धरानमा यतिेबेला खानेपानीको हाहाकार भएको छ । खास गरेर सुख्खा याम शुरु भएपछि धरानमा तीन महिना पानीको अभाव हुने गरेको छ । वि.सं. २०३७ सालदेखि खानेपानी संस्थानले सर्दु जलाधार क्षेत्र र चारकोशे जगलमा गरिएको डिप बोरिङ्गबाट धराने जनतालाई पानीको आपूर्ति गर्दै आएको छ ।
धरानमा दीगो खानोपानीको संोतहरु नहुनु खानेपानीको अभावको प्रमुख कारण हो । धरानमा खानेपानी आपूर्तिका लागि दीर्घकालीन समाधान सप्तकोशीको पानी नै हो । नेपाल खानेपानी संस्था धरान शाखाले कोशीबाट पानी ल्याउन १० बर्ष अगाडि नै विस्तृत सर्भे समेत गरी ९३ करोडको लागतमा स्टिमेट समेत तयार पा¥यो ।
न त संस्थाले त्यस कामका लागि सम्बन्धित निकायबाट बजेट पायो न त स्थानीय नेतृत्वले केन्द्रसम्म आफ्नो पहुँच पु¥याउन सके । जसका
कारण संस्थानले गरेको सर्भेक्षण दराजमा थन्किन पुग्यो भने खानेपानीका लागि संस्थानलाई नै कोल्याप्स गराउने खेलमा धरान उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत, मन्त्रालयका माफिया, धरानका तत्कालीन सात दलका नगर पालिकामा हाली मुहाली गरेका स्थानीय राजनैतिक दलका नेताहरुले संस्थान नै कब्जा र धरासायी बनाउने नियतले एडिवीसँग २ अर्ब १६ करोडको सम्झौता गरे । धरानमा खानेपानी संस्थान नै नभएको भन्दै एडिवीलाई भ्रममा पारी सम्झौता गरेपछि उक्त रकममा लुछाचँुडी चल्यो ।
एडिीसँग गरेको २ अर्ब १६ करोड रकमले धरानको खानेपानी समस्याको अनन्त कालसम्म स्थायी समाधान हुने थियो । तर त्यत्रो रकम धराने जनतालाई थाहै नदिई सम्झौता गरेपछि प्रारम्भदेखि नै विवाद शुरु भयो । एडिवीका मतियारहरुले धरानमा खाोपानीको स्थायी समाधान गर्न चाहेकै थिएनन् । । चाहेका भए धरानको चारकोशे जंगलमा कोही ठाउँमा बोरिङ्ग गरेर भूमिगत पानीका लागि देखावटी रुपमा रकम खर्च गरेर धराने जनताको थाप्लोमा ऋण थोपर्ने थिएनन् । धरान नगरपालिकाले २०६९ चैत्र २१ गते पत्रकार सम्मेलन गरी एडिवीको ऋणमा २०१७ मै सम्पूर्ण योजनाहरु पूरा गरेर धराने जनतालाई २४ सैं घण्टा पानी दिने भनेर अफवाह फैल्यायो तर आज २०१९ सम्मको आधाआधी पुग्न लाग्न समेत एडिवीले पानी उत्पादन गर्न सकेको छैन ।
उसले आफू काम गर्न नसक्ने तर धाक धम्की र वाहुवल देखाएर नेपाल खानेपानी सस्थान कब्जाको मात्र प्रयत्न गरी रहयो । तर सचेत धराने जनताले संस्थान कब्जाको प्रयासलाई हालम्म विफल तुल्याउँैदै आएका छन् । नगर पालिकाले समय समयमा पानीकै सम्बन्धमा धराने जनतामा भ्रम सिर्जना गरिरहयो । २०७२ जेष्ट २ गते एक सूचना प्रकाशित गरी कथित धरान खानेपानी व्यवस्थापन बोर्डको नाममा जडानका लागि अग्रिम रकम जम्मा गर्ने सूचना नै प्रकाशित ग¥यो । जसमा २०७२ असार मसान्त सम्ममा रकम जम्मा गरेमा १० हजार, २०७३ असार मसान्त सम्ममा रकम जम्मा गरेमा १२ हजार, २०७३ चैत्र मसान्त सम्ममा रकम जम्मा गरेमा १५ हजार र २०७४ वैसाखदेखि बोर्डको निर्णय अनुसार हुनेछ भनी धरानको सुकुमम्बासी बस्ती, खानेपानी सस्थानको कनेक्सन नपुगेका, नयाँ निर्माण हुने घरहरुबाट रकम उठाए । त्यसरी करोडौ रकम उठाए तर तोकिएको समयमा कसैलाई पानी दिन सकेनन् । सक्ने अवस्था पनि छैन ।
रकम बुझाएकाहरुले कि पानी चाहियो कि रकम फिर्ता पाउन दबाब दिन थालेपछि खानेपानी संस्थानको पाइपमा गुण्डागर्दी शैलीमा कही स्थानमा आफ्नो पाइप इन्टर कनेक्सन गरेका छन् ।
खानेपानी एडिवीले गरेको लगानी वालुवा पानी हाले जस्तो भएको छ । उसले न त पानी उत्पान गर्न सकेको छ न त धरानको खानेपानी समस्याले दीर्घकालीन निकास पाउने सम्भावना देखिएको छ । हिजो एडिवीको समर्थन गर्नेहरु आज खुलेर विरोधम उत्रन थालेका छन् । यही अवस्था विद्यमान रहेमा धरान खानेपानीको काकाकुल सहरमा परिणत हुने भएको छ । यहाँ एउटा कुरा सत्य के हो भने जाबो एउटा बसस्टेन्ड व्यवस्थित गर्न नसक्ने धरान नगरपालिका नेपालका अन्य नरपालिका भन्दा भ्रष्ट नगरपालिका हो । यसले यहाँ कुनैपनि योजना सफलतापूर्वक सम्पन्न गरेको छैन ।

