धरान÷भ्रष्टाचारमा चुर्लुम्म डुबेको वर्तमान दुई तिहाइको सरकारले शताब्दियौ अगाडिदेखि दाताहरुले दान दिएको गुठीको सम्पत्तिमा कब्जा जमाउने नियतले गुठी सम्बन्धी विद्येयक संसदमा दर्ता गरेपछि राजधानीसँगै देशका विभिन्न भागमा सरकारका विरुद्ध सशक्त आन्दोलन शुरु भएको छ ।
तेस्रो जन आन्दोलनको छनक दिने ढंगले राजधानीका नेवार समुदायहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध कडा नाराबाजी गर्दै गुठी विद्येयक फिर्ता गर्न माग गरेका छन् । सँस्कृति, सम्पदा र धर्ममाथि नै चरणवद्ध आक्रमण गरी सँस्कृति सम्पदा र धर्म नै मास्ने हेतुले वर्तमान सरकार अगाडि बढेको आन्दोलनमा सहभागी लाखौ सर्वसाधारणले आरोप मात्र लगाएका छैनन अन्य समुदायहरु मुस्लिम, अधिकारकर्मी, सञ्चारकर्मी, राजनैतिक दलहरु समेतले गुठी विद्येयकका विरुद्धमा ऐक्यवद्धा जनाएका छन् ।

गुठी विद्येयकको विरुद्धमा आन्दोलन गर्नेहरुलाई थप उत्तेजित बनाउने काम सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सकारका प्रवक्ता गोकुल बास्कोटाले गरेका छन् । उनले गुठीयारहरुलाई सामन्तवादको अवषेश भनेर आरोप लगाएपछि आन्दोलनकारीहरु थप आक्रामक बन्दै गएका छन् । गुठी विद्येयकका विरुद्धमा जनकपुर, राजविराज, धरान, नेपालगञ्ज, लगायतका स्थानमा समेत सरकारको चर्काे आलोचना गर्दै आन्दोलन शुरु भएका छन् । जनकपुरका साधुसन्त र महन्तहरुले गुठी विद्येयक परिमार्जन हैन फिर्ता लिन माग गर्दे आन्दोलन थालेका छन् । सरकारले गुठी विद्येयक फिर्ता नगरे मठ मन्दिर सबैमा ताला लगाउने उनीहरुले चेतावनी दिएका छन् ।
नौ दिने युरो भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्येयकमा भएका त्रुटी सच्याउने बताए पनि आन्दोलनमा उत्रिएका लाखौ सर्वसाधारणले सच्याउने नभएर फिर्ता लिन र गुठीलाई नचलाउन चेतावनी दिएपछि प्रधानमन्त्रीओलीले सोमबार उपत्यकामा भएका एमालेबाट निर्वाचित जनप्रतिनिधि सबैलाई बाल्वाटारमा बोलाएर
परामर्श गरेका थिए । निर्वाचित सबै जनप्रतिनिधिले आन्दोलनले अर्कै रुप लिन सक्ने चेतावनी दिदै विद्येयक फिर्ताका लागि प्रधानमन्त्रीलाइ दबाब दिएका थिए ।
यसै सम्बन्धमा प्रधानमन्त्री ओलीले हिजो मंगलबार संसदमा बोल्न खोज्दा सम्पूर्ण प्रतिपक्षीहरुले हुटिङ्ग गरेपछि उहा १० मिनेटसम्म रोष्टमै उभिएर फर्किनु भएको थियो ।
