भलिवल खेलको विकासमा जुटे खेलप्रेमी

धरान÷ भलिवल खेल विस्थापित हुन नदिन अहिले यो खेल धेरै हुने गरेका छन् । विगतमा नगन्य रुपमा हुने यो प्रतियोगिता यस खेलका विकासका लागि परेका खेलप्रेमीहरुले निरन्तर जारी राख्ने काम गरेका छन् ।
नेपालको खेल क्षेत्रमा भलिबलको महत्वपूर्ण योगदान भएपनि अन्य खेलको तुलनामा यो खेल कमैमात्र हुन थालेपछि अहिले भलिवल खेलप्रेमीहरु यसको निरन्ततामा जुटेका छन् ।
शहरी क्षेत्रमा मात्र हैन ग्रामीण पहाडी क्षेत्रमा समेत यो खेललाई निरन्तता दिने प्रयासहरु भएका छन् । यसैक्रममा ताप्लेजुङको मैवा  खोला गाउपालिकामा यही वैसाख २२ देखि २६ गते तेस्रा्े पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको आयोजना हुदैछ भने धरान १५ बाझगरा क्लबको आयोजनामा वैसाख २३ देखि २५ गतेसम्म खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
तीनजुरे, मिल्के र जलजलेको काखमा रहेको विगतको साघु गाविस र हालको मैवाखोला गाउपालिकाकालाई खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्य लिएको आयोजकले बताएको छ । मैवाखोला गाउपालिका वडा नं. ३ मा रहेको नारायणी माविको खेल मैदानमा हुन लागेको तेसो पाीभरा राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टिमसंगै राष्ट्रिय स्तरका ११ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिवस चोङवाङले बताउनुभयो । भलिबल खेलद्वारा यस क्षत्रको प्रवद्र्धन गर्न तेस्रो संस्करका भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको उहाले बताउनुभयो ।
मैवाखोला गाउपालिकाको व्यवस्थापन, मैवाखोला समाज काठमाण्डौकोे सह व्यवस्थापन,राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल भलिवल संघ र जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा आयोजना हुन लागेको सो प्रतियोगितालाई निरन्तता दिनुको प्रमुख कारण भलिबलको माध्यमबाट भौगोलिक निकटता कायम गर्दै भलिवल खेलको प्रर्वदनका लागि आयोजना गर्न लागिएको प्रदेश नं. १ का संसदीय दलका उपनेता टंक आङवुहाङले बताउनुभयो ।
भलिवललाई निरन्तरता दिनकै लागि पुरस्कारको राशी पनि प्रत्येक बर्ष बढाउदै लगिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५१ हजार ५ सय ५, उपविजताले १ लाख ७६ हजार २ सय ५१ र समी फाइनलका उपविजेता टिमहरुलाई जनही ५० हजार ट्रफी र प्रमाणपत्र पदान गरिन भएको छ । गत बर्ष प्रथम हुने टिमले ३ लाख ३० हजार उपविजताले १ लाख ४१ हजार रुपैया प्राप्त
गरेका थिए । यस्तै विद्यागत पुरस्कारतर्फ वेष्ट सर्भर, वेष्ट डिफन्डर, वेस्ट ब्लकर, वेष्ट सर्टर, वेष्ट कुईकर, वेष्ट ओपन स्पाइकर, वेष्ट कोचलाई जनही ७ हजार प्रदान गरिने भएको छ । पहाडी क्षेत्रमा हुने गरेका प्रतियोगितामध्ये यो नै सर्वोत्कृष्ट पुरस्कारको राशी भएको दाबी आयोजकको छ ।
यता धरान १५ एभरेष्ट लाइनमा हुने प्रतियोगितामा भने महिला र पुरुष दुवै टिमको हुने भएको हो । छैठौ पुरुष तथा तस्रा महिला  टिममा १२ टिमले सहभागिता जनाउने आयोजक बाझगरा युवा क्लबले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ६१ हजार, दोस्रो हुनेले ३१ हजारनगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम हुने टिमलाई १५ हजार र दोस्रो हुने टिमलाई ८ हजार ट्रफी र प्र्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष देवराज राईले
बताउनुभयो ।
आयोजकले भलिवल खेललाई जिवन्तता दिनकै लागि र खेलकुदको माध्यमबाट आफ्नो ठाउलाई चिनाउनका लागि प्रतियोगिता  गर्ने गरेको बताउन गरेका छन् ।
त्र

तपाईको प्रतिक्रिया