नवने घण्टै घनन
मान्छेले केहीलाई केही समयका लागि ढाट्न सक्ला, केहीलाई सबैलाई सधैको लागि ढााट्न सक्दैन । तर फुट्दा फुट्दा चोइटोमात्र बााकी रहेको प्रचण्डाउ अभमmै पनि सबैलाई ढााट्दै छन् । हुन त ढाट्ने लिष्टमा प्रचण्डाउ सबैभनदा अगडि नै देखिन्छन् । उन्ले अस्तिका दिन बहुमतबाट संविधान जारी भए
रगतको खोला बग्छ भनेछन् । संविधान बनाउादा पनि रगतको खोलो बग्ने अनि हिजो संविधान सभाबाट संविधान नबनाउदा पनि रगतको खोला बगाउने । प्रचण्डाउले खाली रगतकै खोलाको कुरा गरेपछि खप्रओलाई साह्रै टेन्सन भएछ । तित्राको जस्तो मुख भएका ओलीले प्याच्च भन्दिकाले अब के बाख्रो काटेर
रगतको खोला बगाउने । खप्रओले त्यसरी हप्काएपछि प्रचण्डाउ थुतुनो र खै त्यो के जाति हो जोडेर लाजिम्पाट तिरकै कोठामा थन्किन थाल्या छन् रे । ठिक्क पारेछन् खप्रओले । ए बाबा †चाहिदो पो बोल्नु पर्छ छ जथाभावि थुतुनो चलाउादा भोलि अरुले पनि हप्काउलान् है प्रचण्डाउ ।
नापिएला जस्तो छैन
दिन उजेली सुति बिताइ, रात जुनेली विस्कुन सुकाई भन्ने उखान यतिबेला हाम्रा पर्धानमन्तरी सुशिल दा’साग ठ्याक्कै मिल्न पुग्या छ । अब हेरौ न जही भाषन गर्दा नि माघ ८ गते सविधान जारी हुन्छ, ढुक्क भए हुन्छ भन्ने दा’ अब माघ ८ गते आउन गोडा वाइसेक दिन रहादा छटपटाउन थाल्या छन् । भाषन
गरेजस्तै संविधान लेखनको काम गर्या भए अहिले दा’को रध्mचाप उच्च त हुने थिएन । तर एउटा कुराचाहिा पक्काक हो माघ ८ गते संविधान आएाके भन्दा नआएकै वेश । संविधान आयो भने बालाई डेरा खोज्नकै दस्ती हुन्छ । माघ ८ गत संविधान जारी भएसी बाले आफै पर्धानमन्तरी छोड्ने सर्त पहिल्यै गरिसकनु भा’छ । संविधान जारी नभए कमसेकम बाको बसाई बाल्वाटार र दौडाई सिंहदरबार त हुन्छ । अनि संविान जारी गरेर बाले किन आफ्नो गोडामा बञ्चरोले ठुन्क्याउनु ? बरु जसोतसो चल्दै छ जलजायेगा भनेर बस्दै बेस , कि कसो हौ ?
सुनमा नेताको मोह
संविधान बनाउाछौ भनेर गएका नेताहरु यतिबेला सुन तस्करीका नाइके बन्न थालेका रै’छन् । अब हेरौ न अस्तिका दिन तातोपानीबाट आउने सुनमा नेताहरुको मिलिभगत देखिएसी’ संसदमा एकछिन हागामै भएछ । प्रहरी र नेता मिल्यो तातोपानीबाट ल्याएको सुन भारततिर ठेल्यो । क्या गजबको धन्दा छ । हुन त संविधान बनाउन गएकाहर पनि भुाडी र थुतुनोसागै लिएर गएका
छन् । कन्दने सभासदहरुको रातारात काठमाण्डौमा कसरी घर ठडियो, चिल्ला वाहनमा हिाड्ने रुपये कसरी आयो भन्या त धन्दा त बडो गजबको रै’छ । धन्दै गजबको भएसी’ जाबो घर र गाडीको के चिन्ता ? सभासद भएसी’ कानुन पनि लागेन कसेले आठ्याउने पनि भएनन् । है प्रभु संीवधान बनाउन हैन सुन ओसार्नकै लागि भएनि लागेन कसैले आठ्याउने पनि भएन । हे प्रभू संविधान बनाउन हैन सुन ओसार्नकै लागि भए नि तेस्रो संविधान सभामा टकनटााक सबै नेताहरुलाई सभासद बनाइदेउ है ।
बाध्यता रे
एमाउवादी सहित २२ दलीय मोर्चाले माघ ८ गते संविधान जारी नगर भन्दै आन्दोलनको घोषणा
गरेपछि सबैजना यतिबेला आश्चर्यचकित भउका छन् । आन्दोलन गर्ने आफ्नो एक्लो ह्याउ नभएपछि टुक्राटाक्री दलका झ्यासे नेताहरुलाई समेटेर पुष ११ गतेदेखि माघ ५ गतेसम्म आन्दोलन गर्ने भएपछि यतिबेला सवैतिर चर्को विरोध हुन थालेको छ । उद्योग वाणिज्ये महासंघले आन्दोलनले जनजीवन प्रभावित हुने, उद्योग धन्दा कलकारखाना चौपट्ट हुने भन्दै आन्दोलन फिर्ता लिन दबाब दिएछ । तर प्रचण्डाउले आनेलन आफूहरुको रहर नभएर बाध्यता हो भनेछन् । यतिबेला प्रचण्डाउ अलि अप्ठेरोमै पर्या जस्तो छ । पहिला झिनामसिना दलहरुलाई आन्दोलन गर्ने भनेर मोर्चा बनए । अहिले आन्दोलन र्नु हुादैन गर्यो भने तिनै झिनामसिना दलले प्रचण्डाउको पिाधमा आगो झोस्ने भए । विचरा आगो झोसिमाग्नु भन्दा बरु आन्दोलन गर्नु नै वेश । कि कसो हौ प्रचण्डाउ । अरुले नबुझे पनि घण्टाघरले प्रचण्डाउको बाध्यता बुझ्या छ ।
वाङ यीले भेटेनन्
हिस्स बूढी हरियाा दाात । नेपालका राजनैतिक दलहरु यतिबेला हिस्सा मात्र हैन हरिया दात देखाएर बसेका छन् । चिनियाा विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणमा आए अनि फर्किए । वाङ यीले आफूहरुलाई चाहिा भेट्ने अड्कल काटेका माउवादीका नेता प्रचण्डाउ, बाउराम, वैधाउ, दन्दाउ, झालेमालेका नेताहरु, लााग्रेसका नेताहरु, मधेशी दलालका नेताहरु सबै हिस्सापर्या छन् । अरु देशका सानातिनजा नेताहरु आउादा पनि सबै दलका नेताहरुलाई भेट्ने परम्परा चिनियाा विदेशमन्त्री वाङ्ग यीले झ्वाङ्ग बनाइदिए । अरु त त्यस्तै हो वाङले प्रचण्डाउलाईचाहिा भेट्दा हुन भन्ने धेरैलाई लागेको थिो । तर वाङले प्रचण्डाउलाई वास्तै गरेनन् । माओका देशमा विदेश भमन्त्रीले माओलाई नै आदर्श मानेर पार्टी गठनगरेका प्रचण्डाउलाई नभेट्दा घण्टाघरलाई पनि अलि ननिको लागेको छ । विचरा प्रचण्डाउलाई साढे सातकै दशाले कुत्कुत्याएको रै’छ । विचाराको सिागै पार्टी टुक्रिएर पााच टुक्रा भयो, निर्वाचनमा पनि जन्ताले लोप्पा खुवाइदिए, भत्तमा पनि छैनन् । यहाभन्दा बढडी दशा के लाग्छ ? बरु एकपटक फेरि सुनसरीको चतरामा आएर भैसी पूजा गर्ने हो कि ? प्रचण्डाउलाई घण्टाघरको सुझाउ मात्र हो । माने मान नमाने नमान घण्टाभरलाई लुतो न कन्याई ।
घण्टा दबाब दिनु
संविधान बनाउन सक्ने लुरै नभएकाहरु सभासद भएपछि तिन्ले संविधान बनाउनै सक्दैनन् भन्ने जान्दा जान्दै तिनैलाई संविधान बनाऊ भनेर दबाब दिएर घण्टा हुन्छ । अब हेरौ न संविधान बनाउन गएकाहरु एडिवीको दलाल, गुण्डाहरुका संरक्षक, भ्रष्टहरुका भागबन्डै भएपछि तिन्ले संविधान बनाउाछन् भन्ने घण्टाघरलाई पहिल्यैदेखि विश्वास थिएन । यति जान्दा जान्दै पनि विद्यार्थी संगठनहरु, संगीतकार, कलाकर्मी, सर्वसधारण माघ ८ गते संविधान बनाऊ भनेर राजधानीमा दबाब दिइरहेका छन् । किन दबाब दिएका होलान् ? घोक्रेठ्याक लगाएर लखेटे पनि तिन्ले संविधान बनाउादैनन् । संविधान बनाए भने त तिन्का दोकानहरु बन्द हुन्छन्। अहिले जस्तो छाडा छाडेको सााढे भएर डुक्रन पाउादैनन ।अनि के दबाब दि नु ?
आन्दोलनको मौसम
नेपालमा आन्दोलनको मौसम सुरु हुन लाग्यो । पौषदेखि वैसाखसम्मको पााच महिना नेपालमा हरेक बर्ष आन्दोलनले उग्ररुप लिन्छ । आफै धामी आफै बोक्सीको चरित्र देखाउदै आएका राजनैतिक दल र तिनका भाते संगठनहरु यतिबेला आन्दोलनको तयारीमा जुटेका छन् । उनेरले आन्दोलनका लागि युवा
परिचालन, आर्थिक संकलन, कार्य सम्पादन समिति समेत गठनगरेका छन् । सत्ता र संसदमा अपाmै बस्ने अनि अफौ आन्दोलन गर्ने विचित्रको देश नेपाललाई युनेस्कोले विश्वास सम्पदा सूचिमा राख्न बेर छैन । कोही पुष १९ देखि,कोही १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने भनेर बुरुक–बुरुक उफ्रन थाल्या छन् । हे पशुपति नाथ अब यो देशलाई जोगाउने काम तिम्रै हो है ।
अन्तेमा
अघि रााडले मानिन पछि रााडले जानिन, बाघ लाग्यो घिच्याउन रााड लागि चित्याउन भन्ने उखान सबै दलका नेताहरुलाई लागू हुन थालेको छ । हिजो मैमत्त भधएर पृथ्वीनाराण्ण साहको शालिक फुटाउने, पृथ्वीनाराण साहको जन्मजयन्ति नमनाउने निर्णय गर्नेहरुलाई यतिबेला पुथ्वीनाराण्ण साह सबैभन्दा प्यारो लाग्न थाल्या छ । अझ झालेमालेका उपाध्यक्षे तथा गृहेमन्त्री बामदेव गौतमलाई राजा महेन्द्र सबैभन्दा ठूला राष्ट्रवादी लाग्न थालेछ । उन्ले अस्तिका दिन प्याच्चै भनिहाले राजा महेन्द्र स बैभन्द ठूला राष्ट्रवादी थिए । १२ बुादे सम्झौता हुादा माउवादीले पनि राजा हटाउनुपर्छ भन्या थेनन् रे । त्यसो भे’ राजा कसले हटायो ? आखिरी करामत त विदेशीकै मालले त गर्या होलान । कि कसो हौ ?
