धुर्मुस सुन्तली फाउण्डेसनलाई फिल्म ‘यात्रा’ले ग¥यो सहयोग

फिल्म‘यात्रा स् अ म्युजिकल भ्लग’ले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ ।
फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमै गएर सो सहयोग गरेका हुन् । सहयोग पाए पछि धुर्मुस अर्थात् सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिदँै सहयोग प्रतिआभार व्यक्त गरेका थिए ।
‘थोपा–थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छाँै, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुसले भने ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्यप्राप्तिको उदेश्य, सफलता हात पर्छ ।’ उनले फिल्म यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवापुग्ने विश्वास व्यक्त गरे ।
धुर्मुस सुन्तलीको अभियानमा साथ दिन पाउदा निकै खुसि लागेको फिल्मका प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए ।
निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन् लागेको मातृ भूमिकपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए । ‘हामी सलिनसँगै यात्रा टिम शनिवार क्रिकेट खेल्न टियु मैदान पुग्नेछौ’ सुशीलले आफ्नो टिम सामाजिक कार्यमा सहयोग गर्न सदैव तत्पर रहनेछ ।
शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत , जान्वीबस्नेत , जय नन्दलामा , रेअर राई , प्रेक्षाबज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशालकटवाल , समृद्धि
राई , योगेश जंगकुँवर , इश्वर पौडेल , नानीकाजीडंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्तखनाल , कमल मैनाली , सौगातशर्मा लगायतको अभिनय रहनेछ ।
फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । कोट कीकालिका देवी फिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्मप्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठपनि प्रस्तुतकर्ता हुन् ।

तपाईको प्रतिक्रिया