युगप्रधान आचार्य महाश्रमणको धरान प्रवास

जैन श्वेताम्बर तेरापंथ धर्म सम्प्रदायका एघारौ गुरुदेव परमपुज्य आचार्य महाश्रमणको चातुर्मास २०१५ विराटनगरमा हुन गइराखेको छ । चातुर्मास विराटनगरमा भए तापनि धरानबासीको विशेष अनुरोधलाई मनन गरी २०७१ साल अषाढ २० र २१ गते (५ र ६ जुलाई २०१५) दुई दिन धरान प्रवासको कार्यक्रम तय भइसकेको
छ । उक्त समाचारले धरानका धर्मानुरागीहरुमा अत्यन्त उत्साहको संचार भएको छ । अहिलेदेखि नै जैन समुदाय तथा धर्ममा अभिरुची राख्ने व्यक्तिहरु धरान प्रवासको व्यवस्थापन गर्न व्यस्त
भइरहेको देख्न सकिन्छ । जैन श्वेताम्बर तरापंथी सभाका भूतपूर्व अध्यक्ष विजयकुमार डागा, आचार्य महाश्रमणको धरान प्रवासमा उहााको साथमा ६० जना सन्त र २५ जना साध्वीको धरान आगमन हुन सक्ने
बताउनुहुन्छ । आर्चा महाश्रमण तेरापंथ धर्म सम्प्रदायका एकमात्र गुरु हुनुहुन्छ । तसर्थ हामी उहााको धरान प्रवास अविस्मरणीय बनाउन हरेक प्रयत्न गर्नेछौं, डाागा भन्नुहुन्छ ।
आचार्य महाश्रमणको जन्म १३ मई १९६२ का दिन भारतको राजस्थान राज्यको ‘सरदार सहर’ भन्ने स्थानमा भएको थियो । बाल्यकालदेखि नै धर्मप्रति उहााको रुचि थियो । सरदार सहरमा साधु सन्तको आगमन हुादा उहााको अधिकांश समय साधु सन्तको सेवामा व्यथित हुन्थ्यो ।
उहााकी धर्मप्रतिको अभिरुचिप्रति साधु सन्तहरु पनि आकर्षित भएका थिए र फलस्वरुप ५ मई १९७४ का दिन आचार्य श्री तुलसीको आज्ञाबाट मुनि श्री सुमेरमलले उहाालाई दीक्षा सास्कार प्रदान गरी साधु समाजमा उहााको आगमन सुनिश्चित गरिदिनु
भयो । दीक्षित भई सकेपछि जैनहरुको धर्मग्रन्थ ‘आगमको’ विशेष अध्ययन तथा सास्कृति र प्रकृति भाषाको अध्ययन
गरी त्यसमा दक्षता हासिल गर्नुभयो । उहााको व्याख्यानबाट श्रावक समाज मन्त्रमुग्ध हुने गर्दथे । उहााको विद्वता, प्रखर र तेजस्वी वाणीबाट अत्यन्तै प्रभावित भई दशम आचार्य ‘महाप्रज्ञले सन् १९९७ मा उहाालाई आफ्नो
उत्तराधिकारीको रुपमा ‘युवाचार्य’को पदवीबाट अलंकृत गर्नुभयो । त्यसपछि जैन सम्प्रदायले उहाामा आफ्नो भावि गुरुदेवको प्रतिविम्व देख्न थाले । आचार्य महाप्रज्ञको महाप्रयांण पछि ९ मई २०१० मा उहााले आचार्यको पदभार सम्हाल्नुभयो । हालसम्म उहााले लगभग ११ हजार किलोमिटरको पैदल यात्रा गर्नुभएको छ । उपराष्ट्रपति परमानन्द झा, अर्थमन्त्री
डा. रामशरण महत र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उहाालाई भेटी नेपाल सरकारको तर्फबाट चतुर्मास २०१५नेपाललाई दिन अनुरोधको फलस्वरुप २०१५ को चातुर्मास नेपाललाई प्रदान गर्नुभएको हो । यसै क्रममा दिल्लीबाट नेपालसम्म आफ्नो पदयात्रालाई ‘अहिंसा यात्रा’बाट नामाकरण गरिसक्नु भएको छ भन्ने अहिासा यात्राको शुरुवात दिल्लीको लालकिल्लाबाट ९ नभोम्बर २०१४ का दिन नेपालका
उपराष्ट्रपति परमानन्द झाको समुपीसथतिमा शरु गर्नुभएको छ ।
२४, २५ र २६ जनवजरी
भारतको कानपुरमा मर्यादा महोत्सव
(तेरापंथ धर्मसंघ स्थापना दिवस) मनाइसकेपछि आगामी चार्तुमास २०१५ को झण्डा नेपाली श्रावक समाजलाई सुम्पिने कार्यक्रम रहेको हुादा उक्त अवसरमा नेपालबाट विशिष्ट महानुभावहरु कानपुर जाने तयारीमा रहेका छन् । यस अहिंसा यात्राको क्रममा भारतका विभिन्न स्थानहरुमा पैदल यात्रा गर्दै नेपालको वीरगञ्ज उहााको प्रवेशद्वार हुनेछ र त्यहााबाट काठमाण्डौ गएर फिर्ता जनकपुर,
राजविराज, इनरुवा हुादै धरान आउने कार्यक्रम तय भइसकेको छ ।
विराटनगरबासीहरु चतुर्मासको भव्य तयारी गर्न तनमन धनले जुटेका छन् र चतुर्मासलाई भव्यता प्रदान गर्न अहोरात्र खटिराखेका
छन् ।

तपाईको प्रतिक्रिया