धरान÷ सुविधासम्पन्न सहरमा बसोबास भए पनि अन्धकार जीवन विताउने धरान १४ का अति विपन्न सर्वसाधारणले घरमै विजुली बत्ती बल्ने भएपछि राहतको महसुस गरेका छन् ।
धरान १४ का संयोजन तथा नेपाल विद्युत प्राधिकरण वितरण शाखाले धरान १४ को अति विपन्न परिवारका २८
घरमा मिटर वितरणसंगै जडान समेत गरिदिएपछि भने उनीहरुका हर्षको सीमा नै छैन ।
धरान १४ का अति विपन्न परिवारका बलबहादुर मोक्तानले सुविधा सम्पन्न सहर धरान उपमहानगरपालिकामा बसोबास गरेको महसुस कहिल्यै गर्न पाउनु भएको थिएन । यसको प्रमुख कारण थियो आर्थिक अभावका कारण घरमा विजुली बाल्न नपाउदा टुकी वा मैनबत्तीको उज्यालोले रात गुजार्नु पथ्र्यो । उहाँलाई न त बत्तीको उज्यालो थाहा थियो न त लोड सेडिङ्गको महसुस नै हुन्थ्यो । तर नेपाल विद्युत प्राधिकरणले यस्ता विपन्न परिवालाई लक्षित गरी जडान गर्ने उद्देश्यले कार्यक्रमकै आयोजना गरेर मिटर वितरण गरेपछि उनीहरु ह्र्षित बन्नु भएको हो । अध्यारोमा बषौदेखि विताउन बाध्य उहाले मिटर प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभयो ।
सोही वडाका मोक्तानमात्र हैन शान्ति भुजेल पनि मिटर पाएपछि खुशीले दंग हुनुभयो । उहाले बत्ती नहुदा घर अध्यारोमात्र हैन विद्यालय पढ्न आफ्ना नानीहरुले समेत दुः ख गरेर पढ्ने गरेको दुःखेसा पोख्नुभयो । मिटर प्राप्त गरेपछि भने घरमा विजुली आउने ढुक्क मान्दै अध्यारोमा सास्ती भोग्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारले निम्न आय भएका अति विपन्न परिवारलाई विजुलीमा सहजता पुगोस् भन्ने अभिप्रायले अनुदानसहित निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख दिपक सापकाटाले बताउनुभयो । उहाले मिटर वितरणसँग जडान गर्ने कार्यक्रमसमेत रहेको बताउदै विगतमा हुकिङ गरेर विजुली चोर्ने प्रथाका न्यूनिकरणका लागि पनि नेपाल सरकारले यो कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । उहाँले पहिलो चरण अन्तर्गत धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले यहा रहेका अति विपन्न वर्गका सर्वसाधारणको तथ्यांक संकलन गरेपछि उहाँहरुलाई मिटर वितरण गरिएको उहाँले बताउनुभयो ।
यता धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले नेपाल सरकारको यो कार्यक्रमले विजुली चुहावट रोकिनुका साथै बर्षौदेखि विजुली पाउन नसकेका विपन्न परिवारले राहत महसुस गर्ने बताउनुभयो । यसका लागि आफूले धेरै कसरत गर्नुपरेको समेत बताउनुभयो ।
यस्ता कार्यक्रमले सर्वसाधारणमा विजुली बत्तीको पहुच पुग्नोमात्र हैन विजुली चुहावट रोकिने र विद्युत प्राधिकरणको महसुल बढ्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
धरान १४ मा आयोजना गरिएको वितरण कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर दुर्गानन्द चौधरी, प्रशासन प्रमुख नगेन्द्र, श्रेष्ठ, वितरण प्रमुख सञ्जय चौधरीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालिकका रेनुका
भट्टराईले गर्नुभएको थियो ।

