बराहको परियोजना लोकिप्रय बन्दै

धरान÷ बराह ग्रपले नया सोच अनुरुप मोरङको ग्रामथान ५ तेतरियामा एक बर्ष अगाडि शुरु गरेको कृषि उपज तथा पशुपालन परियोजना लोकप्रिय बन्दै गएको छ ।
नुनदेखि सुनसम्मको व्यवसायी गर्दै आएको बराहले नया सोच अनुरुप एक बर्ष अगाडि ४ करोडको लगानीमा मोेरङको ग्रामथान–५ तेतरियामा बराह कृषि उपज तथा पशुपालन परियोजना शुरु गरेको थियो ।
परियोजनाको गत बर्ष प्रदेश १ नं. का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । ६ बिगाहा १४ कट्ठामा सञ्चालित परियोजनाको मुख्य उद्देश्य कृषिसँगै पशुपालनलाई पनि जोड दिदै व्यवसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनसंगै युवाहरुलाई स्वदेशमै स्वरोजगार प्रदान गर्ने रहेको छ ।
बराह ग्रपले व्यवसायिक क्षेत्रमा हात हालेको २५ वर्ष पूरा गरेको अवसरमा सो परियोजना सञ्चालन गरेको थियोे । ग्रुपले सो परियोजनाको सोमबार अवलोकन तथा धान रोपाइ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रदेश नं. १ का अर्थमन्त्री इन्द्र आङ्गबोको उपस्थितिमा आयोजना गरिएको धान रोपाइ तथा अवलोकन कार्यक्रममा समाजका सम्पूर्ण वर्गको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका आङबोले बराहले व्यापारसँगै कृषि तथा पशुपालनमा समेत जोड दिएकोमा प्रशंसा गर्नुभयो । उहाले यस्ता खालका फर्महरु सञ्चालन भए विषादीको प्रयोग कम हुने र खाद्यान्नमा स्वस्च्छता आउने बताउनुभयो ।
यस्तै बराह कृषि उपज तथा पशुपालन प्रालिका अध्यक्ष मानबहादुर विश्वकर्माले बराहले अग्र्यानिक कृषि उपज उत्पादन गर्ने उद्देश्यले फर्मको शुरुवात गरेसंगै व्यवसायिक सफलता पाएको बताउनुभयो ।
उहाँले परियोजनाले कृषि खेतीका साथै माछा, कुखुरा, गाई तथा उन्नत जातका घाँसको उत्पादनलाई प्राथमिकता दिएको दिएको बताउदै माछा, कुखुरा, बंगुर एवम् पाठा बिक्री वितरण, माछा ह्याचरी भुरा उत्पादन गरी विक्री वितरण, उन्नत जातका बाख्रापालन साथै मासुको पनि विक्री वितरण गरिने परियोजनाको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
यस्तै बराह ग्रपका अध्यक्ष शिवकुमार लामिछानेले व्यापारिक क्षेत्रसंगै कृषि तथा पशुपालनबाट सर्वसाधारणमा पहुच पुगोस भन्ने उद्देश्यले नै परियोजना शुरु गरेको बताउदै कृषिको उत्पादन, आधुनिकीकरण र यन्त्रीकरणमा जोड दिँदै उत्पादकत्व बढाउने लक्ष्य बराह ग्रपले लिएको स्पष्ट पार्नुभयो ।
हाल चार बिगाहा १० कट्ठा क्षेत्रफलमा पोखरीमा माछापालन गरिएको छ । कुखुरा फार्ममा १५ सय कुखुरा, तीन ओटा गोठमा ओटा गाई पालिएको छ ।
२०५२ सालमा सामान्य सुन पसलबाट व्यावसाय शुरु गरेको बराहले हालसम्म धरान, पोखरा, काठमाडौ, चितवनको नारायणघाट र हङकङ, युकेमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । केही वर्षअघिमात्र दुबईमा पनि आफ्नो शाखा विस्तार गरी हालसम्म बराहले ५ हजारलाई
रोजगारी प्रदान गरेको अध्यक्ष लामिछानेले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद् बिना राई, सावित्री श्रेष्ठ, उमिता बराइली, गाउँपालिका अध्यक्ष कुलकुमारी चौधरी, महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्लेलगायतले बोलेका थिए । कार्यक्रममा बेठी नाचसँगै धान रोपाइँ समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया