गर्दे हुन्छ
झालेमालेका उप–महासचिव विष्णु पौड्याललाई अस्तिका दिन कञ्चनबाट धुावा निस्ने गरी रिस उठेछ । पौड्याललाई त्यस्तो विधि
रिस उठेको घण्टाघरले कहिल्यै मेलो पाएको थिएन । उन्को रि त लाटाको जस्तो पो रै’छ । संविधान निर्मिाणमा माउवादीले जहिल्यै पनि छिर्के लगाउन थालेसी’ पौड्यालको कञ्चनबाट धुावा निस्केको रै’छ । सहमति पनि नगर्ने, प्रक्रियामा पनि नजाने भएसी’ संविधानसभा किन
राख्नु पर्यो ? विघटन गर्दिम न त भनेर पौड्याल कड्कने वितिकै माउवादीका सभसाद प्रभु साहलाई झुसिले डकार आएछ । फिटिक्क कामै नगरी सभासदको नाममा हस–हस डकार्न पाएको साहले झल्झली सम्झेछन् । ख्याल आनन्द छैन हिजोका हात्तीछाप चप्पले सभासदहरुलाई श्रीमति र छोराछोरी बाहेक सबै कुरा राज्यको ढुकुटीबाट कुम्ल्याउन पाएकै छन् । यी बेकामेहरुलाई घिचाएर तिघ्रे बनाउनु भन्दा त बरु सविधानसभा विघटन गर्दै के जाति । जे छ देखा जाला ? कि कसो हौ ?
भयानक हुन्छ रे
विग्रेको मुत्रनली राज्यको ढुकुटीबाट दुरुस्त बनाएर आएका झालेमालेका नेता झल्लाझलुले अस्तिका दिन भन्या माघ ८ गते संविधान जारी नगरे अत्यन्तै भयानक अवस्था आइलाग्छ रे । हैन हौ झलु ज्योतिष्ी पनि हुन कि क्या हो हा ? हुन त इलाम सुवुुवुङ्गतिरका खनाल बाजे परे हल्का फुल्का ज्योषि विधा जानेकै होलान् । त्यै भएर त उनले माघ ८ गते संविधान नआएर भयानक अवस्था आइलाग्छ भन्या । झलु बाजे अब माघ ८ को खडको कसरी टर्छ त्यो पनि भन्नुपर्यो । यसो त स्वास्ति शान्तिको व्यवस्था गर्नुपर्यो । भयानक अवस्था आउाछछ भनेर सबैलाई त्यसै अत्याउनु त भएन नि । उही त्रिशुल बाबाले गत बर्ष भुइाचालो आउाछ भने साह्रा नेपालीलाई अत्याउका थिए । उनले भन्या दिन फुइय्यााको भुइाचालो आउाथ्यो ? त्यसबेला सर्वसाधारणले झण्डै त्रिशुल बाबाको कर बंग्याइ दिएका । त्यस्तै चाहिा नहोस है झलु बाजे ?
खाने मुख
भनिन्छ खाने मुखलाईजुागाले छेक्दैन । हो रै’छ । सरकारले बढी भिडभााड हुने कतिपय कार्यालयलाईहिजो आज दुई सिÏट बनाएको छ । सरकारले छरितो ढंगले जन्ताले सेवा पाऊन भनेर यो गर्या होला । तर जन्ता भन्दा कर्मचारी मालामाल हुादैछन् । एक सिÏट काम गर्दा त टन्न लुाड्याउने कर्मचारीले दुई सिÏट कार्यालय चलाउादा कति लुड्याउादा हुन् ? हिजो आज बढी भिडभाड हुने कार्यालयका कर्मचरीको थुचुनो विहानदेखि नै ठ्याास गन्हाउन थाल्या छ । पहिला पहिला बेलुकामात्र गन्हाउथ्यो । हुन त विचाराहरुलाई के सक्तो सराप्नु ? चिसोले गर्दा
विचराहरुले भित्री कोट लगाएका होलान् । कि कसो हौ ?
वौद्धिक आतंक
नेपालमा हिजो आज वौद्धिक आतंक फैलिएको छ रे, राप्रपा नेपालका अध्येक्षे कमलाउले भन्या । कमलाउको कुरा सुन्दा घण्टाघरलाई पनि १६ रै आना ठीक जस्तोलाग्न थाल्या छ । वौद्धिक आतंक मच्चाउनेमा प श्चिम मुलुक छन् रे । होला पनि । तिनै पश्चिमा मुलुकहरु यहााका एनजिओ, आइएनजिओ, सामाजिक संघ, संस्था, अधिकारकर्मीलाई गााठ दिएर बस्या छन् । गााठ पाएसी, यिनीहरु पनि उताकै
राष्ट्रिय गीत गाउने नै भए । भर्खरै मात्र बेलायतका राजदुतले पत्रै पठाएरर धर्म परिवर्तन गर्न पाउने अधिकार संविधानमा राख नत्र भनेर धम्क्याए । राजदुतको पत्र बेकोमे सभासद ज्युूहरु । माल भनेपछि महादेवका पनि तीन नेत्र भन्छन् ।
भोकमरीमुक्त देश
योदेशका नेता र मन्त्रीका गफ सुन्दा हिजोआज घण्टाघरलाई कन्सिरीका रौा त्यसै त्यसै ठाडा भएर आउाछ । जाबो उक थान संविधान लेख्न नसकेर माघ ८ गते नामर्द घोषित हुन लागेका बेला अस्तिका दिन बडो चुरीफुरी गर्दै नेपाललाई सन् २०२५ सम्ममा भोकमरीमुक्त देश बनाउने घोषणा गरेको सुन्दा अवचाहिा हाम्रा मन्त्रीहरु पनि पुरै खुस्किए जस्तै लाग्यो । यस्तो घोषणा अभियानको नेतृत्व गर्या
रै’छन् हाम्रा सहरी विकास मन्त्री
नारायण वाले । धान फल्ने खेत धमाधम प्लटिङ्ग गरेर घर फलाउन स्विकृति दिने, छोरी चेलीले खाडी मुलुकमा अस्मिता बेचेर पठाएको पैसाले फाइवस्थार होटलमा कुखुराको फिला तानेर चिज्ला गाडीमा तेल हालेर दौडिने, विदेशीको पाउ मोलेर सहरी विकासको नाममा रकम लिएर कमिशन डकार्ने, युवाहरुलाई रोजगार दिनै नसक्ने, भएका उद्योगहरुपनि आफ्ना भाते संगठनका छाउरा उचालेर बन्द गराउने अनि भोकमरी मुक्तदेश घोषणा गर्ने ? बरु भोकमरी देश घोषणा गर्या भे’त प त्याउनु । त्यसैले नारायण वा’ यस्ता हावादारी गफ नगरे नै वेस हुन्थ्यो है ।
तानातान
यतिबेला वैधे माउवादी र चन्द माउवादी कार्जेकर्ता तानातान प्रतियोगितामा छन् । जिल्ला, क्षेत्र, गाम, घर सबैतिर तानातान प्रतियोगितामा चन्द माउवादी अगाडि देखिएको छ । हुन त वैधे वाउ अब बूढा पनि भए । तनक्क तन्किएर हिाड्न नसक्ने स्याास्या गर्ने बैधाउका पछिल्तिर कोरलाकोरेली लाग्ने कुरा नै आउादैन । जल्दा बल्दा, पहाडै फोडौला झै गर्ने चन्दप्रति केराला–कोरेली आकर्षित हुनु स्वभाविक हो । भारुमा एउटा उखान छ, ‘जैसी करनी वैसी भरनी’ । माने आफूले जस्तो गर्यो पछि आफूलाई पनि अरुले त्यसै गर्छन् । पहिला तिनै बूढा वैधाउले प्रचण्डाउका कार्जेकर्ता फकाई फकाई लग्या थे । अहिले वैधाउबाट चन्दले लैजादै छन् । जेहोस तानातान प्रतियोगिताचाहिा गजबको छ ।
बेकामे समितिहरु
लगौटीको न्यानोमा बसेको जुम्रा रगरगाउादै कथंककदाचित टठाउकोमा पुग्यो भने त्यसको फूर्ति फार्ती कम हुादैन । यतिबेला संसदीय समितिहरुको रवैया त्यस्तो देखिएको छ । भुत्लोभाङ्ग अधिकार नभएको ताइन तुइाको संसदीय समितिका पदाकिारीहरु जस्लाई मन लाग्यो त्यसैलाई पड्कारी बोलाएर हुर्मत लिने काममा लागेका छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै आफ्नो अधिकार केही भन्ने समेत नबुझेका संसदीय समितिका पदाधिककारीहरु आफै मपाई े हुने ध्याउन्मा लागेका छन् । कही काम नलाग्ने कोदे सभासदहरुमात्र रहेका संसदीय समितिका पदाधिकारीहरु वेÏवााकमा हिरो बन्न खोजेको देख्दा हिजो आज घण्टाघरलाई कुरी कुरी लाग्न थाल्या छ ।
अन्तेमा
मुर्ख विद्वान भनेर चिनिएका माउवादीका नेता बाउराम बाजेले संविधान जारी गर्न माघ ८ कै मिति नभएपनि हुन्छ भनेको सुन्दा अचम्म लाग्या छ । संवैधानिक राजनतिक संवाद समितिका डेड एक्स्पाएर सभापति समेत रहेका भट्टराई सहमति भए जहिल्यै पनि संविधान जारी गर्न सकिने अस्तिका दिन नकचरो भाषन गरेछन् । बाजा बजाएरै माघ ८ गते संविधान
जारी गर्नुपर्छ भन्ने छैन रे, बाउरामले भन्या । ६०१ जनाको जम्बो टोलीलाई संविधानका नाममा नेपाली जनताले कहिलेसम्म ज्वाइलाई घिचाए झै घिाइरहने ? पहिला ४ वर्ष घिचाउादा खालो सारेनन, अहिले फेरि एक बर्ष भन्दा बढी घिचाई सकेका छन् । अब त बाटामा ‘हु’ गर्नेलाई भन्दा बाटो हिाड्ने बटुवालाई लाज भैसक्यो । कि कसो हौ ?
