खोटाङ÷खोटाङको ऐसेलुखर्क गाउँपालिका(डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर १ युवक बेपत्ता भएका छन् ।
दिउँसो १ बजे दुधकोशी गाउँपालिका–४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोली खटि एका स्थानीयवासीको सहयोगमा खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
