धरान÷नेपाली काँग्रेस धरान उपमहानगरपालिका वडा नं. १३ ले नव बर्ष २०७६ सालको आगमनको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस १३ नं. वडा कार्य समितिका सभापति डम्मबहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति सुरेशमान श्रेष्ठ, पूर्व क्षेत्रीय उपसभापति विश्वराज शर्मा, पूर्व नगर सभापति प्रा. आनन्द आचार्य, नगर सभापति तिलक राई लगायत विभिन्न वडाका वडा सभापति र महिला नेतृहरुको उपस्थिति रहेको थियो । भारतीय भूतपूर्व सैनिक केन्द्रीय कार्र्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालक कार्यक्रम संयोजक चक्र खड्काले गर्नुभएको थियो ।
