सुनसरी उवासंघमा अग्रवाल, श्रेष्ठ र सापकोटा

धरान÷सुनसरी उद्योग वाणिज्य संघको आगामी जेष्ठ २७ गते सोमबार हुने निर्वाचनमा अध्यक्षमा उद्योगी एवम् व्यवसायी पवन कुमार अग्रवाल र संघका वर्तमान बरिष्ठ उपाध्याक्ष विजय श्रेष्ठ र वर्तमान सदस्य गिरीधारी सापकोटा बीच प्रतिष्पर्धा हुने भएको छ ।
आगामी नेतृत्वको लागि अग्रवाल , श्रेष्ठ र  सापकोटा नै चुनावी मैदानमा देखिने स्वयम् व्यवसायीहरु बताउँछन् ।
वि.सं. २०२० सालमा स्थापना भएको आजको सुनसरी उद्योग वाणिज्य संघमा यतिबेला ३६ सय व्यवसायीहरु सदस्य
रहेका छन् । यस भन्दा अगाडिको संघको नेतृत्वले  यहाँका व्यवसायीहरुको हितमा काम गर्ने, उनीहरुका समस्या समाधान गर्न, मनपरी ढंगले बढाइएको स्थानीय
करका विरुद्धमा कुनै कम गर्न नसकेको भन्दै व्यवसायहरुबाटै नेतृत्वको आलोचना हुँदै आएको छ । आगामी  नेतृत्वका आकांक्षी, व्यवसायीहरुकै जोर बलमा संघको  अध्यक्षका लागि उमेद्वारी दिनु लाग्नु भएका पूर्व अध्यक्ष समेत रहनु भएका पवन कुमार अग्रवाल भन्नुहुन्छ, मैले २०६४ सालमा छाड्दा त्यसपछिका कुनैपनि नेतृत्वले संघलाई जुन रुपमा लैजानुपर्ने थियो त्यो रुपमा लगेको पाइएन । उद्योगी व्यवसायीको मर्म अनुरुप काम हुनसकेन । केही त भयो होला तर त्यो प्रर्याप्त भएन । त्यो पूरा गर्न यसपटक मेरो उमेद्वारी आवश्यक छ भनेर उद्योगी व्यवसायीहरुले आग्रह गरेपछि मैले उमेद्वारी दिन लागेको हँु ।
उद्योगी व्यवसायीहरु जहिल्यै पनि मारमै हुन्छन् । प्राय ः सबै क्षेत्रका नागरिकले सम्मान पाउँछन् तर उद्योगी व्यवसायीहरुले सम्मान नपाउने अवस्था छ, अग्रवाल भन्नुहुन्छ ।  उहाँको कथन छ व्यवसायीहरुलाई सदैव गलत मात्र देख्ने प्रवृत्ति छ । त्यसलाई चिरेर जानुपर्छ, व्यवसायीलाई पनि अनुशासनमा ल्याउनुपर्छ र प्रशासन, राजनैतिक दलहरुसँग पनि सहकार्य गरेर उद्योगी, व्यवसायीको उत्थानमा लाग्नु आवश्यक छ । यसैका लागि मैले उमेदेवारी दिनलागेको हुँ ।
सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीको हितसँगै यहाँको विकासमा समेत अग्रणी भूमिका निर्वाह
गर्नुपर्छ । व्यवसायीहरुलाई जहिल्यै पनि अपजस मात्र दिने प्रवृत्ति छ त्यसलाई हँटाउनुपर्छ भन्ने अगवालको मान्यता छ । विगतमा मैले काम गर्दा मेरो कामप्रति व्यवसायीहरुले
राम्ररी मनन गर्नुभएको छ । उहाँहरुकै मुल्यांकनका आधारमा मैले यसपटक उमेदवारी दिन लागकेो हो, अग्रवालले भन्नुभयो ।
उता अध्यक्षका अर्का सम्भावित प्रत्यासी विजय श्रेष्ठ समेत आफूले  गरेको कामको मुल्यांकन हुनेमा निश्चित देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ आगामी निर्वाचनमा मैले  जितेमा धेरेै काम गर्नेै योजना बनाएको छु । नेपालमा नयाँ संविधान आएको छ । उद्योग वाणिज्य संघलाई पनि त्यही अनुसार विद्यान संसोधन गरेर लैजानुपर्ने अवस्था छ । धरानमा अहिले ७ बजे नै पसल बन्द हुन्छन्, बजार खस्कदै गएको छ त्यसलाई अध्ययन गरेर अझ बडी समयसम्म व्यापार व्यवसाय चल्न सक्ने वातावरण बनाउनुपर्छ ।  धरानको भानुचौकमा भएको खाली जग्गामा
रात्री बजार विस्तार गर्न, प्रत्येक महिना यहाँका जनतालाई सुुवधा हुन सक्ने बजारको प्रदर्शन गर्नेै, धरान बजारलाई चहलपहल गराउन सकिने अवस्था सिर्जना गर्न सकिन्छ । श्रेष्ठ भन्नुहुन्छ, मेरो जित्ने अधार धेरै छन् । मैले १६ बर्षदेखि संघको कार्यकारिणी समितिमा बसेर काम गरेँ, दुईपटक महासचिव भएँ, अहिले बरिरष्ट उपाध्यक्ष छु । मलाई आगामी दिनमा अध्यक्षको रुपमा प्रस्तुत गर्ने उद्देश्यले नै यो जिम्मेवारी कार्यसमितिले दिएको हो । त्यसैले म आगामी सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षक्षमा निर्वाचत हुन्छु भन्नेमा ढुक्क छु, श्रेष्ठको कथन छ ।
उता अध्यक्षका अर्का प्रभावशाली प्रत्यासी गिरिधारी सापकोटा भन्नुहुन्छ म अध्यक्षमा चुनाव लड्छु । मैले धेरै तयारी गरिसकेको छु । गिरिधारी सापकोटाले पवन अग्रवालाई छाड्दैछ भन्ने बजार हल्ला छ नि त भन्ने सवालमा सापकोटा भन्नुुन्छ त्यो निराधार हल्ला
हो । म कुनैपनि हालतमा ब्याक हुन्न । मैले यहाँका उद्योगी, व्यवसायीसँग ६ महिनादेखि भित्री रुपमा तयारी गर्दै आएको छु । अब फल पाक्न लागेको छ, त्यो पाकेको फल खाइएन भने झरेर जान्छ  मेरो हालत यदि उठिन भने त्यस्तै हुन्छ । तपाईको चुनावी एजेण्डा के के हुन त भन्ने सवालमा सापकोटा भन्नुहुन्छ व्यवसायीको हक, हित र उनीहरुलाई
परेका समस्या समाधान नै मेरो मुख्य एजेन्डा रहन्छ । धरानको व्यापार किन खस्कदै जाँदैछ, यहाँका व्यवसायी किन पलायन  हुँदैछन् त्यहाँको समाधानमा लाग्छु । म २० बर्षदेखि व्यवसायीको निकट भएर काम गर्दै आएको छु । त्यसको समाधान के हुन्छ  त्यो मलाई थाहा छ । अर्को कुरा उद्योगी व्यवसायी र स्थानीय निकाय बीचमा समन्वय गराएर लैजान आवश्यक छ, त्यो म गर्छु । तपाईको जित्ने आधार के हो त भन्ने सवालमा सापकोटा भन्नुहुन्छ मैले आजसम्म व्यवसायीको हितमा काम गर्दै आएको
छु । यहाँका अधिकांश व्यवसायीको विश्वास मप्रति छ, मेरो जित्ने आधार त्यही हो ।

तपाईको प्रतिक्रिया