जनप्रतिनिधिविहीन अवस्थामा धराने जनतासाग कुनै प्रकारको छलफल र परामर्श नगरी
धरान उपमहानगरपालिका (सम्झौताका बखत नगरपालिका) ले एसियाली विकास बैंक
(एडिवी)साग खानेपानीमा दुई अर्ब १६ करोड ऋण सम्झौता गरेपछि धरानमा त्यसको सर्वत्र
विरोध हुादै आएको छ । कमिशनको मोहमा केही राजनैतिक दलका अगुवा, धरानमा स्थायी बसोबासै नभएका उप–महागनरपालिकाका कर्मचारी, बर्षौदेखि धरान छोडेर राजधानीमा बसी दलालीको धन्दा गर्ने स्वघोषित उप बुज्रुकहरु, सयुक्त राष्ट्रसंघको आइएलओ (१६९) मान्यता विपरीत गरिब देशका जनतालाई अनावश्यक ऋणको भार बोकाई दोहन गर्न उद्यत एडिवीका दलालहरुको सााठगााठमा धरानको खानेपानी संस्थान कब्जा गर्ने जुन रणनीति अख्तियार भएको छ त्यसले धरानमा बेग्लै खालको अवस्था सिर्जना हुादै गएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ मा दुई दशक अगाडिदेखि स्थायी बसोबास गर्दै आउनु भएका भारतीय भूतपूर्व सैनिक इन्दबहादुर टक्का राइ खानेपानीमा धरानमा एडिवीको औचित्य नै नभएको बताउनुहुन्छ । विगतमा धरानबाट ८ ओटा सरकारी कार्यालय स्थानान्तरण गरी अन्यत्र लगियो । सरकारको स्वामित्वमा रहेको खानेपानी संस्थानलाई सरकारले आफ्नै स्वामित्वमा राखी धराने जनताको अधिकार स्थापित गर्नुपर्ने राईको मान्यता छ । राज्यले नागरिकको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराउन सक्दैन भने राज्य र
सरकारको औचित्य रहादैन राईको प्रस्टोक्ति छ । उहाा भन्नुहुन्छ ‘धरान र आसपासमा खानेपानीको मूल स्रोत नभएको अवस्थामा चारकोशे जंगलमा केही स्थानमा ड्रिल गरी पानी आएको भ्रमको खेति गरी नेपाल खानेपानी संस्थानको अरबौको भौतिक संरचना कब्जामा लिएर त्यही स्रोत
परिचालन गरी धराने जनतालाई ऋणको भार बोकाउन खोजेको प्रति सबै धराने जनता सचेत रहनुपर्छ । सन् २०१७ देखि सन् २०३१ सम्मको अल्पकालीन सम्झौता गरेको धरान उपमहानगरपालिकाले २०६९ चैत्र २१ गते पत्रकार सम्मेलन गरेर विज्ञप्तीसहित प्रष्ट पारिसकेको अवस्थामा यसको चौतर्फी विरोध हुन थालेपछि अल्पकालीन योजनालाई दीर्घकालीन हो भनेर गोयवेल्सवादी हल्ला पिटाउन थालेको प्रति राइ आक्रोसित देखिनुहुन्छ ।
ऋण खानैपर्छ भन्ने चतराबाट दीर्घकालीन रुपमा पानी ल्याउनुपर्ने धराने जनताको मागप्रति स्वयम् एडिवीका नेपाली दलाल, एडिवीका नेपालस्थित आवासीय निर्देशक केनिची योकोयामा कमिशन र भ्रष्टाचारको सपना देखेका अरु विभिन्न बहानामा पन्छाउदै आएका छन् । हाल जबरजस्ती टेन्डर खोल्ने, बोर्ड गठन गर्ने, खानेपानी संस्थानको सम्पत्ति कब्जामा लिने गृहकार्यमा एडिवीका मतियारहरु लागेका छन् । यसप्रति धरानमा बसोबास गर्ने भूतपूर्व वृटिश सैनिक, भारतीय सैनिकहरुले आफ्नो असहमति बारम्बार प्रकट गर्दै आएका छन् । यसपटक हामीले भूतपूर्व भारतीय गोरखा सैनिकका अनरेरी सुवेदार मेजर, भूतपूर्व भारतीय सैनिक संघका केन्द्रीय सह–कोषाध्यक्ष तथा धरान उपमहानगरपालिका वडा न. १०, १२ र १६ इकाई समितिका अध्यक्ष इन्द्रबहादुर टक्का राईसाग खानेपानीमा एडिवीको ऋण सम्बन्धमा वार्ता गरेका छौं । प्रस्तुत छन् राईसाग गरिएका वार्ताका सारसंक्षेप :
द्दझण्डै ९५ प्रतिशत धराने जनता एडिवीको खानेपानीमा ऋणको विरुद्धमा देखिएका छन् । किन होला ?
–धराने जनताले जान्नैपर्ने र बुझ्नै पर्ने कुराहरु धेरै छन् । कही कुखुराका भाले र सुंगुरको कथा जस्तो नहोस् । भालेले भनेछ दशै आयो । संगुरले उस गरेछ । जब दशैमा मानिसले संगुरलाई मुटुमा भालाले घोचे तब उसले चेते चेते
भनेछ । यसैगरी धरान जनताले पनि ऋणको भार बोकेपछि चेतेचेते नभनुन् । समयमै यसका विरुद्धमा संघर्ष गर्नुको विकल्प छैन । हाम्रा कारणले हाम्रा सन्तान र भावि पिडीहरुलाई ऋणको भार बोकाई उनीहरुको भविष्यमाथि खलबाड नगरौा । यसका लागि धरानका जनताहरु एक भएर राम्रो र सही विकासमा अग्रसर हुनुपर्छ । अन्यथा भोलिका पीडिले हामीलाई धिक्कार्ने छ ।
द्दधरानमा दीर्घकालीन रुपमै चतराबाट पानी ल्याउन सकिने अवस्था हुादाहुादै किन नगरपालिका र एडिवीले पानी
चतराबाट ल्याउन नचाहेका होलान् ?
–त्यही त मुख्य कुरा हो । एडिवी, धरान नगरपालिकाका केही कर्मचारीको नियत नै ठीक देखिएन । नेपाल जलस्रोतमा विश्वकै धनी देश हो । नेपालमा तलभन्दा तल तराई र माथिभन्दा माथि सगरमाथाको चुचुरोमा पानीका मुहानहरु छन् । नेपालको पानीले हिन्द महासागरमा महत्वपूर्ण स्थान ओगटेको छ । सगरमाथाको टुप्पोबाछट पानी झरेर नदीनाला बगेका छन् । यहीको कुरा गर्ने हो भने सप्तकोशी छ । धरानबाट १५/१६ किलोमिटर
दूरीमा रहेको सप्तकोशीको स्वच्छ र सफा पानी एडिवीसाग स्विकृत गरिएको आधाभन्दा कम बजेटमा धरान ल्याउन सकिन्छ । सप्तकोशीको पानी दीर्घकालीन हुन्छ । त्यसैले नेपाल खानेपानी संस्थानलाई कब्जा गरेर तहसनहस
गराउने नियतमात्र राखेको देखिन्छ ।
द्दकमिशनको मोहमा धराने जनतालाई ऋणमा डुबाउने नियत एडिवी र नगरपालिकाको हो भन्छन्, वास्तविकता के लाग्छ ?
–यो त सोह्रैआना ठीक हो । नेपाल खानेपानी संस्थान धरान शाखाका इन्जिनियर दिपक श्रेष्ठले खानेपानी संस्थानले गरेको सर्भे डिजाइन अनुसार सप्तकोशीबाट ८०–९० करोडमै
धरानमा पानी आउने बताइसक्नु भएको छ । उहााको त्यस भनाईले एडिवीका दलालहरुलाई असैह्य भएछ । स्थानीय स्तरका नेतादेखि लिएर सभासद,
सहरी विकास मन्त्रालयका सचिव, मन्त्री सबै लागेर उहााको सरुवा गरे । ८०–९० करोडमै सप्तकोशीबाट धरानमा पानी ल्याउन सकिने अवस्था हुादा हुादै धराने जनतालाई झुम्याउन २ अर्ब १६
करोड चारकोसे झाडीमा लगानी गर्न खोजिदै छ । दुई अर्ब १६ करोड भनेको सानो रकम होइन । यति रहमले ठूला ठूला योजना समपन्न गर्न सकिन्छ ।
रातदिन कमिशनको सपना देख्नेहरुले धराने जनताको भलो चाहेकै छैनन् । उनीहरु धराने जनतालाई दबाबमा
राखी शोषण गर्न लागिपरेका छन् ।
द्दएडिवीको ऋणमा परियोजना सम्पन्न गर्न ८० प्रतिशत स्थानीयको समर्थन चाहिने प्रावधान छ हैन ?
–हो । तर धरानमा ९५ प्रतिशत भन्दा बढी धराने जनताहरु खानेपानीमा एडिवीको ऋणको विरोधमा छन् ।
धराने जनताले नमान्दा नमान्दै पनि जंगलकै पानी ड्रिल गरेर खुवाउाछु भन्नु मूर्खता हो । काठमाण्डौकै उदाहरण लिउ न, काठमाण्डौ खानेपानी संस्थान एडिवीले कब्जा गर्दा २४ सै घण्टा पानी दिन्छु भन्थ्यो । २९ ठाउामा कल पनि गाड्यो तर आज २९ वटा कलमध्ये २५ वटा सुकिसकेका छन् । काठमाण्डौमा पानीको हाहाकार छ । भात पकाउादा जारको पानी किन्नुपर्छ । भोलि धरानमा त्यही अवस्था सिर्जना हुन्छ । सडकको लेयर नाप्ने धरान उपमहानगरपालिकाका इन्जिनियर राजु पोख्रेललाई आइयुडिपीको व्यवस्थापक बनाइएको छ । पोख्रेल खानेपानीका इन्जिनियर हुादै होइनन् । तिनै प्रोखेलेल जंगलको पानी सफा र
राम्रो आउाछ भन्दै भ्रम फैल्याएर हिाडेका छन् । एक त जंगलमा ड्रिल गर्दा प्रसस्त पानी आउादैन । ब्रिटिश, जापान र चाइनाका पानी विज्ञहरुले केही बर्ष अगाडि पानीको साउन्ड टेष्ट गर्दा पानी नभएको रिपोर्ट दिएका थिए । अहिले आएरचाहिा कसरी त्यहाा पानी हुनसक्छ ? वास्तवमा भन्ने हो भने धरानमा २०५० सालसम्म बस्ती नै थिएन । नयाा बजार र पुरानो बजार थियो । एक आद्य घर अलि पर पर थिए । आज जनसंख्याको चाप अत्याधिक बढेको छ । जनसंख्याको चाप बढेसागै ट्वाइलेट र वाथरुमको संख्या पनि बढेको छ । हाम्रो ट्वाइलेट र बाथरुमबाट बगेर गएको पानी कुम्यालमा अलिकति देखा पर्यो आज इन्जिनियर राजु पोख्रेल त्यही पानीलाई सफा र स्वच्छ भन्छन् । उनको सोचाई धरानलाई जसरी भएपनि विगार्ने नै देखियो । जो धरानको हो उसलाई
धरानको माया हुन्छ । पोख्रेललाई
धरानको के माया ? कमाउन आएका हुन् । जसरी पनि कमाउ नै भन्ने
हुन्छ । भोलि धरानको वेथिति पोख्रेलका छोरा नातिले भोग्ग्नुपर्दैन । जसले
धरानका लागि विकासका योजना ल्याउाछ उसलाई धरानको चिन्ता हुनुपर्छ । बाहिरका मान्छेले धरान र धरानेलाई खाल्डामा जाक्छ, हिड्छ ।
द्दखानेपानी संस्थान हुादाहुादै सोही प्रयोजनका लागि धरान उपमहानगरपालिका किन अगाडि सरेको ?
–यो सबै कमिशनकै खेल हो । २०३५ सालमा नगरपालिका आफैले नसकेर खानेपानीको काम खानेपानी संस्थानलाई जिम्मा दिएको हो । यो अवधिमा खानेपानी संस्थानले अरबौको भौतिक संरचना तयार पारिसकेको छ । बढ्दो जनसंख्यालाई दृष्टिगत गरी सरकारले जनताको हितमा संरचनाहरु थप्दै लैजानुपर्छ । खानेपानीको काम धरान नगरपालिकाले गर्ने हैन । खानेपानी सस्थानले नै खुवाउनुपर्छ । एउटा सामान्य सिफरिस लिन जाादा घुस नखाई काम हुादैन अनि उसले खानेपानीको काम गर्ने ? भोलि अर्को कुनैले ऋण देला । दुरसञ्चार, बीपी प्रतिष्ठान, विद्युत प्राधिकरण पनि नगरपालिकाले चलाउाछ त ? हरेक क्षेत्रमा असफल देखिएको नगर पालिकाले खानेपानी संस्थान एडिवीको ऋणमा डुबाउने मात्र हो । धरानेलाई झुठो आश्वासन दिएर भ्रम फैल्याउनु हुादैन । कस्तो भ्रम फैल्याएको छ भने धरानेलाई १६ घण्टा, २४ घण्टा फुल फोर्समा पानी दिन्छौ भन्छ । तर हामीलाई दुई तीन घण्टा फुल फार्समा आयो भने पुग्छ । भ्रमको खेति गरेर जमिनमुनि (जुन पानी आउदै आउादैन) १६ घण्टा दिन्छु भन्नु मूर्खता हो । सप्तकोशीको भए त पत्याउनु पनि । बरु ८०–९० करोडमा चतराबाट खानेपानी संस्थानले पानी ल्याउन सकिन्छ भनि रहेको अवस्थामा त्यति रकम खानेपानीलाई नै दिनु नि । बााकी रकम अन्य विकासमा लगाउादा पनि भयो ।
द्दएकथरिले सप्तकोशीको पानी खराब छ, प्रदुषित छ, खानै नहुने छ भन्छन्, के यो सत्य हो ?
–यो सब झुट हो । यो कमिशनका एजेन्ट र भ्रष्टहरुले फैल्याएको सुनियोजित हल्ला मत्र हो । कुनचाहिा पानीका विज्ञले सप्तकोशीको पानीदुषित छ भनेका छन् । यस्तै हल्ला फिजाएर धराने जनतालाई दिग्भ्रमित बनाइ संस्थान कब्जा गर्न खोजिदै छ । आज सप्तकोशी किनारमा बस्ने लाखौ मानिसले सप्तकोशीको पानी खाइरहेका छन् । उनीहरु हृष्टपुष्ठ र स्वस्थ छन् । बरु जमिन मुनिको पानी खानेहरु रोगी र अशक्त छन् ।
द्दधरानमा पानीको दीर्घकालीन विकल्प सप्तकोशी नै हो त ?
–हो । धरानको बढ्दो आवादीलाई भविष्यमा थेग्ने हो भने सप्तकोशीको विकल्प छैन र हुादैन पनि । जबसम्म
धरानमा सप्तकोशीको पानी आउादैन यहाा पानीको काकाकुल भइरहन्छ । एडिवी व्यापारिक संस्था हो । उ यहाा व्यापार गर्न आएको हो । मुनाफा हुने स्थानमामात्र उनीहरु हात हाल्छन् । यसका निम्ति उनीहरुले सरकारका प्रतिनिधि, सचिव, मन्त्री, नेता, गुण्डा सबैलाई प्रयोग गर्छन् । अरुलाई त के दोष दिनु हाम्रै नेता र मन्त्रीहरु खराब छन् । अब धराने जनता एक भएर खानेपानी संस्थानले नै पानी खुवाउने गरी सप्तकोशीबाटै पानी ल्याउन लाग्नुपर्छ ।
द्दचतराको पानी नै चाहिन्छ, खानेपानी संस्थान कब्जा गर्न दिादैनौ भन्दै गठन भएको सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले त योजनाका लागि सहमतिमा हस्ताक्षर गरेछ हैन ?
–जसले हस्ताक्षर गरे उनीहले धराने जनतामाथि विश्वासघात गरेका छन् । संघर्ष समिति ३८ जनाको थियो । जसमध्ये संयोजक सुजेन्द्र गोले तामाङ्ग लगायत ११ जनाले मात्र गएर सहमतिमा हस्ताक्षर गरेका छन् । उनीहरुले संघर्ष समितिको मिटिङ्ग नै नबोलाई , कुनै छलफल नै नगरी हस्ताक्षर गर्नुको कुनै तुक र औचित्य छैन । बहुमत संघर्ष समितिका सदस्यहरुले उनीहरुको रवैयाप्रति आपत्ति जनाएर विज्ञप्ती प्रकाशित गरिसकेका छन् ।
द्दअब तपाईहरु के गर्नुहुन्छ ?
–हाम्रो संघर्ष समिति छादैछ । अब संयोजक अर्कोलाई बनाएर एडिवीका विरुद्धमा सशक्त आन्दोलन गर्छौं । एघार जनाले सहमति गर्दैमा सबै आन्दोलन सिद्धियो भनेर कोही पनि भ्रममा नबसे हुन्छ ।वास्तविक आन्दोलन त अब शुरु हुन्छ । धरानमा एडिवीको अवस्था भोलि बुटवलको जस्तै हुन्छ । यस सम्बन्धमा एडिवीका मतियारहरुले समयमै सोचे हुन्छ । जनकपुरमा एडिवी क्यान्सिल भइसकेको छ, बनेमामा स्थानीय बासिन्दाले कामै गर्न दिएका छैनन् । धेरै टाढा किन जाने ? त्यही हेटौडा र नारायणघाटमा एडिवी आउादा के के न होला भन्नेहरु आज पछुताइरहेका छन् । त्यहााको खानेपानीको अवस्था संस्थान हुादा भन्दा पनि झन कहालीलाग्दो
छ । त्यहाा पनि स्थानीय जनताले एडिवीको विरुद्धमा आन्दोलन शुरु गरिसकेका छन । एडिवीले खानेपानीमा कुनै नाटकीय परिरिवर्तन ल्याउन सकेको छैन हेटौडा र नारायणघाटमा ।
द्दथप केही छ कि ?
–त्यस्तो केही छैन । खानेपानीमा धरान उपमहानगरपालिकामार्फत हामीलाई एडिवीको ऋण स्विकार्य छैन । विकास भन्ने कुरा जनताको सहभागितामा हुनुपर्छ । जनतालाई नै ऋण बोकाएर एउटा सक्षम संस्था कब्जा गर्ने नीति हामी मान्दैनौं । आइएलओको प्रावधान अनुसार अन्तर्राष्ट्रिय अदालतमा समेत हामी मुद्दा हाल्छौं ।
त्र
