धरानमा ज्येष्ठ नागरिक दिवस मनाइयो

धरान÷अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस धरानमा समेत मनाइएको छ । संयुक्त राष्ट्र संघले ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस १५ जुनलाई विश्वभर मनाउने निर्णय गरेपछि धरानमा ज्येष्ठ नागरिक मिलन केन्द्रले शनिवार उक्त दिवस मनाएको हो ।
बृद्धा अवस्थामा आफन्त, घर परिवार, समाज तथा राज्यबाटै ज्येष्ठ नागरिकहरु दुव्र्यवहारमा पर्ने गरेको आयोजित कार्यक्रमका वक्ताहले बताएका थिए । धरान ज्येष्ठ नागरिक मिलन केन्द्रका सदस्य प्रा. हरिबहादुर विष्टले भन्नुभयो राज्यले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको घोषणा गरे पनि त्यो कार्यान्वयनमा नभएको, यातायातका कर्मचारीहरुले राज्यले छुट दिएको छ भने उतै माग्नु भन्ने गरेका छन् । ज्येष्ठ नागरिक राज्यका, समाजका सम्मानित व्यक्ति हुन् । तर चौतर्फी दुव्यर्वहार छ । जब समाज अध्यात्मबाट विचलित हुन्छ, त्यसबेला एक अर्काप्रतिको सम्मान, सहिष्णुता, आपसी सदाचार हराउदै जाने उहाँको टिप्प्णी थियो । यसैगरी प्रा.डा. आनन्द आचार्यले जुन राष्ट्रमा ज्येष्ठ नगारिकको सम्मान हुँदैन त्यो देश चौतर्फी अराजकताको भूमरीमा फँस्ने ठोकुवा गर्नुभयो । राज्यले आजसम्म ज्येष्ठ नागरिकका सम्बन्धमा कुनै योजना नै ल्याएको छैन, त्यो दुर्भाग्यपूर्ण हो । पूर्व प्रशासक एवम. प्रा. कुमारबहादुर कार्कीले ज्येष्ठ नागरिक प्रतिको सम्मानले त्यो राष्ट्र र समाजको वास्तविकता बोध गराउने प्रष्ट पार्नुभयो । धरान उपमहानरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्य तथा धरान ज्येष्ठ नागरिक मिलन केन्द्र्रकी अध्यक्ष सरला कायस्थको सभापतित्मा सम्पन्न उक्त कार्यक्रममा वीरेन्द्रसिंह थापा, गणेश देवान, प्रेम ओझा लगायतले समेत राज्यले ज्येष्ठ नागरिकको समुचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन धरान ज्येष्ठ नागरिक मिलन केन्दका सदस्य गोविन्द तिम्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया