धरान/नेपाल विद्युत प्राधिकरणले भोलि बुधबारदेखि लागू हुने गरी लोडसेडिङ्गको समय बढाउदै कार्य तालिक हेरफेर गरेको छ ।
प्राधिकरणले हाल भइरहेको दैनिक ९ घण्टा लोडसेडिङ्ग बढाएर ११ घण्टा बनाउने भएको हो । पुष २ गतेदेखि नयाा लोडसेडिङ्ग तालिका लागू हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
पैरोबाट क्षतिग्रसत भएको विद्युत गृह सञ्चालन हुन नसकेको र विद्युत प्रणालीमा अत्याधिक लोड पर्न गएकोले लोडसेडिङ्गको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
मुलुकमा लोडसेडिङ्गको प्रमुख जिम्मेवार यतिबेला राजनैतिक दल र तिनका भातृ संगठनहरु नै देखिएको विद्युत प्राधिरणका केन्द्रीय कार्यालय भार सम्प्रेषण शाखाका कर्मचारीले जनाएका छन् । गत साउन १७ गते बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित भोटेकोशी जल विद्युत आयोजनाको कामलाई राजनैतिक दलकै कारण ठेकेदार कम्पनीले अगाडि बढाउन सकेको छैन । आइतबार निर्माण स्थलमा इन्धन बोकेर गएको ट्यांकरलाई राजनैतिक दलका स्थानीय कार्यकर्ताले तोडफोड गरी क्षति पुर्याएका थिए । नेपाली कााग्रेस, एमाले, माओवादी, राप्रपाका कार्यकर्तार्ाले एउटा संयन्त्र नै बनाएका छन् । उनीहरुले त्यहाा हुने जुनसुकै निर्माण कार्यमा आफूहरुलाई सहभागी गराउनुपर्ने, आफूहरुको सिफारिस बिना कुनै पनि काम गर्न नपाइने, ३५ प्रतिशत सयेर आफूहरुलाई दिनुपर्ने भन्दै आयोजनाको काममा अवरोध सिर्जना गरिरहेका
छन् ।
काममा अवरोध गर्ने र ट्यांकर तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा माथिबाटै नेतृत्वको दबाब परेपछि प्रहरी पछाडि हटेको छ ।
