धरानमा डेैगु संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै

धरान÷ वैसाख ३० गते धरान १५ का दुई जनामा देखिएको डेंगो संक्रमण बढेर अहिले ३ सय ५० को हाराहारीमा पुगेको छ ।
डेंगुका महामारीलाई नियन्त्रण गर्न केही समय अगाडिदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई वटा फगिङ्ग मेसिनको सहयोगबाट धरान उपमहानगरपालिकाले धरानका विभिन्न वडा टोलटोलमा औषधि छर्ने काम गरे पनि त्यो प्रभावकारी नभएपछि यसको नियन्त्रणका लागि ज्येष्ठ १७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले संयुक्त रुपमा ¥यापिट रेस्पोन्स टिम गठन गरिएको थियो ।
एजिप्ट एजिप्टाई संक्रमण भएको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग धरानमा नियन्त्रणभन्दा बाहिर आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले यसको नियन्त्रणमा संयुक्त प्रयास गरेका हुन् । यसका लागि उनीहरुले नौ सदस्यीय रेपिड रेस्पोन्स टिम समेत गठन गरका छन् ।गठन गरेको टिमले डेंगु रागको मुख्य कारण पत्ता लगाई जरैदेखि डेंगुका भाइरसलाई नष्ट गर्ने बताइएको छ । यसै विषयमा धरान उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालयका प्रमुखको अगवाईमा स्वास्थ्यकर्मी सम्मिलत विपत्त व्यवस्थापन समितिको बसेको बैठकपछि यसको नियन्त्रणका लागि टिम गठन गरेको हो ।
धरान उपमहानगरपालिकामा यसको नियन्त्रणका लागि उपकरण नभएकै कारण समस्या आएको निष्कर्ष निकाल्दै नगरपालिकाले थप चार वटा फगिङ्ग मेसिन खरिद गरेको थियो ।


धरान उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवले शुरुका दिनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुईवटा फगिङ्ग मेसिन सहयोग लिएर धरानका विभिन्न वडामा औषधि छर्कने काम भएपनि त्यो प्रभावकारी नभएको बताउनुभयो । उहाले मेसिन खरिदसंगै डेंगु संक्रमण लामखुट्टेको अण्डा, लार्भालाई नै नष्ट गर्ने अभियान शुरु गरिसकिएको बताउनुभयो ।
प्रतिष्ठानले समेत यस्ता विरामीको उपचारमा विशेष ध्यान दिने भएको छ । प्रतिष्ठानमा देखिएका यस्ता संक्रमण
विरामीहरुको ल्यावटेष्ट देखि विभिन्न उपचार निःशुल्क गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताउनुभयो ।
धरानमा डेंगु संक्रमण विकराल बन्दै गएपछि नियन्त्रणको प्रयासमा जुटेको ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले बताउनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल विभागका चिकित्सक समेत रहनुभएका खनालले टिमले डेंगु नियन्त्रणका लागि गम्भीर भएर लाग्ने बताउनुभयो । नियन्त्रणका यसको अण्डा, लार्भा नष्टदेखि लिएर सचेतनामुलक कार्यक्रम सञ्चालन गदै आएर्कोे बताउनुभयो ।
खासगरी जमेको पानीमा बस्ने र त्यही अण्डा पार्ने भएकोले खाल्डाखुल्डी पुर्ने, पानीको भाडा राम्ररी छोप्ने, घर वरिपरि सफा राख्ने, गमलामा पानी जम्न नदिने लगायतका कुराहरुमा विशेष ध्यान दिन प्रतिष्ठानकी प्रा.डा. बसुता खनालले सुझाव दिनुभएको छ । उनीहरुले ९० प्रतिशत डंगु रोगीहरु एपचारपश्चात निको हुने बताउदै डेंगु रोगको संक्रमण साझ भन्दा दिउसो बढी हुने बताउनुभयो । उहाले दिउसा सुत्दा समेत झुल प्रयोग गर्ने, लामा बाहुला भएका कपडा लगाउने लगायतका सुझाव समेत दिनुभयो । डंगुसंगै लामखुट्टेको टोकाइबाट हुने अन्य रोगको नियन्त्रणमा समेत अब सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सन् २०१६ मा झापामा पनि यस्तै महामारी देखिएको थियो । त्यसबेला २५÷२६ जनामा डेंगु रोगका संक्रमण थिए । अहिले ठीक धरानमा त्यही भएको छ । यसको नियन्त्रणमा धरानका २० वटै वडा, टोल विकास समितिले सचेतनासंगै नियन्त्रणका प्रयासमा गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया