मोटरसाइकल चोर प्रक्राउ

धरान÷ मोटरसाइकल चोरी गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
जेष्ठ २८ गते राति १०ः ३० को समयमा धरान उपमहानगरपालिका वडा नं. १५ ज्ञानचक्षु मार्गमा बस्ने डेविस साहले कम्पाउन्टमा राखको को ९ प २४७७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चोरी गर्ने बराहक्षेत्र नगरपालिका वडा नं. ४ का १९ बर्षीय अनिष चौधरीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
मोटरसाइकल चोरी भएपछि साहले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । उजुरीकै आधारमा खोजतलासी गर्दा उनलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानलेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया