कुम्भ मेला समाप्त ः भारतका प्रख्यात सन्त महासन्तले समेत कुम्भ स्नान गरे

धरान÷ प्राचीन हरिद्वार चतरामा कुम्भ मेला मंगलबार सकिएको छ ।  यसै क्रममा कुम्भ मेलाको अन्तिम दिनमा भारतका सन्त महासन्तहरुले समेत कुम्भ मेलाको दर्शन गरेका छन् । दर्शनपश्चात उनीहरुले चतरामा लागेको कुम्भ मलाको महत्वका विषयमा बताउदै यसको धार्मिक महत्व चुलिएर गएको बताएका छन् ।
भारत वृन्दाबनका २० जनाभन्दा बढी दर्शनका लागि चतरा आएका प्रख्यात सन्त महासन्तहरुले नेपालमा शुरु भएको कुम्भ मेलाले देश विदेशमा समेत चर्चा पाएको बताउदै अब यसको विकास र प्रचारमा रज्यले ध्यान दिन सके आगामी हुने कुम्भ मेला अझ वृहत भएर जाने सुझाएका थिए ।
भारतीय धार्मिक गुरुहरुले शास्त्रीय मान्यताका आधारमा चतराधाममा मेला लगाउन शुरु गरिएकोप्रति बालसन्त मोहनशरण देवाचार्यलाई धन्यवाद दिनुभयो  । मेलाले हिन्दु धर्माबलम्बीलाई एकअर्काबीच सम्बन्ध मजबुद पार्नका लागि सहयोग पुग्ने विश्वास उनीहरुको थियोे ।
मेलामा भारतीय नाम चलेका धार्मिक अगुवा आएर अनुभव आदानप्रदान गर्नुले आगामी दिनमा कुम्भलाई व्यवस्थित गर्न महत्वपूर्ण ज्ञान प्राप्त भएको भन्दैे  यसले आगामी दिनमा अझ उचाई पाउने नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजजीले बताउनुभयो ।
नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रुपमा २०५९ साल चैत ६ गते देखि एक महिनासम्म, ०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भ मेला प्राचिन हरिद्धार चतराधाममा लागेको थियो । यस्तै, २०७०÷०७१ मा बाह्बर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । जे होस् भारतीय धर्म गुरुहरुले पनि कुम्भ मेलाको दर्शनसंगै यो हरिद्वार क्षेत्रमा सान्दर्भिक भएको बताइरहदा यो मेलाको गरिमा अझ बढेर गएको
छ । यसलाई सम्पूर्ण नेपालीमा गौरवको अनुभूति गराएको छ ।

तपाईको प्रतिक्रिया