अभिनेत्री स्वस्तिमा खड्काले श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।
उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन् । ’बुलबुल’ सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन् ।
’नेपाल यो तिम्रो लागि हो’, अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा पोस्ट लेखेकी छन् ।
स्वार्थी भएर ’बुलबुल’ रोजेँविनोद पौडेल निर्देशित फिल्म बुलबुलमा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेकी छन् ।
सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ सहभागी भएका थिए ।
यस्तैगरी फेस्टिवलमा लघु फिल्म मार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धी थिए ।
यस्तै नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो ।
