जबरजस्ती करणी र चोरी गर्ने प्रक्राउ

मोरङ÷गत शनिवार १४ वर्षभन्दा बढी कैद सजाय तोकिएका मोरङ ग्रामथान गाउपालिका ६ बस्ने वर्ष ३२ को पप्पु मियाँलाई इलाका प्रहरी कार्यालयले हरैचाले प्रक्राउ गरेको छ ।
ग्रामथान–६ मा लुकिछिपी हिंडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
मियाँले मिति २०६४ साउन ६ गते राती ८ बजे मोरङको साबिककोे वैजनाथपुर–५ निवासी सुरेन्द्र बुढाथोकीको घरबाट ९ लाख , सोही बर्षको भदौ १५ गते राती मोरङ साबिक टंकिसिनवारी गा.वि.स.वडा नं.२ निवासी रामकुमार बुढाथोकीको घरबाट  ९१ हजार ६ सय र  सोही दिन राति मोरङ साबिक विराटनगर उ.म.न.पा.वडा नं.४ को एक घरमा विभिन्न धनमाल डाका गरी जबरजस्ती करणी गर्ने मोरङ बनिगामा १ बस्ने मो.जबार मियाँ, जाबुल मियाँ लगायत ७÷८ जना व्यक्तिहरुमध्ये मो.जबार मियाँ, पप्पु मियाँ, रजाबुल मियाँलाई २०६४ भदौ २२ गते पक्राउ गरी कारबाही गरिएको थियो । मिया भने फरार रहेका थिए ।  पुनरावेदन अदालत विराटनगरको मिति २०६८ साउन ३० गतेको फैसलाले डाँका तथा जबरजस्ती
करणी मुद्दामा संलग्न मियाँलाई डाकातर्फ १७ वर्ष कैद र ६४ हजार ४० रुपैया जरिवाना तोकिएको थियो  ।  मियाँले २ वर्ष ६ महिना १८ दिन थुनामा बसी भुक्तान गरी १४ वर्ष ५ महिना १२ दिन कैद बसी फरार भएका थिए ।

तपाईको प्रतिक्रिया