अवैध सामान बरामद

झापा÷झापाको मेचीनगर नगरपालिका–६ र ७ बाट प्रहरीले अन्दाजी १ लाख १७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५७ हजार मूल्य बरबारको बिभिन्न किसिमका कपडा, नेपालबाट भारत तर्फ लैजादै गरेको १० हजार बराबरको ५ बोरा मटर, ३० हजार बराबरको सुपारी (१०० कि.लो र २० हजार मूल्य बराबरको स्याउ–५ कार्टुन  बरामद गरेको हो । बरामद सामान  मेची भन्सार कार्यालय कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया