होली पर्वमा ज्यान मार्ने र अराजकता फैल्याउने १६ जना प्रक्राउ

धरान÷ आत्मियता साट्दै सौहाद्र्धपूर्ण खेलिने होली पर्वमा ज्यान मार्ने तथा हातहतियार बोकी समाजमा आतंंक मच्चाउने १६ जनालाई धरान प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरको छ ।
चैत्र ७ गते तराईका जिल्लामा भएको होलीका दिन छुरा प्रहार गरी हत्या गर्ने ४ जना, ज्यान मार्ने उद्योगमा ५ जना र समाजमा आतंक फैल्याउन ७ जनासहित विभिन्न हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार होलिका दिन दिनको २ः३० बजे धरान ९ बगैचा लाइनमा व्यक्तिगत रिसिइवीको क्रममा धरान ८ का २० बर्षीय निमा तामाङ र सोही ठाउका १७ बर्षीय मिलन विकमाथि छुरा प्रहार गरिएको थियो । छुरा प्रहारका क्रममा निमा तामाङ्गको साझ ५ बजे मृत्यु भएको थियो भने मिलन विकको घाइते अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा लगिएको थियो । घट्नामा संलग्न भएको भन्दै प्रहरीले धरान ८ का १८ बर्षीय सुशान्त लिम्बु, सोही ठाउका १७ बर्षीय  निश्चल विक, १८ बर्षीय शरण र राई धरान ७ पानमारा बस्ने १८ बर्षीय  मनिष लावतीलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धानपश्चात आइतबार सार्वजनिक गरेको हो ।
विगतदेखि नै व्यक्तिगत रिसिइवी भएपछि होली पर्वका दिन मौका छोरी छुरा प्रहार गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । प्रक्राउ परेका चारजना मध्ये छुरा प्रहार गर्ने भने मनिष लावती भएको प्रक्राउ परेका मनिषले स्वीकार
गरेका छन् । प्रक्राउ परेकाबाट एउटा धारिलो छुरी समेत पाइएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा चलाइएको डिएसपी तिम्सिनाले बताउनुभयो ।
यसैगरी सोही दिन दुई बजेको समयमा धरान ५ देउरालीका सुजन भुजेल र राजन राईलाई हतियार प्रयोग गरी घाइते बनाउने धरान १५ का २० बर्षीय प्रशान्त लिम्बु, १९ बर्षका आविस्कार ल्म्बिु, १९ बर्षकै रोशन तामाङ, विजु भुजेल, अभिषेक मगरलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रक्राउ परेका उनीहरुबाट धारिलो हतियार बञ्चरो १ थान, कट्टी १ थान र खुर्पा १ थान प्रहरीले बराबद गरेको छ । प्रक्राउ परेका उनीहरुलाई ज्यानमार्ने उद्योग सम्बन्धी मुद्धा चलाइएको डिएसपी तिम्सिनाले बताउनुभयो ।
यस्तै होलिकै दिन सुरक्षाका लागि सादा पोसाकमा खटिएका प्रहरी जवान राजकुमार श्रेष्ठलाई अपशब्द बोल्दै धाकधम्की दिने ७ जनालाई प्रक्राउ गरी सार्वजनिक मुद्धामा कारबाही अगाडि बढाइएको छ ।  प्रहरीले प्रहरी जवान श्रेष्ठमाथि अपशब्द बोल्दै धाकधम्की दिएको भन्दै धरान १५ का १९ बर्षीय दिपक लिम्बु, धरान १४ का १९ बर्षीय  एल्बिस राई, धरान ११ का रुपा राई, धरान ५ का विनोद राई, धरान १५ का जेनिष राई, धरान ३ का आकाश मुखिया, कमल मल्ला ठकुरीलाई सार्वनिक गरेको हो ।
होलीका समयमा शान्ति सुरक्षा मजदुत बताउन संघीय प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धरान लगायतबाट १ सय ४५ प्रहरी परिचालन गर्दा पनि घट्ना न्यूनिकरण गर्न नसकेको बताउदै डिएसपी तिम्सिनाले आगामी दिनमा धरानमा चाडपर्वका समयमा विशेष सुरक्षा नीति बनाएर शान्ति सुरक्षामा खटिने बताउनुभयो ।
होलीका समयमा बीपी कोइराला स्वास्थ्य विज्ञानमा तीन सहित गरी धरानका २३ स्थानमा होलि विशेष कार्यक्रम आयोजना गरिएको थियो । सोही बेला प्रहरीले प्रहरीले ३५ जनालाई प्रक्राउ गरको भएपनि पनि १६ जनामाथि भने कारबाही अगाडि बढाइएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया