सुनसरी÷सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा न्यायमा पहुंचका लागि महिला शसक्तिकरण तथा लैंगिक हिंसा न्यूनीकरण अभियान कार्यक्रम अन्तर्गत लैगिंक हिसाँ विरुद्धको जवाफदेहितामुलक कार्यक्रम समपन्न भएको छ ।
सम्पन्न कार्यक्रमका सरोकारवालाहरुले गाउँमा लैगिंक मैत्री नीतमा जोड दिएका छन् । भोक्राह नर्सिङ्ग गाउँपालिकाका सरोकारवाला निकायहरु र महिला न्याय केन्द्रका पारालिगल समूहको सहभागीहरु लगायत सिमान्तकृत समुदायका महिलाहरुको बीचमा सोमबार जवाफदेहिता मुलक अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुले लैगिकमैत्री नीति नभएसम्म हिसा कम नहुने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एक सदस्य जयकृष्ण यादव(सहयोगी) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सरोकारबालाहरुले टिप्पणी गर्दै गाउमा लैगिंक तथा महिलामैत्री नीति निर्माण गरी बजेट समेत छुट्याउनुपर्नेमा जोड दिएका थिए ।
यादवले कार्यपत्रमा नेपालको ७ प्रदेशको ७७ जिल्ला मध्ये सुनसरीमा २ उपमहानगरपालिका र ४ नगरपालिका तथा ६ गाउँपालिकाहरु रहेकोमा भोक्राहा नरसिंह गाउँपालिकामा लैगिक तथा महिला हिसाँका घटना बढी हुने गरेको र उच्च खोजिममा रहेकाले गाउँपालिकाले लैगिक नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा भोक्राहा नरसिंह २ का वडा अध्यक्ष आलम अंसारीले लैगिंक हिसा, महिला हिसाँ तथा घरेलु हिसाँको न्युनिकरणमा जोड दिनुभयो । वहाँले व्यक्ति वा व्यक्तिहरुको समूहले कुनै मानिस वा महिला वा बालबालिकालाई लिगंको अधारमा गरिने भेदभाव, विभेद, छुवाछुत, शारिरिक, मानसिक , सामाजिक , आर्थिक रुपमा गरिने हिसाँलाई लैगिंक हिसा भएको बताउनुभयो । वहाँले यसलाई रोक्नका लागि सबै सरोकारबालाहरु लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा भोक्राहा
नरसिंह गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहताले लैगिंक हिसाको कारण पत्ता लगाई हिसा रोक्नुपर्नेमा जोड दिनुभयो । वहाँले पुरुष प्रधान देश भएको, सामाजमा अशिक्षा, बेरोजगारी र राज्यको कानुनमा सबैको पहुच नभएकाले हिसा बढेको बताउनुहुदै त्यसलाई रोक्न गाउँपालिकाले नीति निर्माण गरी बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वहाँले गाउँघरमा महिला वा छोरीलाई हेर्दे सामाजिक दृष्टिकोण नराम्रो रहेका, मानिसमा जनचेतनाको अभाव वा चेतनास्तरको कमी , पुरुष वा परिवारका सदस्यहरु अरुको लहैलहैमा लागेरपनि हिसाँ भएकाले रोक्नु चुनौतीपूर्ण भएपनि सचेतना र जनचेतनाको माध्यमबाट कम गर्न सकिने तर्क गर्नुभयो ।
कार्यक्रममा एम नेपालकी चुन्नी खातुत सोनियाले छोरी जन्मेदेखि नै हिसाँको सिकार बनेको र पढाईदेखी विवाहको बेलासम्ममा हिसा हुने भएकाले छोरीहरुलाई विषेश शिक्षा र जनचेतना तथा पुरुषहरुलाई समेत सहचोतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
वहाँले हिसाँ धेरै तरिका र प्रकारबाट हुने भएकाले सबैलाई शिक्षा दिने वा पढाईमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले घरेलु तथा लैगिंक हिसाँले परिवारमा कलह ,वादविवाद बढ्ने भएकाले त्यसमा रोक्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यादवले हिसाँले महिलाहरुको शारिरिक तथा मानसिक समस्या र बाल संरक्षणमा समस्या हुने भएकाले हिसाँ रोक्न सबैको सहकार्यमा जोड दिनुभयो । वहाँले आफू गाउँपालिकाबाट महिला तथा लैगिंक हिसाँ न्युनिकरणका उपायहरुमा कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो । यादवले गाउँका सबैलाई शिक्षाको पहुचमा ल्याउने, छोरी शिक्षा जोड दिने र छोरी शिक्षालाई अनिर्वाय गर्ने तथा रोजगारीको अवसरहरु सृजना गर्ने खालका कार्यक्रम अगामी आर्थिक वर्षको योजना, नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।
वहाँले महिला तथा लैगिंक हिसाको असर सम्बन्धि व्यापक जनचेतना जगाउने, यस सम्बन्धी अभिमुखीकरण गर्ने, परिबारका बीचमा मेलमिलाप र परिवार शान्तीका बारेमा अभिमुखिकरण गर्ने , हिसाँमा संलग्न मानिसलाई कानुनी दायरामा ल्याउने समेत बताउनुभयो ।
कार्यक्रममा योजना तथा प्रशासन शाखाका प्रमुख शिवनारायण यादवले घरेलु हिसाँ रोक्न बनाइएको ऐन कानुनको कडाईका साथ कार्यन्वयनमा पहल गर्नुपर्ने बताउनुभयो । यादवले सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट यसका विरुद्ध सन्देश प्रवाह गर्ने र सरकारी तथा गैर सरकारी संस्थाहरूले महिला हिसाँ, घरेलु हिसाँ तथा लैगिंक हिसाँ विरुद्ध सचेतना तथा रोकथामका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गौरी मेहताले पितृसत्ता र महिलाहरुमाथि गरिने असमान र हिंसात्मक व्यवहारले हिसाको श्रृखला बढेको गुनासो गर्नुभयो । वहाँले पनि कानुन कार्यान्वयन तहमा आएका कमजोर राजनितीक प्रतिबद्धताले समेत हिसाँ बढेको सुनाउनुभयो ।
लैगिंक हिसाँ गरेको खण्डमा हुने सजाय ः घरेलु तथा लैगिंक हिसाँ गरेको खण्डमा ३ हजार रुपियाँदेखि २५ हजार रुपियाँ जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने, अन्य कुटपिट गरेको खण्डमा कुटपिट महलमा, मार्ने नियतले हो भने ज्यान मार्ने उधोगमा, करणी कसुर गरेको खण्डमा बाल यौनदुरव्यवहारमा ३ वर्ष कैद, जवरजस्तीकरणी १० उमेर कमकालाई गरेमा १६ देखि २० वर्ष कैद , १४ मुनीका बालिकालाई जवरजस्तीकरणी गरे १४ देखी १६ वर्ष कैद । १४ देखी १६ वर्ष उमेरका बालिकालाई बलात्कार गरेर १२ देखि १४ वर्ष कैद , १६ देखि १८ वर्ष उमेर समूहका किसोरीलाई गरे १० देखि १२ वर्ष कैद र १८ वर्ष माथि उमेर समूहकालाई बलात्कार गरे ७ देखी १० कैद र माग अनुसारको क्षतिपुर्ती तिर्नुपर्छ । कमानिसलाई किन्ने वा बेच्ने व्यक्तिलाई २० वर्षसम्म कैद र दुई लाख जरिवाना हुन्छ । कुनै प्रकारको फाईदा लिई वा नलिई बेश्यबृतिमा लगाउनेलाई कसुरको मात्रा अनुसार दश बर्ष देखि पन्ध्र बर्ष सम्म कैद र पचास हजार रुपैया देखि एक लाख रुपियाँ सम्म जरिवाना ,प्रचलित काननु बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नलाई दश बर्ष कैद र दुई लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्म जरिवाना , बेश्यागमन गर्नेलाई एक महिना देखि तिन महिना सम्म कैद र दुई हजार रुपियाँ देखि पाँच हजार रुपियाँ सम्म जरिवाना, किन्न,बेच्न वा बेश्याबृतिमा लगाउने उद्देश्यले मानिसलाई विदेस लैजानेलाई दस बर्ष देखि पन्ध्र बर्ष सम्म कैद र पचास हजार रुपियाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र बर्ष देखि बिस बर्ष सम्म कैद र एक लाख रुपैयाँ देखि दुई लाख रुपियाँ सम्म जरिवाना, नेपाल भित्रको एक ठाउँ वाट अर्को ठाउँमा लैजानेलाई दस बर्ष कैद र पचास हजार रुपैयाँ देखि एक लाख रुपियाँ सम्म जरिवाना र बालबालिका लगेको भए दस बर्ष देखि बाह्र बषर््ा सम्म कैद र एक लाख रुपैयाँ जरिवाना । एक पटक कसुर गरि सजाय भोगेको ब्यक्तिले पुन कसुर गरेमा कसुरको जममा सजायको एक चौथाई सजाय थप हुनेछ । उजुर गर्ने व्यक्तिले आफुले एक पटक दिएको बयान विपरित हुनेगरि मुद्धाको पुर्पक्षको समयमा बयान फेरेमा वा अदालतले बोलाएको समयमा उपस्थित नभएमा वा अदालतलाई सहयोग नगरेमा निजलाई तिन महिना देखि एक बर्ष सम्म कैद हुने छ ।
लैगिंक हिसाँको तथ्याँकिय अबस्था ः
आर्थिक २०७५।७६ मा सुनसरी जिल्ला अदालतमा मात्रै परेको घरेलु हिसाँ मुद्धा ७१ वटा छन भने महिला तथा बालिकाहरुलाई खान लाउन नदिएर घर निकाला गरेकोले माना चामल ४ सय ६४ वटा मुद्धा छन् । सम्बन्ध विच्छेद ६१९ वटा साउनदेखी चैतसम्मको तथ्याँक अनुसार मुद्धा छन् । कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका ४५ जना महिला सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
त्र
