घण्टाघरबाट हेर्दा

स्यालबहादुरको फोटो सेसन
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर कस्ता रोमान्टिक छैनन् । बोली नबझुेर के भो त ? तर
रोमान्टिकचाहिँ छन् है गाँठे । स्यालबहादुरको सबैभन्दा ठूलो विशेषता भन्या आफ्नालाई जोर लाती बर्साएर पराईलाई घ्वाप्लाक्क अंगालो मारेर स्टाइल–स्टाइलका फोटो शेसन गराउनु नै हो । अब हेरम न अस्तिका दिन स्यालबहादुर हतार हतार बांगा–बांगा खुट्टा बनाएर गोडा आठेक दलको मिटिङ्गमा पुगेछन् । मिटिङ्गमा कोही हराउन र विलाउन थालेका पार्टीका नेता, कोही काठमाण्डौको दानापानी बन्द कर्देंगे भन्ने नेपालीका नेताहरु राम्रै जमघट थे’छ । स्यालबहादुर पुग्नासाथ सबैल्ो गडगडाहट थपडी मार्दैछन् । कसैले वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गरिदिनु प¥यो भनेछन् । त्यसपछि त के  खोज्छ्स काना आँखो भनेझै बाँग्रे काजी गमक्क । त्यसपछि उठेर, बसेर, हल्लेर, फोटो सेसन शुरु भएछ । कस्तुरीले आफ्नै नाभीमा भएको विनायो चिन्न नसकेर उफ्री उफी खोजेझै स्यालबहादुरले आफ्नै कार्जेकर्ता चिन्न सक्या रै’नछन् । काँग्रेसलाई आन्दोलन गर्न हराउने र बिलाउने पार्टीका नेताहरुको आवश्यकता पर्दैन भनेर स्यालबहादुलाई कस्ले सद्बद्धि देला खै ? आफ्ना पर पारेर अरुसँग लगनगाँठो कस्नु र भीरबाट मुन्टिन लाग्या गोरुलाई राम राम भन्नु त उस्तै उस्तै त होला नि ।
काण्डैकाण्ड
नेपालीहरुका लागि २०७५ का लागि २०७५ साल अलच्छिनी सालै रै’छ । ०७५ सालले काण्डै काण्ड मात्र जन्मायो । कहिले गारेसँगै नेपाल प्रहरीका उच्च खान्दानी प्रहरीको सुन काण्ड र सनम हत्या काण्ड , कहिले निर्मला बलात्कार हत्या काण्ड, कहिले वाइवडी काण्ड, कहिले होली वाइन काण्ड, कहिले मेलम्ची काण्ड, कहिले एनसेल काण्ड, कहिले इन्डो एसिया पेसिभिक काण्ड, कहिले सिके राउत काण्ड, कहिले विप्लव प्रतिबन्ध काण्ड भए । हुँदा हुँदा ०७५ साल तुरिने बेलामा जोडदार धमाका साथ वाल्वाटार जग्गा काण्ड थपियो । सबै काण्डले खुबै चर्चा पाए । इनेगिने काण्ड भए पो चर्चा नपाउन त ? स्थानीय काण्ड भएको भए सामसुम हुन्थे होलान् । अब यी सबै काण्ड राष्ट्रिय स्तरकै परे । अझ अन्तर्राष्ट्रिय हावा काण्ड त कति छन् कति । पूर्व पश्चिम सुलुलु रेल कुदाई दिने, पानी नै नभाको ठाममा पनि बेलातसँग पानी जहाज चलाई दिने, आफ्नै देशमा पेट्रोल उत्खनन गरेर छेलो खेलो बनाइदिने । अब २०७६ चाहिँ काण्डै काण्डको बर्ष नहोस् है ।
सप्पै भ्रष्ट वाल्वाटार थुप्रेछन्
नेपालका भ्रष्ट र फुटबल उस्तै उस्तै हो कि क्या हो ? फुटबललाई जति लात्ती हाने पनि झन रमाएर उफ्रन्छ । भ्रष्टलाई जति कारबाहीको चेतावनी दिए नि झन झन बढ्या छन्–बढ्या छन् । अब हेरम न भ्रष्टहरुले गर्दा हाम्रा पर्धानमन्तरीको टाउको चटचट गर्न थाल्या छ । भ्रष्टाचारीहरु भागा रे भाग हुने गरेर एक्सन लिन्छु भनेर हाम्रा पर्धानमन्तरी भाषन ठोक्छन् । भ्रष्टहरुचाहिँ झन झन वाल्वाटारै छिर्दा रै’छन । देशभरिका भ्रष्ट, माफयाहरु सबै वाल्वाटर प्रवेश गरेछन् । विचरा पर्धानमन्तरी बस्या जग्गा नि सुइक्याइ दिएछन् । धन्न कसैले चाल पाएछ यसो थामथुम पार्न भ्याएछन् । पर्धानमन्तरी निवासकै जग्गा सुइक्याई दिने भ्रष्टहरुले पर्धानमन्तरीको बोलीलाई हावा पो ठानेछन् । रेल ,पानी जहाज, घर घरमा ग्याँस पाइप हुल्दिने, नेपालमै मोटर कारखाना खोल्ने जस्तै हावा सम्झेछन् । अबचाहिँ हा्रमा पर्धानमन्तरी खप्रओ अली कडै होलान जस्तो छ ।
पौड्यालले क्षतिपूर्ति पाउदै
नेक्पाका महासचिव विष्णु पौडेलले बाल्वाटारको आठ रोपनी जग्गा खरिद गरेको कसैले देखि सहेन । विचराले जाबो आठ आना त खरिद गरेका हुन  नि † अरुले सैयौ रोपनी खरिद गर्न हुने तिन्ले चाहिँ जाबो ८ आना पनि खदि गर्न नहुने ? किन्नचाहिँ पौडेल बाले ठाममै किनेछन् । तर भोग गर्नचाहिँ नपाउने भए । विचाराले पैसा दिएर खरिद गरेका थिए । पैसा डुब्ने चिन्ताले विचरा पिरोलिएका थिए तर इश्वर दाइने भएर आए जस्तो छ । सनक्क सन्कने सञ्चारमन्त्रीले भन्दिसके महासचिव पौड्याललाई झुक्याएर बेचेछन् । उहाँ सोझो हुनुहुन्छ, झुक्किनु भएछ रे । उहाँले क्षतिपूर्ति पाउनु हुन्छ  रे । सरकारले पौड्याललाई क्षतिपूर्ति दिने भा’छ । पौड्याललाई क्षतिपूर्ति दिनुको सट्टा बरु सट्टा भर्ना दिए वेश हुन्थ्यो कि ? टुँडिखेल, सिंहदरबारभित्र पनि छेउकुना भए पुगिहाल्छ । आखिरी पौडयाल सत्ता पक्षकै हुन क्यारे ?
झलुको सत्य वचन
किन चाउरिस मरिच आफ्नै पीरले भनेझै आफेनै पार्टीैमा चाउरिएर डल्लो परेर बसेका नेक्पाका नेता झल्ला झलुले भन्या नेपालका युवाहरु विदेश पलायन हुनुको मुख्ये कारन नेप्लिज काँग्रेस हो रे । क्या सत्य वचन बोलेछन् झल्ला झलुले । हैन कम्निष्ट भएसी’ सपैले हावै जोत्नुपर्छ ? हावा नजोति कम्निष्ट हुन नसक्ने रै’छ  यो देशाँ । देशाँ रोजगारी नपाएसी’ युवाहरु परिवार पाल्न र बाँच्न विदेश गा’हुन् भनेर झलुलाई कस्ले बुझाइदिने ? काँग्रेसका कारण पलायन भएका युवाहरुलाई अब दुई तिहाइको कम्निष्टको सरकारले रोक्नु पर्दैन ? झन ह्वारह्वर्ती पठाइरा’छ । फेरि आजका युवाहरु आठ पास गरेर मन्त्री,सांसदहरुको अनुहार  हेरेर बस्ने पनि होइनन् । यिन्का अनुहार हेरेर आफ्नो भविष्ये विगार्नु भन्दा खाडीतिर गएर बेल्चा चलाउनु नै उत्तम ठान्छन् आजका युवा । अब युवाहरुलाई विदेश जान रोकेर कम्निष्टहरुले रोजागरी दिन्छ कि आफ्नो पिछुवा बनाएर हिडाउछ ?
यूरोप बनाइदिने रे
नेपालका बाउराम बाजे माने नयाँ शक्ति पार्टीका संयोजकको मथिंगल हिजो आज ठीक ठाममा छैन कि क्या हो ? पर्धानमन्तरी खप्रओलाई समेत डाउन गर्ने गरी फलाक्न थाल्या छन् । बाउरामले फलाक्न थालेपछि खप्रओ फिक्का हुन थालेका छन् । अस्तिका दिन बाउरामले गफ दिएछन् म प्रधानमन्तरी भएँ भने नेपाललाई सिंगापुर बनाइदिन्छु रे  । आकाशको फल आँखा तरी मर भन्या  यही हो  हिजो पर्धानमन्तरी हुँदा नेपाललाई झिँगापुर बनाइदिए । अहिले केही नहुँदा सिंगापुर बनाइदिन्छु भनेर गफ हान्छन् । जाबो एउटा सांसद त काँग्रेसको बुई चढेर पाएको तिन्ले भुसुक्कै बिर्सेछन् । कुत्तीमा सुन छ कान मेरो बुच्चै भने झै वाउराम पर्धानमन्तरी बनून न नेपाल सिंगापुर बनोस् । हिजो त्यत्रो उत्पात मच्चाएर आएका बाउरामले नेपाललाई सिंगापुरसँग जोडेर कुरा गरेको किन जगत हँसाका होलान ? एउटाले सत्तामा बसेर दिनैपिच्छे हँसाएका  हिरिक्क बनाइसक्या छ अर्कोको पारा त्यही छ । हम कभी नही सुध्रेगे भनेझै नेपालका कम्निष्टहरु कहिलै नसुधध्रने भए ।
भ्रष्टाचारी नेपाली होइन रे कुत्तिको पुच्छर बाह«बर्ष ढुंग्रोमा हाल्दा नि बाँंगाको बाँगै हुन्छ । ०७५ सालभरि चुँड्किला सुनाएर बिताएका पर्धानमन्तरी खप्रओले ०७६ मा त राम्रो गर्लान कि भन्या त पारा उही छ । अस्तिका दिन उन्ले भन्या भ्रष्टाचारी र अनैतिक मान्छे नेपाली हुनै सक्दैन रे । वाल्वाटारकै जग्गा किर्ते गरेर खरिर  गर्ने विष्णु पौड्याल, माल नपाएको झोकमा मेलम्चीका ठेकेदारलाई पिँधमा पुल्ठो झोसे लघार्ने खानेपानी मन्तरी, फोरजी घोटाला काण्डका नाइके गोकुल वास्कोटा, वाइडवडी काण्डका हिरोहरु नेपाली हुन कि होइनन् ? आच्या ती त नेपाली हुँदै होइनन् नि । ति त नेकपाका मन्तरीहरु पो हुन् त ? नेक्पाका मान्छेहरु नेपाली कसरी हुन्छन् ? दुई चार हजार खाने पियन, मुखिया, सुब्बा, खरदार पो नेपाली हुन् छ । दुइ चार हजार खाँदैमा तिन्लाई अख्तियारले क¥याप्पै अँठ्याउछ यी नेपाली हुन र पो अठ्यायो कि कसो हौ ?
अन्तेमा
हिजो आज एमालेका सांसदहरुलाई छोइसक्नु छैन । आच्या अहिले त नाम परिवर्तन गरेर विप्लवको पाटीको नाम सट्याक सुटुक मिलाएर नेकपा भा’छन्  क्यारे । अस्तिका दिन नेक्पाका सासद एलपी सावाले एउटी एयर होस्टेजको हुर्मतै लिएछन् । बुद्ध एयरमा काठमाण्डौबाट भद्रपुर हिडेका सावाले अर्कैको सिटमा आसन जमाएसी’ एयर होस्ेजले आफ्नै सिटमा बस्न आग्रह गरिछन् । साँवाले बडो स्याठ पल्टै भनेछन् मलाई चिनेकी छैनन्, म को हुँ भन्ने थाहा छैन । हैन हौ एयर होस्टेजले नेक्पाका सांसदलाई कसरी चिनुन ? ती साँसदको निधारमा स्टाम्प हानेको थिएन । पछि पानी र चक्लेट दिन खोज्दा खान्न, चाहिएन बुद्ध एयरको गतिविधि हामीले वाच गरिरा’छौं भनेर फेरि हप्काएछन् । यो मुलुकाँ सांसद त यस्ता छन् । हप्काउने पनि गतिलै मान्छे फेला पारेछन् । अरुलाई हप्काएको भए तिन्का निधारमा सांसदको मोहोर लगाइदिन्थे । एउटा काम गर्नेलाई हप्काएर के बहादुरी देखाएका होलान् ? पक्कै पनि तिन्ले वाल्वाटाराँ घडेरी पाएनन् होला । नत्र किन बक्किुन पथ्र्यो ?

तपाईको प्रतिक्रिया