विचारालाई थाहै भएन
जसले जे काम गर्छ त्यसलाई त्यही कुरा मात्र थाहा हुन्छ । अरु थाहा हुने कुरा पनि भएन । त्यसभन्दा बाहेक थाहा दिन कुरा पनि भएन । अब हेरम न विषादी परीक्षण गर्ने कुरामा भारतले पठाएको पत्र बारेमा हाम्रा पर्धानमन्तरी खप्रओलाई थाहै भएन छ । कसले पत्र पठायो भनेर खुबै कुर्लन्थे । तर पत्रिकामा पत्र छापिएसी विचरा लल्याकलुलुक भएर डल्लो परेछन् । मलाई थाहै दिएन, म लज्जित छु, मलाई माफ गरिदेओ भनेर आफ्नो थुतुनो आफ्नै हातले छोपेछन् । उखान टुक्कामा विद्यावारिधी गरेका खप्रओ पत्र पठाएको समय भ्यागुता र भैसीको उखान सुनाएर दुनियाँ हँसाउदै थिए । उखान टुक्का भनेर दुनियाँ हँसाउनेलाई पत्रको बारेमा जानकारी दिने जरुरी पनि अरु मन्तरीहरुले उचित ठानेनन् । आखिरी खप्रओको काम भन्या हँसाउने हो । गोरुको काम हलो जोत्ने हो, भैसीको काम दूध दिने हो, लाल्टिनको काम बाल्ने हो, वाल्टिनको काम हाल्ने हो । जसको जे काम हो त्यसलाई त्यसैका लागि प्रयोग गरिन्छ । हाम्रा खप्रओको काम पनि उखान कथेर जन्ता हँसाउने हो । पत्रका बारेमा जानकारी दिएर फुइøयाँ हुन्छ र भन्ने सोचेरै जानकारी दिएनन् । कि कसो हौ ?
अब यो देशमा मन्त्री बन्नु नपरोस भगवान भनेर धुपधुँवा गर्नुपर्ने दिन आएजस्तो छ । एक्लै वाटामा निस्किए भने जन्ताले टाउकाभरी टुटुल्को उठाइदिन्छन् । अगाडि पछाडि सुकेनास माने नाम्ले लागेर खिइसकेका पुलिसहरुलाई साथमा लगाएर ललितपुतिरको एउटा कार्जैक्रममा गा’थे । स्थानीयले तिनका बाजेै बजाइदिए । दिउँसै मैनटोल बालेर अनुहार नियाल्नुपर्ने लालबाबु पण्डित त्यसपछि त झन हरेउ जस्तै भए । कालबाबु नाम हुनुपर्ने पण्डितको लालबाबु रे कार्जैक्रममा काला मान्छेलाई कालै झण्डा देखाइदिएछन् । मार मांग्रीमै उत्रेलान जस्तो भएसी विचारा लिुखुरे प्रहरीले न्वारानदेखिको बल लगाएर जसोतसो सकुशल बाहिर निकालेछन् ।
दुर्छे थुतुनो
सञ्चारमन्त्री माने गोकुलम बास्कोटाको थुतुनो दिन प्रतिदिन दुर्छे हुँर्दै गा’को हो कि घण्टाघरर्ले उल्टो सुन्या हो पत्तै भएन । लिखुरे परेको ज्यान हिजो आज टम्म भरिएर आएको छ, विरक्त लाग्दा गाला पोटिला भा’छन् । जे होस् सञ्चारमन्तरीको शारीरिक बनावट स्वांठिएर आएको छ । राज्येको ढुकुटीबाट राम्रै मलजलज परेपछि बास्कोटाको मात्र नभएर अरु मन्तरीहका जिउडाल समेत स्वांठिएर आएको छ र केही दिन यता बास्कोटाको थुतुनो समेत स्वांठिएर आएको छ । तिन्लाई त आफूले बोलेको कुरा पनि मालुम नहुने भैसक्या छ । अस्तिका दिन तिन्ले नेप्लिज काँग्रसलाई दिनभरि बीपी रातभरी विप्लव भएको आरोप लगाएछन् । हुन त हिजो आफनो चरित्र जे थियो आज त्यही आँखाले हेर्ने त हुन बास्कोटले । तिनका थुतुनो ्त्यसैगरी बटारिदै गएमा कुनबेला कहाँ वित्याँसमा पर्छन् होला । कि कसो हौ ?
थुतुनो सम्हाल्न चेतावनी
थुतुनो र खै के जाति हो त्यो नसम्हाले दुःख पाउँछ भन्थे हाम्रा बूढापाकाहरुले । त्यही थुतुनोले पान खुवाउँछ अनि त्यही थुतुनोले पिटाइ खुवाउछ त्यसै भन्या होइन । नेप्लिज लाँग्रेसका प्रवक्ताले पर्धानमन्तरी खप्रओलाई आफ्ना सञ्चारमन्तरीको थुतुनो सम्हाल्न चेताउनी द्या छन् । विचरा खप्रओको आफ्नै थुतुनो सम्हालिदैन अर्काको कसरी थुनन् । थुतुनो नसम्हाले लगाम पठाइदिने पनि भनेछन् प्रवक्ताले । अहिलेका सरकारका मुलीदेखि सबैका थुतुनो नै चल्ने त हो नि † प्रवक्ताले चेताउनी दिएसी गोकुलमको थुतुनो चल्न अलि कम भा’हो कि जस्तो छ । थुतुनो चल्न कम भा’को जानकारी पर्धानमन्तरी खप्रओेलाई दिए कि दिएनन् कुन्नि । फेरि थुतुनो चल्न कम भा’को कुराको जानकारी मलाई दिएनन्, थाहै भएन भन्लान् कि कसो हौ ?
रौनियार क¥याप्पै
चामडी जाए पर दमडी नजाए भन्ने सिद्धान्तका प्रतिपादक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियारले अस्तिका दिन क¥याप्पै बनाएर झिलिङ्गकुट्टी बनाउदै काठमाण्डौ पु¥याएछ । प्रतिष्ठानलाई बनाउन नभएर दुहुन आएका रौनियारले कस्लाई मिलाएनन् । सबैको मुख बुझो लगाएकै कारण साँढे जस्ता भएका रौनियार स्वास्थ्य मन्त्रीलाई त भुत्लो बराबर गन्दैन थिए । अदालतका नयायाधीशलाई समेत मुख बुझो लगाएर आफ्नो पक्षमा फैसला गराउने ल्याकतमा थिए । यसभन्दा अगाडि अख्यिारमा पनि सेटिङ्ग गरेकै थिए । मजदुरको तलबमा समेत कमिशन बजाउने रौनियार अन्तेमा अख्तियारकै जालोमा कसरी परे कुन्नि ? प्रतिष्ठानमा अरुलाई त भुत्लोभाङ्ग गन्दैनन् थिए । आफ्ना दाई, भाई–भारदा राखेर माल सोहोर्न मात्र सेटिङ्ग गर्थे । पापको घडा फुटेपछि कस्को के लाग्छ र ? अन्तेमा रौनियारको पापको घडा फुट्यो अनि क¥याप्पै अँठ्याइए । अहिले रौनियारका केही हनुमानहरु लापत्ता भएका छन् रे, केहीको रुवाबासी शुरु भा’छ रे ।
मुलुकभरी पानी जहाज
हाम्रा पर्धानमन्तरी खप्रओको सबैले कम्ता खिल्ली उठाएका थिएनन् । भन्नु नभन्नु के के जाति भने भने । विचराले हाँसी हाँसी सहिदिए । उनको सबैभन्दा ठूलो सपना नेपालमा पानी जहाज चलाउनु थियो । जहाँ भाषन ठोक्दा नि पानी जाहज चलाएरै छाड्ने भन्थे विचराको पानी जहाज चलाउने घिटघिटो सानो थिएन । बल्ल अहिले आएर त्यो सपना पूरा हुन थाल्या छन् । भगवान चाहे तो छप्पर फारकर देता है त्यसै भन्या होइन, अब हेरम न पानी जहाज चलाउनका लागि पानी जहाज कार्यालय समेत उद्घाटन गरे । कर्मचारी राखे । प्रकृतिले साथ दियो मुुलुकैै भरि पानी जाहाज चलाउने मिल्ने पानी प¥यो । अहिले गाउँ गाउँमा भैसी जहाज,पानी जहाज, केराका दाम्चो जहाजहरु लुतुतु चल्न थाल्या छन् । यसरी मुलुकैभरि साना ठूला पानी जहाज चल्न थालेसी खप्रओ कति खुशी भा’ होलान । पानी जहाज चल्न थालेसी विपक्षीका थुतुनो चाहिँ बन्द भा’छ । उनीहरु चाइचुई बाल्न छाड्या छन् ।
चिन्तै लिनु पर्दैन
अविरल बर्षाका कारण मुलुकाँ धेरैले ज्यान गुमाए, कैयौको बासस्थान नै उजाडियो, खेतिपाति अन्नपात बगाएर लग्यो । यति भएसी सबैलाई चिन्ता लाग्नु स्वभाविक हो । तर िचिन्ता गर्नेै काम छैन । मुलुकाँ यतिबेला दुईतिहाइको शक्तिशाली सरकार छ । सरकार शक्तिशाली
भएसी चिन्ता लिनुपर्ने कुनै कामै छैन । त्यसमाथि केही पत्तो नपाउने खप्रओ पर्धानमन्तरी छन् । खुंखार राष्ट्रवादी † यस्तो विपत्तिमा कसैले खान नपाइएला कि भनेर चिन्तै गर्नु पर्दैन । पर्धानमन्तरीले त पहिलेदेखि भन्दै आका हुन भातै खानका लागि नेपालीले कामै गर्नु पर्देन । सरकारले ओछयान ओछयानमा भात लगिदिन्छ । तर नेप्लिज जन्ता नै मूर्ख हुन सरकारले भनेको त मान्नु पर्छ नि । भातै खान किन मरिहत्ते गर्नु ? बाढी पीडित सबैले अब बसी बसी खान पाउँछन् ।
अन्तेमा
या मुलुुकमा फुइँ लगाउनेहरुको कमी नहुने भयो । अझ सत्तामा बस्नेहरुले फुइ लगाएको देख्दा वान्तै आउन खोज्छ । पर्धानमन्तरी फुई लगाउने, तिनका मन्तरीहरु फुई लगाउने,तिनका कार्जेकता फुइँ लगाउने,तिनका गुण्डाहरुको त झन कुरै नगरम । अब हेरम न रौतहटमा भारतले आफ्ना नगरिकको सुरक्षाका लागि बनाएका बाध हाम्ले खोल्न लगाएम भनेर घरेलुमन्तरीले फुइँ हाँकेछन् । मन्तरीसँगै सचिवले नि फुई हाँकेछन् । हाम्ले भनेसी भारतले हतारहतार ढोका खोल्या हो भनेर फुइँ माथि फुइँ थपेछन् । पर्धानमन्तरी त झन फुइँ लगाउनेमा नम्बर वान नै भए । सप्तकोशीका ५ ढोका मैले नै खोल्न निदेशन दिएसी खुल्या हो भनेर नाक दोब्य्राइ हालेछन् । लाष्टा जन्ता तिन्का फुई पत्याएर मख्ख छन् । जे होस् फुइँ लगाएर नि सत्ता चलाएकै छन् । त्यसरी फुइँ लगाउने सबैलाइ साुधवाद । कि कसो हौ ?

