धरान÷ सुनसरीको धरानमा देखिएको डेंगुको प्रकोप १ महिना विति सक्दापनि नियन्त्रणमा आउन सकेको छैन । महामारी रुपमा फैलिएएको डेंगोको कारण ७ सय १२ जना पिडित भइसकेका छन् । नियन्त्रणको प्रयास भइरहे पनि १ डेंगु नियन्त्रणमा आउन नसकेपछि प्रदेश सरकारको निर्देशनमा आइतबार देखी धरानमा प्रहरी परिचालन गरिएको छ ।
डेंगुको प्रकोप नियन्त्रणमा आउन नसकेपछि धरानमा धरानमा डेंगुको प्रकोप नियन्त्रण गर्नका लागि आइतबारदेखि प्रहरी सहित जनपरिचालन सुरु गरिएको छ । सात दिने अभियान नै सुरु गरेर डेंगु नियन्त्रणको लागी लागि परेको धरान नगरपालिकाले आइतबारदेखि प्रहरी प्रशासन सहित विभिन्न संघ सस्थाको सहयोगमा डेंगो नियन्त्रण अभियान सुरु गरेको हो ।
गएको बैशाख ३० गते देखि देखिएको डेंगुले धरानमा एक महिनाको अवधिमा सय सय भन्दा बढी डेंगु संक्रमित भएकोले नियन्त्रणको प्रयास हुदा हुदै पनि यसरी डेंगु संक्रमितहरुको संख्या घट्नुको सट्टा बढेपछि धरानमा डेंगु नियन्त्रण प्रभावकारी गुनासो आउन थालेपछि ब्ल्याक टाइगर भनिने डेंगु सक्रमण गर्नै मच्छरका लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको धरान उपहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा घर तथा ग्यारेजमा राखिएका टायरसगै लामो समय सम्म जम्मा गरेको पानी नष्ट गरिएको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिनुभयो । नेपाल प्रहरी , शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाको सहकार्यमा लार्भासगै लामो समयदेखि जम्मा गरेको पानी नष्ट गर्नै अभियान सुरु गरेको वताउनुभयो ।
उहाले आइबार धरान १३ को जिरो पोइन्टदेखि धरान १२ छाता चौकसम्मको सडक आपसमा रहेका होटल , ग्यारेज तथा घरहरुमा रहेका टायर तथा पानीमा भेटिएका लार्भा नष्ट गरेको जानकारी दिनुभयो । साथै उहाले टोल टोलमा समेत जनपरिचाल
गरिएको वताउदै एक हप्ता भित्रमा धरानमा देखिएको डेंगुको प्रकोप नियन्त्रणमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं. १ सरकारले धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण गर्न कार्ययोजना नै तयार गरि कार्ययोजना अनुसार प्रदेश सरकारले सुनसरी, मोरङ र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानिय तहलाई निर्देशन दिइसकेको छ ।
धरानमा डेंगु नियन्त्रणको लागि थुप्रै उपाय र अभियानहरु चलाए पनि सफल नहुनुमा घरमा जम्मा भएको पानी मुख्य कारण भएको र जानकारीको अभावले नियन्त्रणमा आउन नसकेको चिकित्सक एवं विज्ञहरुले बताउदै आएका छन् । तर अव भने प्राय सबै सचेत भएको र पानीको अभाव समेत केही कमी हुदै गएको कारण नियन्त्रणमा आउने ¥यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयराज खनालको विश्वास छ । उपमहानरसगै स्थानीयहरु समेत स्वत स्र्फुत रुपमा लागि परेको कारण केही दिनमै यो नियन्त्रणमा आउने उहाको भनाई छ ।
धरानमा खानेपानीको चरम अभाव भएकोले धरानेहरुले घरमा खानेपानी, कपडा धुन र भाडाकुडा पखाल्न पनि अलग अलग पानी जम्मा गरेर राख्ने गरेका छन् । त्यही पानीमा लामखुट्टेको अण्डाले लार्भा, प्युँपा हुदै पुर्णरुप लिने गरेको भन्दै चिकित्सकहरुले
घरमा भएको पानी पोखाउन सल्लाह दिएका छन् ।
