झापा÷झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडामा सोमबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे चारआलीबाट बिर्तामोड तर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ का ३२ बर्षीय दिपेश पौडेललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेर चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।
त्र

