राजधानी/सदा अर्काको दु:खमा साथ दिादै आएको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको विगत कति कष्टपूर्ण थियो भन्ने कुरा गत मंगलबार उनले राजधानीमा आयोजित एक कार्यक्रममा बताइरहादा उपस्थिति सबैका आाखा एकाएक रसाएका थिए ।
अन्तर्राष्ट्रिय पुरस्कार सिएनएबाट
पुरस्कृत समाजसेवी तथा माइती नेपालकी अध्यक्ष कोइरालालाई आफ्नो विगतको स्मरण गर्ने अवसर जुटाइदिएको थियो भारतीय
राजदुतवास बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको २१ औं भ्वाइसेस
संस्करणले ।
कोइरालाले नेपाल भारत लाइब्रेरी एयर लाइन्स भवन न्यूरोडमा आयोजित २१ औं भ्वाइसेसको कार्यक्रममा आफ्नो विगत उपस्थिति माझ पस्किएकी थिइन् । सन् १९४९ अप्रिल १४ मा पिता कर्नेल प्रतापसिंह गुरुङ्ग र आमा लक्ष्मी गुरुङ्गबाट जन्मिएकी कोइरालाको समपूर्ण जीवन
परिवारको अपहेलनामा परेका, भारत तथा तेस्रो मुलुकमा बेच्न लगिएको उद्धार, यौन हिासामा परेकाको उद्धारमै बित्ने गरेको
छ । उहााले आफ्नो विगत सुनाउदै भन्नुभयो म एउटा गुरुङ्ग परिवारमा जन्मिएको हुा । मेरा पिता भारतीय सेनामा कर्णेल हुनुहुन्थ्यो । त्यसबेला छोरीलाई स्कुल पठाउनु भनेको सामाजिक अपराध गर्नुसरह मानिन्थ्यो । शिक्षालाई भन्दा दहेजलाई प्राथमिकता दिइन्थ्यो । तर म त्यसबेला भाग्शाली थिएा मेरा पिताले मलाई स्कुल पठाउनु भयो ।
कोइरालाले भन्नुभयो, केटाकेटीमा म सदा एयर होस्टेज बन्ने सपना देख्थे । तर यसैलाई मैले जीवनको लक्ष्यचाहिा मानेको थिइन । भारतको कालिङ्गपोङमा मैले शिक्षा आर्जन गरेपछि १८ जना चिरपरिचित संगीतकार जस्तै रञ्जित गजमेर, संगीतकार तथा लेखक पितर जे कार्थकसाग नेपाल प्रवेश गरी काठमाण्डौ आएा । मैले काठमाण्डौमा आएर एउटा स्कुलमा अध्यापन शुरु गरे । पछि दिनेश
कोइरालासाग विवाह भए पनि विविध कारणले वैवाहिक जीवन सुद रहन सकेन । पुरुष प्रधान समाजको असमानताले पनि वैवाहिक जीवनमा झमेला भयो । मैले न सम्बन्ध विच्छेद गरे न मेरा पति मसाग सैगै बस्नुभयो । त्यसैले हामी छुट्टियौ र मैले एउटा सानो भाडढााको कोठामा बसेर कष्टपूर्ण गुजारा चलाउन थाले । भ्वाइसेसको २१ ओं संस्करणमा आफ्ना विगतहरु कोट्याउदै गर्दा उहाा अत्यन्तै भावुक देखिनु हुन्थ्यो । काठमाण्डौमा पैसाका लागि संघर्ष गर्ने मध्येको पशुपतिनाथ मन्दिर पनि एक हो । पशुपतिनाथमा मागेर बस्ने महिलाहरुको अवस्थाले आफूलाई महिलाको क्षेत्रमा केही गर्ने सोच आयो र आफूले माइती नेपाल गठन गरेको हुा । पशुपतिमा मागेर बस्ने महिलाहरुमाथि कुनै न कुनै रुपमा हिासा भएको पाएा । उनीहरु बाध्यताबस माग्न बसेका थिए । नेपालमा नोकरी पाउन पनि ठाउामा आफ्नो मान्छे हुनुपर्छ । त्यस्ता कतिपय महिलालाई थोरै पूाजीमा दोकान खोलिदिएा बदलामा प्रत्येक दिन दुई रुपैया उठाए । सन् १९९३ मा माइती नेपाल खोले पनि १९९५ मा चरम आर्थिक संकट झेल्नुपर्यो । कतिपय दाताहरु सहयोग गर्ने तर आफ्नो इसारामा नचाउन चाहन्थे । म १९९७ मा गम्भीर तपेदिकबाट पीडित थिएा । मानव तस्करीका विरुद्ध हार नमानी काम गरिरहो । यो काम अत्यन्तै गाह्रो थियो तर असम्भव पनि थिएन । वैदेशिक
रोजगारको नाममा कलिला युवतीहरुलाई यौन शोषणका लागि वेचबिखन गर्ने काम हुन्थ्यो । त्यसका विरुद्ध लागि रहे ।
उहााले भन्नुभयो माइती नेपालको आज १३ स्थानमा शाखा छ, दुई ठाउामा आश्रम छ भने काठमाण्डौमा मुख्यालय छ । मानव तस्करी पूर्ण रुपमा उन्मुलन गर्न सम्भव छैन तर न्यून गर्न सकिन्छ । अहिलेसम्म २५ हजार महिलालाई मुक्त गरेको छ भने १६ सय अपराधीहरुलाई दोषी ठहर्याएको छ । यसलाई अहिले ठूलो सफलता मान्न सकिदैन र समस्या अहिले पनि धेरै छन् । जब हामी सबैले आफ्ना बच्चा रुप अन्य साना बच्चामा देख्छौं धेरै समस्यााको समाधान हुन्छ । महिलामाथि हुने कुनै पनि हिासा मानवताका लागि लज्जास्पद हो कोइरालाको निष्कर्ष थियो । त्यस अवसरमा बीपी
कोइराला भारत नेपाल फाउन्डेशनका सचिव अभयकुमारले माइती नेपालको पुस्तकालयलाई केही पुस्तक दिने घोषणा गर्नुभएको थियो ।
