ग¥यौ भने हाम्रो जागिरै रहँदैन भनेर उनीहरु खुल्लम खुल्ला फलाक्दै हिड्या छन् । विचराहरुलाई कसरी गरुन् त तिनै नेताहरुले नियुक्ति ग¥या आयुक्तहरुले गरेको भ्रष्टाचारमा हात नहाल्ने राम्रै नीति लिएछ अख्तियारले । वित्थामा नेताहरुको भ्रष्टाचारमा हात हालेर किन टेन्सिन लिने ? हातै नकाल्दियो लन्ठै साफ । आयोगले त यसो पियन, सियन, मुखिया, सुखिया, वैदार,सैदार,अधिकृत, सदिकृत सम्मको गर्धन पो अँठ्याउने हो त । नेताहरुकै गर्धन अँठ्याउन थाले भने तिनलाई साढे सातको दशा लागिहाल्छ । हुलमुलमा जिउ जोगाउनु अनिकालमा विउ जोगाउनु भनेर त्यसै भन्या होइन ।
अम्रिकालाई दनक दे छन्
नेक्पाका द्वितीये अध्क्येक्षे प्रचण्डाउ बडो शक्तिशाली रै’छन् । अस्तिका दिन उन्ले अम्रिकालाई नि दनक दिएछन् । उन्ले क्युवामा िअम्रिकाले लगाएको प्रतिबन्धको विरोध गरेछन् । प्रचण्डाउको रिोधले अम्रिकाको केचाहिँ उखलिने हो ? गंगुतेलीले राजारामको विरोध गर्दा गंगुतेली नै बेबकुव हुन्छ भन्ने कुराको प्रचण्डाउलाई हेक्कै रै’नछ । हुन त नेपालका कमाउनिस्टहरुले उही ट्यार्र–ट्यार्र बोल्त जान्या छन् । क्ुवा कम्निष्टहरुको जननी हो रे प्रचण्डाउले भन्या । जननीभए उतैतिर गएर लम्पसारपरे भैगो नि । कमसेकम नेपालबाट एउटा गफाडी त कम हुन्थ्यो । श्रीमति विरामी हुँदा उपचार गराउन क्ुवातिरै लाग्याि ए हुन्थे । त्यबेला लम्पासार परेर अम्रिकाको भिषा हान्न लगाएका प्रचण्डाउले हैन ? बेला नकुबेला भेनेजुएला भनेझै अम्रिकाको विरोध गरेर तिन्ले कस्तो पगरी गुथ्न खोज्या होला ? बाढी पहरोले मुलुककलाखँै मासिनको विचल्ली भा’छ । तर कमाउन्सिटकाती नेता अ्िरमकालाई धारे हात पारेर बस्या छन । प्रचण्डाउको महिमा बुझि नसक्नु छ वा
सभापतिमा दोहोरिने दाउ
नेपाली काँग्रेसका सभापति स्यालबहादुर पुन सभापतिमा दोहोरिने दाउमा लाग्या छन् । चुनाउ जितेर
सरकार बनाउन नसकेसी त्यै भा’को एउटा सभापति पनि खुस्कियो भने आरजु भाइले टिकी खान दिन्नन भनेर स्यालबहादुरत्यस्तो दाउमा लाग्या रे । एक पटक पदको स्वाद चाखीसकेसी ज्यान गए पनि त्सलाई छोड्दैनन् । झन स्यालबहादर न परे , लुटेको माल टन्न छँदैछ ।चुनाउका बेला महाधिवेशनका पतिनिधिका थुतुनोमा यसो बुझो लगाइदियो वातै खलास । यसो गरेसीस्यलबहादुरले सर्लक्कै जितहाल्छन् । पहिला पहिला पनि स्यालबहादुरले त्यसै ग¥या हुन् । अब पनि उन्ले गर्ने त्यही हो । काँग्रेसलाई मजबुत बनामला,काँग्रेसको सरकार बनामला भन्ने स्याल बहादुरले सपनामासमेत सोच्या छैनन् । बूढो गोरुले तन्नेरी कोरली ओगटेजस्तै पार्टीका लागि आफू पनि केही खालो सार्दनन् अरुलाई पनि आउन त परै जाओस् ढिक्कन पनि दिँदैनन् ।
खोकेहरुले छोडे पो ?
नागरिक अभियन्ता प्रा. सुरेन्द्र केसीले अस्तिका दिन भन्या नेपालका सबै पार्टीका खोकी नेताहरुले राजनीति नतोसम्म मुलुक बन्दैन रे । हैन हौ यी सुरेन्द्र कसीलर््ो मुलुक बनेन, मलुक बर्बाद भो भनेर किन चिन्ता लाग्या होला ? जहाँ गए पनि नेताहरुको खैरै खनेर विरोध ग¥या छ । खोके नेताहरु बडो शक्तिशाली छन् । कुन दिन टुकुचातिर घचेट्दिन बेर लाउँैनन् । चुनाउ जितेर गएकाहरुलाई चिन्ता छैन । वित्थामा केसीले चिन्ता केसीले चिन्ता गरेर आयु घटाउनु ? कहिले राजाको स्थान सुरक्षित छ नेताको काम छैन भनेर कुर्लेका छन्, कहिले हिन्दु धर्म ल्याएरै छाड्ने भन्छन्, कहिले संघीयता खरोज गर्नुपर्छ भन्छन् । हुँदाहुँदा मंसिर सम्ममा राजा नल्याए आमरण अनसनमा बस्ने धम्की समेत देका छन् । जाबो एउटा मेडिकल क्षेत्रबाट सुधार गरिदेओ भनेर डा. गोविन्द केसीले कैयौ पटक अनसन बस्नु
प¥यो । झन राजा, हिन्दु धर्म, संघीयता खारेजको कुरा ग¥यो भने त मुलुक चलाउने ठेक्का लिएका स्वाँठहरुले सुन्लान र ? घण्टाघरलाई त विश्वासछैन ।
अस्थायी विरामी रे
नेपालका पर्धानमन्तरी खप्रओ बेला बेलामा झ्याङ्ग–झ्याङ्ग विरामी परिरहन्छन् । पर्धानमन्तरी विरामी रै’छन् भनेर जन्ताले पत्याएका पनि थे । तर अस्तिका दिन देखि खप्रओ आफैले आफ्नो पोल खोले । उनी त स्थायी विरामी नभएर अस्थायी विरामी पो भा’रैछन् । अस्थायी विरामी भो राज्यको ढुकुटीको सत्यानास । स्थायी विरामील्े त जाबो एउटा सिटामोल खान पाएका छैनन् तर अस्थायी विरामीले १८
करोड चिलिम बनाएछ् । जन्मे देखि मृत्युसम्म जन्ताले कर तिर्र्देकै छन् काम काज फुट्टी कौडी गर्नु प¥या छैन । ढुकुटीमा थुप्राएर मात्र राख्नु पनि त भएन । यसो साटफेर दाया बायाँ त गर्न प¥यो । जन्ताले विरोध ग¥यो भने चार वटा चुट्किला सुनाइदियो । जन्ता पेट मिची मिची हाँसिहाल्छन् । कम्ता तिक्डम जान्या छन् हाम्रा पर्धानमन्तरी खप्रओ बाले । वाह्र बहत्तरको गफ जातेपछि कुन माइकालाल विरोध गर्र्न अगाडि आउँछन् ?
अन्तेमा
यतिबेला कमाउनिष्टका जनप्रतिनिधि पाल्न नेपाी जन्ताले ठूलै पापड बेल्नु प¥या छ । हात्ती पाल्न बरु सजिलो छ तर कमाउनिस्टका जनप्रतिनिधि पाल्न नसकिने भयो भनेर चिया गफाडीहरु खुइøया गर्न थाल्या छन् । आची गरिसकेपछि दैलो देखेर फुइøया हन्छ । अब हेरम न कमाउनिस्टका जनप्रतिनिधिहरुलाई जन्ताले तिरेको करबाट गाडी किन्नु प¥या छ, आवासको व्यवस्था गरिदिनु परेको छ, दारुपानीको यवस्था गरिदिनु परेको छ । तलब भत्ता दिनुप¥या छ । हैन चाहिन पनि के के चाहिएको हँ ? जन्ताले ज्वाई पाले जसरी पाल्नुदिनु प¥या छ । फेरि यिन्कै धक्कु ठूलो ।
