सादा खाना रु ५० र चिकेन खाना रु ९० भन्दा कसैले झट्ट पत्याइ हाल्ने कुरा पनि भएन । एक मुठ्ठी सागको ५० रुपैयामा पाउन हम्मे हम्मे परेको अवस्थामा गोरखा डिपार्टमेन्ट स्टोरले एसीको आनन्द दिएर अत्यन्तै सुन्दर प्राकृतिक दृश्य नियाल्दै आफ्ना ग्राहकहरुलाई ५० रुपैयामा सादा खाना र ९० रुपैयामा चिकेन खाना खुवाउदै आएको छ ।
स्टोरले आफ्ना पाँचवटै शाखाहरु धरान, इटहरी, विराटचौक, पथरी, दमकमा विगत केही बर्षदेखि यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोर धरानका किचेन सुपर भाइजर विष्णु खड्का भन्नुहुन्छ किचनमा पाँचसय सम्मका खानाका आइटम रहेका छन् । नेपाली थालीको २ सयदेखि ३ सय, स्पेशल नेपाली थालीको २९० देखि लिएर ४२०, गोरखा किचन स्पेशल ५०० समेत रहेको छ । अर्डर
गरेको ३० मिनेट भित्रमा सबै प्रकारका खाना पाइने गोरखा किचनमा प्रत्येक दिन सरदर १५ सय ग्राहकहरुले विभिन्न आइटमको स्वाद लिने गरेका छन् ।

विहान सात बजेदेखि बेलुका ९ः३० बजेसम्म खुल्ला रहने गोरखा किचनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, स्थानीय बासिन्दा, पञ्चायन, बकलोैरी, कोशीपारी मैनामैनी, ठोक्सिाला लगायतका स्थानहरुबाट ग्राहकहरु आउने गरेको खड्काले बताउनुभयो । त्यसो त किचनमा ग्राहकहरु खानाकै लागि मात्र जाँदैनन.् सैयौ प्रकारका अन्य भेराइटीहरुको स्वाद लिन समेत पुग्छन् । चिकन मसुरम सुप, चिकन क्लियर सुप, लुङ्गफुङ्ग सुप चिकन, हट एण्ड सावर सुप भेज, स्विटकर्न सुप भेज, स्विट कर्न सुप चिकन, चिकन वनर्टन सुप, हुनान चिकन वनर्टन सुप, म्यानचाउ सुप भेज, म्यान चाउ सुप चिकनमा ग्राहहरुको रुची ज्यादा देखिने गरेको छ । यसैगरी स्नाक्सहरुमा चिकन ६५, ड्रागन चिकन, सांघाई िचिकन, पनिर चिल्ली, चिकन चिल्ली, चिकन चिल्ली विथ वोन, ससेस चिल्ली, चिकन लालीपप, स्पाइसी चिकन क्रिप्सी, भेजिटेबल फ्राई, गोवि मन्चुरियन ड्राई, चिकन साते, सिगापुर नुडल्स भेज, सिंगापुर नुडल्स चिकन, मिक्स फ्राइड
राइस पनि गोरखा किचनका आकर्षक र स्वादिस्ष्ट परिकार हुन ।
यसैगरी चाइनिज कुइसिनमा भेज स्प्रिङ्ग रोल, चिकन स्पिङ्ग
रोल, सेज्वन क्रिप्सी पोटाटो, मसरुम चिल्ली, फ्राइड चिकन २ पिस, चिकन खाजा सेट, मटन खाजा सेट, चिकन साँदेको, मटन साँदेको, आलु साँदेको, गे्रभीमा चिकन मन्जुरियन, भेजिटेवल मन्जुरियन, मसरुम मन्जुनियन, गोवि मन्जुरियन, हुनान चिकन, स्विट एण्ड सावर चिकन विथ राइस आदि रहेका छन् । राइस र नुडल्समा मिक्सभेज, फ्राइड राइस,चिकन फाइड राइस, मटन फ्राइड राइस, भेजिटेवल ट्रिपल फ्राइड राइस विथग्रेभी, चिकन ट्रिपल फ्राइड राइस विथ ग्रेभी, भेजिटेवल हङ्गकङ्ग फ्राइड राइस स्पाइसी, चिकन हङकङ फ्राइड साइस स्पाइसी, भेजिटेवल हाक्का नुडल्स,चिकेन हाक्का नुडल्स, चिकन चिल्ली गार्लिक नुडल्स, चाइनिज चप्सी भेजिटेल, चाइनिज चप्सी चिकन, अमेरिकन चप्सी नन भेज, ग्रिन सलाद, समोसा चाट, आलु जिरा पेपर मटन, पेपर चिकन, पनिर मुर्जी, ऐरा मुर्जी, मटन फ्राइड, फिस फ्राई, सिज्लर , मसला ड्राईजस्ता आइटमहरुमा पारिवारिक जमघट ज्यादा हुने गरेको छ ।
व्युटिसियन कन्प्रेन्समा गोरखाकै कञ्चनजंघा हलमा कार्यक्रम पश्चात चिकनेको चौथो तलामा भेटिएकी विमला निरौलाले भनिन अत्यन्तै सफा र स्वादिष्ट खाना गोरखा डिपार्टमेन्ट स्टोरको विशेषता नै भइसकेको छ । उनी मटन विर्यानीको स्वाद लिदै थिइन भने उनका अन्य साथीहरु चिकन विर्यानी, भेजिटेवल विर्यानी, पि पुलाउ, पेलेन राईसको स्वाद लिइरहेका थिए । बकलौरीबाट झण्डै १० जनाको समूहमा आएका युवाहरु खानाको परिकार देखेर दंग थिए । उनीहरु पनिर मटर मसला, मलाई कोफता, मटर पनिर, दाल मखनी, मिक्स भेज करी, भेज भर्ता, राजमा मसला, दाल फ्राइ, झाल फ्रेजी भेज, पनिर पसन्दा, शाही पनिर, नवरत्न कोभो के मगाउने भन्नेमा तँछाड मछाड गरिरहेका थिए पटियाला भेज, चना मसला्, मसरुम मसला लगायत नन भेजिटेरियन आइटम, भेज स्न्याक्स, परौठा,रोटी, नान, तन्दुर कुइसिन, कटलेट, पिजा, पास्ता वर्गर एण्ड फ्राइज, सेट, ब्रेंकफास्ट, कन्ट्री बे्रक फास्ट, एलाकर्टे, चाइनिज, थुक्पा, मोमोमा स्टिम, फ्राइड। चिल्ली, वेभरेज हट, वेभरेज कोल्डका विविध खानाका परकाले ग्राहकहरुलाई लोभ्याउने गरेको छ ।
गाोरखा वारको आफ्नै विशेषता
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखाको चौथो तलामा गोरखा किचनसँगै रहेको गोरखा वार पारखीहरुका लागि आकर्षकको थलो भएको छ ।
अत्यन्तै सुविधायुक्त बसाई र एसी जडित अत्यन्तै शान्त वातावरणमा
गोरखा वारले आफ्ना ग्राकहरुलाई सेवा प्रदान गर्दै आएको छ । गोरखा वारमा आइससटि (लेमन प्लेभर), तुर्की चिल्ली, अक्टोपस चिल्ली, बदेलका स्पेशल आइटमहरुमा बदेल डाँमेको, बदेल ओइस्टर सस, बदेल चिल्ली, बदेल साँदेको, बदेल विविक्यु आदिका परिकार थप गरेको छ । स्वदेशीदेखि विदेशी ब्राण्डका पेय पदार्थ पाइने गोरखा वारमा दैनिक सरदर एकसयदेखि एकसय पचास जनासम्म पारखीहरु आउने गरेका छन् । वियर, क्यान वियर, वाइन, इरिस वाइन, ह्विस्की, भोडका रम, जिन, टक्ला सुटसमा, एंगफिटा सिल्भर, एंगाभिटा गोल्ड, पेप लोपेज सिल्भर, पेप लोपेज गोल्ड, जस्ता पेय पदार्थमा पारखीहरु झुम्मिने गरेका छन् । किचनेको सुपर भाइजर समेत रहनुभएका विष्णु खडेका भन्नुहुन्छ एक
पटक आएका पारखीहरु नियमित ग्राहकजस्तै भएका छन् । आफूले चाहेको जुनसकै आइटम समेत सहजै पाइने भएकोले पनि गं्राहकहरुको रि–इन्ट्री हुने गरेको उहाँको भनाई छ ।
गर्मीका कपडामा अत्याधिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरमा आउने अधिकांश ग्राहकहरुको भीड कपडामै देखिने गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ गर्मीलार्ई लक्षित गरेरै यतिबेला विदेशी ब्राण्डका कपडा तथा अन्य सामानहरु ल्याइएको छ ।
गोरखाको पाँचौ शाखा धरानमा सोमबार धनकुटाबाट आउनु भएका बालानन्द घिमिरेले भन्नुभयो आफूलाई चाहिने सम्पूर्ण सामानहरु यहीबाट खरिद गर्ने योजना बनाएर आएको हुँ । यस भन्दा अगाडि इटहरीस्थित डिपार्टमेन्ट स्टोर पुग्नु हुने घिमिरेले धरानमा शाखा खुलेपछि सहज महसुस भएको बताउनुभयो । घिमिरे जस्तै तेह्रथुम लसुनेबाट पविारका साथ सामान खरिद गर्न आउनु भएका देवराज पाठक पनि कपडा खरिद गर्न झुम्मिनु भएको थियो । पहिला पहिला धरानबाट कपडा खरिद गर्दा पसलैपिच्छे दौडनु पथ्र्यो । अहिले त्यो झन्झटै छैन । स्वदेशी तथा विदेशी ब्राण्डका कपडा सुपथ मूल्यमा एकै ठाउँमा पाइएपछि अन्यत्र जाने झन्झटै नभएको उहाहरुको कथन थियो ।


