असतीहरु
गुमनाम से अच्छा बद्नाम ठीक भन्थे हो कि क्या हो ? ती सत्ता पक्षे झालेमालेका मासचिव विष्णु पौड्यालको चर्चा हुनै छाड्या थ्यो
रातारात वाल्वाटारको जग्गाले चर्चाको शिखरमा पु¥याइद्या छ । विचराले खनखन्ती पैसा हालेर खरिद ग¥या जग्गामा असतीहरुले उठिबासै लगाउने गरी विरोध ग¥या छन् , विरोध ग¥या छन् । श्रीमतिको नाममा नवलपरासीको आठ कट्टा जगा बेचेर वाल्वाटाराँ
विचराले आठ आना त ल्या थे नि सञ्चारमन्तरीले त भन्दिसके विष्णु पौड्याल जी ठगिनु भयो वाल्वाटारका दलालहरुले उहाँलाई फँसाएछन्, उहाँलँई राज्यले उचित क्षेतिपूर्ति दिन्छ । तै पनि असतीहरुले तथानाम भन्या छ भन्या छन् । त्यत्रा माचिव जस्ता मान्छेको त्यति साह«ो खेदो त खन्नु हुँदैन गाँठे । अरुले वाइडवडीमा करोडौ पड्काका छन् । मेलम्चीको करोडौ डकारेका छन्, फौजीमा अरबौ भागबण्डा गरेका छन् तर ती विष्णु पौड्यालले विचरा कही लामो हात ग¥या छैनन् । वाल्वाटारको आठ रोपनी जग्गा पनि खनखनी पैसा गनेर नियेम प्रक्रिया पु¥याएर लिएका हुन् । सरकार पक्षेका गतिला मान्छे विष्णु पौड्याललाई सरकारले क्षतिपूर्ति मात्र होइन अझ गतिलै ठाममा सट्टाभर्ना नै दियो भने असत्तीहरुको अपानवायु नै बन्द हुन्छ ।
किन थुतुनो बजाएका होला ?
गोरु बूढो भयो भने भीर खोज्छ, मान्छे बूढो भयो भने निहु खोज्छ भन्थे हाम्रा गामघरतिर बुढापाकाहरु हो रै’छ । राजनैतिक डेड एक्सपायर भएका लारायन मान विजुक्छेले अस्तिका दिन भन्या वाल्वाटाराको जग्गा किन्ने र बेच्ने दुवैलाई कानुन संसोधन गरेर फाँसी दिनुपर्छ रे । हैन के भा’का लारायनमान विजुक्छे हँ ? बलात्कारी, हत्यारा, खुंखार नटवरलालहरुलाई त नेपालमा आजसम्म फाँसी द्या छैन । अब जाबो वाल्टारको जग्गा बेच्ने र किन्नेलाई फाँसी दे भनेर बुरुक बुरुक उफ्रेर हुन्छ ? जस्ले हान्यो त्यसले जान्यो । जग्गा किन्नेले नि गतिलै ठाममा होस भनेर किन्छ । अनि बेच्नेले पनि गतिलै ठामको बेच्दा मालपानी राम्रै झर्छ भनेर बेच्छ । एउटाले खनखनी पैसा हालेर किन्या छ भनि अर्कोले मालपोतबाट पास गर्दिया छ । अब संविधान संसशोधन गरेर कस्लाई फाँसी दिनु ? फेरि संविधान संसोधन केटाकेटीले काने काने पिच्चा खेले जस्तो हो र जतिबेला पायो त्यतिबेला संशोधन हुने ? वित्थामा हिरो पल्टिन किन थुतुनो बजाउनु ?
माला जपेर हु“दैन रे ?
माछा देखे दुलाभित्र हात सर्प देखे दुलाबाहिर हात भा’का दहीचिउरे राप्रपाका अध्येक्षे कमलाउको बयान त हजार जिब्रा भएका शेष नागले पनि गर्न सक्लान जस्तो छैन । यतिबेला सत्ता र सदन दुवैतिरबाट लघारिएर सडकमा पुगेका कमलाउले हिन्दु राष्ट्र चाहियो भनेर डाको छोड्न थाल्या छन् । खप्रओ पर्धानमन्तरी छँदा परराष्ट्रमन्त्री भाका बेला कमलाउले गनतन्त्र र धर्मनिरपेक्षता स्वीकारेका थिए । अब यतिबेला वल्लो छेउ न पल्लो किनार भएसी तिनलाई हिन्दु राष्ट्र चाहियो रे । कहिले पूर्वदेखि पश्चिमसम्म हिन्दु राष्ट्र चाहियो भनेर हर्रर्र दौडन्छन् । कहिले
राजधानीमा उफ्रन्छन् । सत्तामा पुग्दा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र विर्सन्छन् । सडकमा आएसी दुवै चाहियो भने फलाक्छन् । नबुझिने भयो कमलाउको कमाल ? अस्तिका दिन त उन्ले घरमा माला जपेर हिन्दु राष्ट्र आउँदैन । सडकमाँ आउनुस भनेर पनि फलाकेछन् । नाटक पनि कति गर्न सक्या होला ?
बृद्धबृद्धा ट्वा“
नेपालका बृद्धबृद्धा यतिबेला ट्वाँ परेर आकाशतिर हेर्न थाल्या छन् । चुनाउको बेला पर्धानमन्तरी खप्रओले बृद्ध बृद्धाहरुको भत्ता पाँच हजार पु¥याइदिने, थप थप
घरैमा लगिदिने भनेर भाषन ठोक्दा विचराहरु कम्ता गजक्क प¥या थे’नन् । पाँच हजार भए यसो केही कुटुक्क किनी खान हुन्छ, छोरा बुहारीका अगाडि दाँत फुक्किएको मुख किचिक्क बाएर माग्नु पर्दैन भनेर सोचेर विचराहरुले भोट हाल्या थे । अहिले आएर खाइपाई आएको भत्तो समेत काट्ने भएसी बृद्धबृद्धाहरु ट्वाँ परेका छन् । आखिरी हाम्रा पर्धानमन्तरी समेत नेपाल बनाउने महान कार्यमा जुट्या छन् । समृद्ध नेपाल बनाउन पैसो चाहियो वित्थामा बृद्धबृद्धाहरुलाई किन दिनु । बृद्ध बृद्धालाई छोराछोरीको कमाइको १० प्रतिशत दिलाइदिने भा’छन् । जताबाट भए पनि बृद्धबृद्धालाई पैसो त चाहियो हो कि । कि कसो हौ ?
ला“ग्रेसले जा“गर चलाउने रे
सत्ताबाट हँट्या सवा बर्ष जति भयो होला नेप्लिज लाँग्रेसको हलुवा टाइट भैसक्या छ । मर्नु भन्दा बहुलाउनु निको भन्ने अवस्थामा लाँग्रेस पुग्या छ । लाँग्रेसका मुखिया स्यालबहादुरले लाँग्रेसलाई तंग्रने नसक्ने बनाइदिए । पाँचबर्ष सम्म सशरीर सत्तामा पुग्न नसक्ने भएसी कहिले छायाँ सरकार बनाउने भन्दै हिड्छन् । कम्निष्टको सरकार आयो भने रुन पनि पाइदैन भन्न मात्र जान्या स्यालबहादुरले अब मलुकुै भरि जाँगर अभियान चलाउने रे । संसदमा पर्तिपक्षेको भूमिका सम्म निभाउन नसक्नेले कताको जाँगर अभियान चलाउनु ? काजेकर्ता झोक्राउन थाल्या छन् । तिनलाई उचाल्ने, सडकमा उफार्ने काम अब स्यालबहादुरबाट साह«ै होला जस्तो अब छैन । चुनाउका बेला टन्न माल लिएर चैतेहरुलाई टिकट दिने, गुहु र गोबर छुट्याउन नसक्ने, निर्वाचनमा उत्तानो टाङ्ग भएसी अन्तरघात भयो भनेर कोकोहोलो मच्चाउने स्यालबहादुरले चलाएको जाँगर अभियानमा कसैको जाँगर चल्ला जस्तो छैन ।
सामान्यको असमान्य कुरा
उज्ज्यालैमा पनि बत्ती बालेर अनुहार हेर्नुपर्ने हाम्रा सामान्य प्रशासन मन्तरी लालबाबु पण्डितजीले अस्तिका नि असामान्य कुरा ओकल्दै छन् । मुलुकाँ जादुको छँडडी जस्तै समृद्धि ल्याउँछु भनेर चुनाउताका मादल बजाएर हिडेका कम्निष्टहरुलाई समृद्धि नआउनुको मुख्ये कारन बल्ल थाहा भएछ । जता गए पनि समृद्धि भनेर भाषन ठोक्दा ठोक्दा हिजो आज समृद्धि नआउनुको कार चाल पाएसी अनुहारै विगार्न थाल्या छन् । पण्डित वाले त अस्तिका दिन भन्दिए समृद्धि नआउनुको मुख्ये कारण नै जनपतिनिधि सुविधाभोगी भएर हो
रे । कागले आफ्ना नाम आफै काढ्छ भनेको हो रै’छ पहिला पहिला तिनै लालबाबु पण्डितजी साह«ा नेपालीलाई उल्लु बनाउन साइकलमा हुइँकिन्थे । हेर्दा हेर्दा उनी त पजेरो, प्राडो, मर्सिटिजमा पो दौडन थाले । समृद्धि त देशमा होइन जनप्रतिनिधिलाई आएछ । पैदल हिड्ने, साइकल चढ्ने, डेरामा बस्ने सबै जनप्रतिनिधि समृद्धिशाली हुँदै गा’छन् बैक व्यालेन्स बढेको बढ्यै छ, श्रीमतिका गहना थपिएको थपियै छ समृद्धि भन्या यही हो । कि कसो हौ ?
चुनाउ हराउनै पर्छ
आफ्नै वैरी भएसी जोरीपारीहरुले त्यसै पेलपाल पारिहाल्छन् नि । हिजो आज नेप्लिज काँग्रेसलाई ह्वात्तै माथि उठाउन गिजाउपुत्री सुजो तन मन र धनले लागेकी छन् । बाबुको विरासत डकार्दै नेतृ भइ टोपलेकी सुजो माने सुजाता जोष्टले गोडा दशेक दिन अगाडि पूर्वतिर आएर दुई चार जना नन्दीभृंगीहरु बटुलेर दह«ै गफ हान्दिछन् । उन्ले नेप्लिज काँग्रेस शेरबहादुरले बिगारे, काँग्रेसलाई आर्जेघाटमा पु¥याए । अब तिन्लाई १४ औं महाधिवेशनमा जसरी नि हराउनुपर्छ भनेर
भुकिछन् । घरभित्रको कुरा बाहिर छताछुल्ल बनाउनु जोष्टलाई राम्रै लाया होला । विचरीले बिर्सिछ्न शेर भन्या शेरै हो । शेरले घाँस खाँदैन । जतिसुकै बूढो भएपनि शेर कुकुर जस्तो आवाज निकालेर कराउदैन ।
अन्तेमा
यसपटक पनि राष्ट्रपतिले तक्मा वितरण गर्नुभएछ । किलोको भाउमा तक्मा भिर्नेहरु शितल निवासमा
राम्रैसँग पुगेछन् लाममा लाग्नेहरुको निधारमा कसैका बलातकारीको छाप लथ्या थ्यो । कसैका निधारमा भ्रष्टाचारको स्टाम्प लाग्या थ्यो । कसैलाई अखितयारले डठामेर छोड्या थ्यो, कोही बलातकारीको विल्ला भि¥या थे, कसैले ठगी गरेको तक्मा भिरेका र्गिए । कोही वाल्वाटारको जग्गा हडप्ने र्थि, कोही बैंक ठग्ने थिए । राष्ट्रपतिले सबैका गलामा तक्मा भिराइ दिइन् उत्कृष्ट सेवा गरेको । राष्ट्रका ागि महत्वपूर्न भूमिका खेलेको भन्दै तक्मा भिर्नेहरुको प्रशंसा भा’थ्यो खै घण्टाघरले त बुझ्नै सकेन । तक्माको बेइज्वत भयो कि तक्मा भिर्ने र भिराउनेको ?
