घण्टाघरबाट हेर्दा

एनसल बहिष्कार गर्ने रे
हुँदा हुँदा हाम्रो देशाँ  अब गोरु व्याउन आटे जस्तो छ । संसारमा नहुने काम जे जे छन् ती सबै यही हुन्छन् कि क्या हो ? अब हेरम न सत्तामा माउ बस्ने सडकमा तिनका भाते कार्जेकर्ता उफ्रने । उफ्रदा पनि भाँती पु¥याएर उफ्रिएको भए तै बरु तै भन्नु । एनसेलले  लाभकर तिरेन त्यसका सिम बहिष्कार गरम रे । हैन हौ एनसेलको सिम सडकमा उफ्रने भातेहरुले बाड्या हुन र सित्तैमा । दश दश अर्ब लाभकर चुनाउका बेला तिनकै नेताले डकारेको विचराहरुलाई थाहै  रै’नछ । काम पाइनस बुहारी विस्कुन सुका उठा भनेझै विचरा भाते कार्जेकर्ताले कामै पाएनछन् । विक्री गर्दाका लाभांश कर छुट गर्दिएको भन्दै नेक्पाका वाल्वाटारे वा र अर्का प्रचण्डाउलाइ धन्यवाद पत्र पठाएको बहिष्कारवादीले पढेनछन् कि क्या हो ? बेला न कुबेला भेनेजुएला भनेझै आफ्ना मालिकहरु धरापमा पर्न थालेसी’ विचराहरु सडकमा आ’होलान् । एनसेलका विरुद्ध सडकमा मादल बजाएर गीत गाउँदा दुई तिहाई बहुमतको सरकारको इज्जतै फालियो । भाते ंसगठनहरुले बरु एक पटक आफ्ना नेताको मुख स्वाँँक्क सुघे हुन्थ्यो । मुखबाट एनसेलको कर वापतको रकम खाथे कि थेनन् भनेर गन्ध आइहाल्थ्यो । सत्तामा इतिहासको बलियो सरकार बस्ने अनि भाते संगठनले कर उठाइदिनु पर्ने ? क्या वात छ हाम्रो नेपालाँ ?
जेल हालिन्छ रे
हाम्रो देशका मन्तरीहरु साह«ै गफाडी भए वा † खै के जाति मन्तरी हुन् कुन्नि अस्तिका दिन तिन्ले बडो फुइँ लगाएर भनिछन् ढुक्क हुनुहोस् । सरकारी जग्गा कब्जा गर्नेलाई पाता कसेर जेल हालिन्छ रे । हैन हौ गफ दिन ति कति जान्या हँ ? जता तै सरकारी जग्गा भू–माफियाहरुले मिचेको मिच्यै छन् । वाल्वाटारदेखि टुँडिखेलसम्म सरकारी जग्गा मिचेर त्यत्रा घर ठड्याइ सकेका छन् । तर ती मन्तरीलाई जग्गा मिचिएको अझै सम्म पो थानै रै’नछ । मिच्नेले तिन्का घरमा पनि यसो खुरुखुरु केही पठाइद्या होलान् आजसम्म कुनै भूमाफियालाई पाता कसेर जेल हालिएको घण्टाघरका यी थोत्रा कानले सुन्नु परेको छैन । हैन यो गनतन्त्र हो कि माफिया हो हँ ? नेक्पाका मासचिव विष्णु पौड्यालले वाल्वाटाराँ लिएको जग्गा आधिकारिक हो रे । त्यो जग्गा रोक्का हुँदैन रे । अब बातै सिद्धि गो नि । भू माफियाले देशैभरि कब्जा ग¥या जग्गा सबै आधिकारिक त होलान् नि । कि कसो हौ ?
सहकारी बद्नाम भयो रे
हिजो आज सरकारका मन्त्रीहरुको थुतुनो अलि बढी नै चल्न थाल्या जस्तो छ । पर्धानमन्तरी खप्रओको स्वभाउ पहिलादेखि नै त्यस्तै थियो । खप्रओले बोल्यो  कि थुतुनो त्याति हाल्नुपर्ने  अब त हुँदा हुँदै सरकारका अरु मन्तरीहरुलाई नि पर्धानमन्तरी खप्रओकै फोवियाले अँठ्याएछ क्यारे । अस्तिका दिन सुचने मन्तरी काभ्रेतिर हल्लदै पुगेछन् त्यहा पुगेर तिनले प्वाक्क भनेछन् सहकारीले बद्नाम मात्र कमायो रे । सहकारीले खाली विचौलिया मात्र खोजेर काम ग¥यो रे ।  यसैलाई भन्छन् आफने आङ्गको भुइँसी नदेख्ने अनि अरुको आङ्गको भने जुम्रा समेत देख्ने । हैन हौ सहकारीले बदनाम कमाएको छ तर सरकारकाले चाहिँ कुन इज्जत कमाएको छ हँ ? वाल्वाटारको जग्गा विचौलिया खोजेर भटाभट द्या छ । टुँडिखेलको जग्गा प्लटिङ्ग गरेर छाप्रा बनाउन द्या छ । चाहिने भन्दा नचाहिने काम ग¥या छ । काम भन्दा बढी थुतुनो चलाएको छ । अनि सहकारीले बदनाम कमायो भनेर बर्बराएर के गर्नु । आकाशतिर थुक्दा छिटा आफ्नै अनुहारमा कि कसो हौ ?
अधिकारै छैन रे
प्रदेश २ ले आफै सिडियो नियुक्ति गर्न तयारी गरेको सुइँको पाएसी’ संघका घरेलु मन्तरी रामबहाद्ुर थापा दौडेर जनकपुर पुगेछन् । उन्ले सुरक्षे गोष्ठीको आयोजना गरेर प्रदेशलाई सिडियो नियुक्त गर्ने अधिकार छैन भन्दै पड्किएछन् । केन्द्रको मातहतमा जिल्लाको शक्तिशाली सिडियो राखेसी’ प्रदेश नं. २ ले सिडियो आफै नियुक्ति गर्ने तयारी गर्दै आएको थियो । आन्तरिक मामला तथा कानुन मन्तरी ज्ञानेन्द्र यादवले संविधानको अनुसूचि ६ (१) बमोजिम प्रहरी प्रशासन नियक्ति गर्ने अधिकार प्रदेशको रहन्छ भन्दै विद्येयक नै पेश गरेका छन् । विद्येयक पास गरेर संघका सिडियोलाई लघारेर आफ्नै सिडियो राख्लान् भनेर घरेलु मन्तरीलाई कम्ता चिन्ता थपिएको छैन । २ ले सिडियो नियुक्ति ग¥यो भने अरु प्रदेशले नि भटाभट गर्छन् । सिडिओ मार्फत जिल्लाहरुमा राईदाइँ गर्दै आएको संघका मन्तरीहरुको नाक मुख सुक्या छ । विधानमा व्यवस्था गर्ने अनि अहिलेचाहिँ हुन्न भनेर राँडे रुवाई गरेर त भएन नि । अन्तेमा सरकारलाई प्रदेश नै घाँटो होला जस्तो छ  न निल्नु न ओकल्नु ।
कम्निस्टले लुट मच्चाए रे
हैन हौ नेप्लिज लाँग्रेसका नेता रामचन्दै बाजेले अस्तिका दिन रौतहटतिर पुगेर थुतुनो बजाएछन् कम्निस्टहरुले देश लुटे भनेर । अरुले लुट्नु कि नलुट्नु किन चियोचर्चो गर्नु र यो मुलुक भन्या लुट्नकै लागि त हो । त्यसै पशुपति शर्माले गाका हेैनन् नि लुृट कान्छा लुट भनेर बाजेले पशुपति शर्माको गीत सुन्या रै’नछन् कि क्या हो ? यहाँ जस्ले जति लुट्छ ऊ त्यति नै असल बन्छ । लुटन नसके त्यस्तोको यहाँ कामै छैन । हो देशाँ जस्ले लुट्यो त्यो सत्तामा पुग्छ, वाल्वाटाराँ घेडेरी किन्छ, वाइडवडीमा अरबौ डकार्न पाइन्छ, एनसेलमा दशौ अर्ब भिœयाउन पाइन्छ, नेपाल टेलिकमको फोजी विस्तारमा गतिलै माल पचाउन पाइन्छ । काँग्रेस सत्तामा  बस्दा पनि धमिजा काण्ड घटाएको हो, लाउडा काण्ड घटाएकै हो ।अनि कम्निष्टले मात्र लुट्यो भनेर वित्थामा किन फलाक्नु ? पहिला आफ्नो अनुहार ऐनामा हेर्नुप¥यो बाजे । लुटन त यहाँ कम्पिटिसन नै चल्या छ । कि कसो हौ ?
भत्ता बढाउनु प¥यो रे
काम पनि छैन, काज पनि छैन खाने बेलामा लाज पनि छैन । हाम्रा देशका सांसदहरुको कामै छैन, तर पनि उनीहरुलाई तलबले पुगेन रे ।
विचराहरुलाई के पुगोस त ? जन्ताले  तिरेको करबाट १ लाख ९ हजार सात सय रुपैया मात्र बजाउँदै आएका छन् । यही पैसाबाट राम्रै क्वालिटीको रक्सी धोक्नै प¥यो, घर हुनेलाई त ठीकै छ नहुनेले भाडा बुझाउनै प¥यो, श्रीमतिलाई झरिझट्ट गर–गहना किनीदिनै प¥यो, छोराछोरीलाई विदेशी नामका स्कुलहरुमा पढाउदै प¥यो, गाडी चढ्नै प¥यो ।  यसो गामघरतिरबाट आएका कार्जेकर्ताको अनुहार हेर्ने प¥यो । अनि जाबो त्यति पैसाले के पुगोस.् । धन्न एनजिओ आएनजिओहरुले बेलाबेलामा खाम दिन्छन्, दारु पानीको व्यवस्था गर्दिन्छन् । विचराहरुले त्यसै रातो पासपोर्ट बेचेका होइनन्, साह«ै थोरै विचराहरुको तलब । त्यसैले उनेरले आफ्नो तलब बढाउनुपर्छ भनेर संसदमै माग गरेछन् । तलब बढाउन कुनै पनि दलका सांसदहरुले विरोध गरेनछन् । आखिरी खाने मामला न हो । अरु कुरामा त पक्षे विपक्षे एउटै दन्त बझान गर्छन् । तर खाने मामलामा त चोर चोर मौसेरे भाई । कि कसो हौ ?
कहिले रोकिन्छ रे
नेप्लिज लाँग्रेसका नेता शेखराउले अस्तिका दिन पर्धानमन्तरीलाई प्रश्न गरेछन् । पर्धानमन्तरी ज्यू सार्वजनकि जग्गाको अतिक्रमण कहिले रोकिन्छ रे । त्यस्तो पनि कही प्रश्न गर्ने हो ? विचरा पर्धानमन्तरीले सार्वजनिक जग्गामा आफै गएर खावा खुट्टी गाड्या हुन र प्रश्न गर्नु ? जसले खावाखुट्टी गाड्या छन् तिन्लाई प्रश्न गर्नु नि । वाल्वाटारको जग्गा किन खरिद ग¥या भनेर विष्णु पौड्याललाई सोध्या भए अलिकति कुरा हजम हुने थियो । टुडिखेलमा किन सटर बनाएको भनेर बनाउनेलाई सोध्या भए हुने थियो । अत्तो न पत्तोको प्रश्न गरेर किन ठूलो पल्टिएको होला ? जे भएपनि पर्धानमन्तरीलाई नै गाली गर्ने सोध्ने त गर्नु भएन नि हौ ।
अन्तेमा
संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले अस्तिका दिन भन्या फोरमले सरकार छाड्छ
रे । विचरा राईलाई के भनम के भनम लाग्दो रै’छ अनि एउटा एउटा विंगा लगाइदियो । फोरम सरकार छोड्न सरकारमा गा’हो र ? मन्तरी भएर अध्येक्षे उपिन्द्र जादवले मोज गर्न पा’छन् । देश विदेश घुम्न पा’छन् ।  लाखौ भत्ता डकार्न पा’छन् । कर्मचारीहरुबाट नजराना उठाउन पा’छन् । त्यसै सरकार छोड्ने त कुरै आउदैन । संविधान संसोधन गर्दिने शर्तमा फोरम सरकारमा गा’ हो र पर्धातन्तरीले एक बर्षदेखि संसोधन गर्ने कुरै गर्दैनन् भनेर विचरा राईले भनेको सुन्दा घण्टाघर जिल्ल खाएको छ । सरकारमा गएसी संसोधन–संसोधन गोली मारा । सरकारबाट बाहिरिएसी संसोधन गर भनेर सडकमा उफ्रनुपर्छ । जन्तालाई मूर्ख बनाउन परेन ? खै त राई वाले कुरा बुझ्या ? वल्लवल्ल पाएको मन्तरी कस्ले छोड्छ ? कि कसो हौ उप्रिन्द जादव ज्यू ?

तपाईको प्रतिक्रिया