धरान÷यस बर्ष विषादीको हल्लासंगै प्रयाप्तमात्रमा आप बजारमा नआउदा सबैभन्दा बढी मार उपभोक्ताहरुलाई परेको छ । कृषकको बोटमै आप प्रसस्त नफलेकै कारण व्यापारीहरुले पनि गत बर्ष भन्दा चार गुणा बढी महंगोमा खरिद गरेर उपभोक्तालाई मुनाफा निकालेर विक्री गर्ने गरेका कारण आपको मूल्य अत्याधिक बढेको हो ।
आपको सिजनमा आप खरिद गर्न बजार गएका धरान १२ का नवराज सञ्जेलले आप खरिद गर्न पसलमा जादा आपको मूल्य प्रतिकेजी २ सय रुपैया भन्दा उहा छक्क पर्नुभयो । गत बर्ष यही आप ६० देखि ९० रुपैया प्रतिकेजी खरिद गरेर खाएको यस बर्ष आपको मूल्य २ रुपैयामा खरिद गर्नुपरको उहा बताउनुहुन्छ । उहाले अहिले विषादीको हल्ला र आप प्रयाप्त नफलेकै कारण बजारमा आपको मूल्य खपिनसक्नु बढेका बताउनुहुन्छ ।
त्यसो व्यापारीहरु समेत आप प्रसस्त नफलेकामा चिन्तित छन् । होलसेलमै महंगो मूल्य तिरेर ल्याएको आप उपभोक्ताले खरिद नगरिदिदा कुहिएर जानेर घाटा लाग्ने गरेको उनीहरु बताउछन । उनीहरुले होलसेलमै १ सय ५० देखि १ सय ७० रुपैयासमम तिरेर ल्याउनु परेको बताए ।
यसपटक आँपको उत्पादन त्यसै पनि कम भएको अवस्थामा तराइमा हावाहुरीको कारणले पनि आँपलाई धेरै क्षती पु¥याएको हो ।
यता आपका मूल्य अत्याधिक बढेकै काण गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत भन्दा बढी कम आप भित्रिएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ ।
आँपको मुख्य केन्द्रको रुपमा मानिएको सप्तरी र सिराहमा आँप २५ प्रतिशत मात्र कृषि बजार भित्रीएको उहाले बताउनुभयो । सप्तरी र सिरहा आँपको मुख्य केन्द्र मानिन्छ भने धनकुटाको म मुलघाट र आसपासको क्षेत्रबाट आप भित्रिने गरेको छ उहाले जानकारी दिनुभयो । गत बर्ष १० हजार मेट्रिकटन कारोबार गरेको कृषि बजारले यस वर्ष ४ हजार मेट्रिकटन कारोरबार गर्ने लक्ष्य रहेको व्यवस्थापक भट्टराईले बताउनुभयो । उहाले मालदहको सिजन अन्तिम भएपनि कलकते, अमरपालिका जातका आँप बजारमा आउन बाँकी बताउनुभयो ।
