आर्थिक बर्षको अन्त्यमा धरान उपमहानगरपालिकाले पूर्ण खोप घोषणा ग¥यो

धरान÷ धरान उपमहानगरपालिका पूर्ण खोप नगरको रुपमा घोषणा गरिएको छ ।
धरानका २० वटै वडा पूर्ण खोप घोषणाभएसंगै एक भव्य कार्यक्रमका बीच आइतबार धरान उपमहानगरपालिकाले धरान १५ किरात याक्थुङ चुम्लुङको भवनमा पूर्ण खोप नगर घोषणा गरिएको हो ।
विभिन्न जातजातिको झाकीसहितको विशाल ¥यालीको आयोजनासहित धरान परिक्रममापश्चात आयोजना स्थलमा कार्यक्रम हुदा भने सर्वसाधारणको उपस्थिति न्यून थियो । आयोजना स्थलमा राखिएका कुर्सीमा २५ प्रतिशत सर्वसाधारणको उपस्थिति समेत थिएन ।
घोषणासभाका प्रमुख अथितिको रुपमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आमन्त्रण गरिएको थियो । मुख्यमन्त्री आउने खबरले अन्य कार्यक्रमहरुलाई सुचारु गरे पनि पानसमा बत्ती बालेर उद्घाटन गर्ने कार्यक्रम भने थाति रहेको थियो । यसैबीच मुख्यमन्त्री अमेरिकाबाट आउन ढिला भएको र बाढीग्रस्त क्षेत्रमा निरीक्षणका लागि जाने भएपछि भने मुख्यमन्त्रीले स्वयम् टेलिफोन गरी आउन नपाएकोमा क्षमाप्रार्थी माग्दै धरान पूर्ण खोज सहर भएको घोषणा गर्नुभएको थियो ।
यता कार्यक्रममा सहभागीहरुले भने असार मसान्त सकिन लाग्दा हतारमा बजेट सक्ने अभिप्रायले कुनै तयारी नगरी कार्यक्रम राखेको भन्दै आलोचना गरिरहेका थिए । मुख्यमन्त्री आउने पक्कापक्की भएकै कारण उहाको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने भनिएपनि अन्त्या आउन सक्नुभएन टेलिफोन वार्ताबाटै भएपनि शुभकामना दिनुभएकोमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले धन्यवाद दिनुभयो ।
यता स्थानीय स्तरका दलका नेताहरुले भने हतारमा काम गर्ने भन्दा पनि यसलाई दिगो बनाउनेतर्फ स्थानीय सरकार नलागेको भन्दै आलोचना गरेका थिए । समाजवादी नेपालका स्थानीय नेता ताजुव लिम्बुले
धरान उपमहानगरपालिकाले घोषणा गरेका हरेक कार्यक्रम हतारमा हुने तर त्यसको कार्यान्वयनमा जोड नदिने बताउनुभयो । उहाले घोषणा गर्न जति सजिलो छ त्यसलाई कार्यान्वयन गर्न कठिन भएका भन्दै यसतर्फ सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।
मापदण्ड पूरा भएरै होला कार्यक्रमको आयोजना गरिएको तर तयारी भने पूर्ण नभएको कार्यक्रममा सहभागीहरुबाट पनि प्रष्ट हुन्थ्यो । सगरमाथा आरोही महिला पत्रकार धरानकी देउराली चाम्लिङ्गलाई नगद १ लाख सहित सम्मान गरिएको थियो भने पूर्ण खोप अभियानमा जुटेका स्वयम् सेवक, वडा अध्यक्ष लगायतलाई समेत सम्मान गरिएको थियो । घोषणासंगै
धरानको २० वटै वडा पूर्ण खोप वडाका रुपमा घोषणा भएका छन् । यस अघि धरान १२, १३, १४, १८, १९ र २० वडा सरकारले तोकेको मापदण्ड पूरा गरी बालमैैत्री वडाको रुपमा घोषणा भइसकेको छ भने मंगलबार धरान १५ पनि बालमैत्री घोषणा भएको छ ।
त्र

तपाईको प्रतिक्रिया