ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङ÷ताप्लेजुङको मेरिदिङ गाउँपालिका(५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे. १ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमा नै मृत्यु भएको हो भने ठक्कर दिने ट्याक्टर र चालक मेरिङदेन–२ सानथाक्रा बस्ने बर्ष २७ को लाक्पा शेर्पालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

तपाईको प्रतिक्रिया