विराटनगर÷नेपालमा मुर्धन्य भाषाशास्त्री प्राध्यापक डा.टंक न्यौपाने प्राध्यापक बालकृष्ण पोख्रेलको स्मृतिमा स्थापित एक लाख राशी सहितको पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०५ औ जन्मोत्सवको अवसर पारेर असार २९ गते भाषाशास्त्री बालकृष्ण पोख्रेल भाषा–साहित्य कला सम्मान पुरस्कार प्रदेश नं. १ का १४ जिल्लाका झण्डै एक दर्जन विभिन्न विद्याका स्रस्टाहरुलाई समेत प्रदान गरिएको छ ।
प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले भाषाशास्त्री प्रा.बालकृष्ण पोख्रेलको स्मृतिमा गत बर्ष स्थापना गरेको पुरस्कारबाट प्रा.डा. टंक न्यौपाने सहित सुनसरी इनरुवाका उपेन्द्र बस्नेत पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राजमणि पोख्रेल, इलामका विमल वैध, तेह्रथुमका रविमन लम्जेल समेत नगद ५०हजार सहित पुरस्कृत हुनु भएको छ । त्यसैगरी मोरङ्गका मधु पोख्रेल, कलाकार भैरव क्षेत्री, मैथिली भाषी साहित्यकार रामनारायण सुधाकर, सखुवासभाका मूर्तिकार चन्द्रमान लिम्खा, विराटनगरका संगीतकार जेवी थुलुङ्ग,सुनसरीका कलाकार विष्णुकुमार मोक्तानलाई समेत रु ५० हजार राशी सहितको प्रदेश साहित्य कला सहितय पुरस्कार प्रदान गरिएको छ ।
प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्रष्टाहरुलाई नगदसहित सम्मान गर्नुभएको थियो । उहाँले हरेक बर्ष प्रदेश नं. १ मा साहित्य, कला, संगीत,आदिमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्ने जानकारी दिनुभयो । एकलाख नगदसहित पुरस्कृत हुुनु हुने भाषाशस्त्री प्रा.डा. टंक न्यौपानेले आफूले प्राप्त गरेको रकम धरान १४ स्थित रहेको प्रा.डा. टंक न्यौपाने अध्ययन प्रतिष्ठानलाइ प्रदान गर्नुभएको छ । पुरस्कार वितरण समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, महाशाखा प्रमुख दिव्यराज कट्टेल, शिवनारायण नवोदित लगायतको उपस्थिति रहेको थियो ।
