खडा. प्रेमनारायण श्रीवास्तव
बरिष्ठ होमियो चिकित्सक
मौसम परिवर्ततको कारणले
भाइरसबाट संक्रमण भएमा टाउको दुख्ने, जीउ दुख्ने, घााटी खसखस हुने, नाकबाट पानी बग्नुका साथै अचानक ज्वरो आउने समस्या देखिन्छ । यो भाइरसबाट हुने भएकोले यस किमिसको स्वास्थ्य समस्यालाई भाइरल फिवर भनिन्छ । यो ज्वरो एक व्यक्तबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसबाट प्रभावित व्यक्तिले हााच्छिउा गर्दा, खोक्दा अर्को नजिक भएको व्यक्तिको शरीरमा सुख र श्वासको माध्यमबाट यो भाइरस प्रवेश गर्छ । समयमा उपचार नभएमा यसले कान वा फोक्सोमा पनि असर पार्न सक्छ । यो ज्वरो एकै समयमा धेरै व्यक्तिमा पनि फैलिन सक्छ ।
यो ज्वरो अरु ज्वरोजस्तै भए पनि यसमा जीउ दुख्ने, टाउको दुख्ने, घााटी खसखस हुने, हाच्छिउ आउनुका साथै नाकबाट पानी बग्ने, मांसपेशी बाउाडिन खोज्ने आदि हुन्छ । कुनै कुनै व्यक्तिमा रुघा–खोकी लाग्ने तर खकार नहुन पनि सक्छ । यसका साथै थकाई लाग्ने, कमजोरी महसुस हुने र भोक घटेर जाने पनि हुन्छ ।
भाइरल ज्वरो भाइरस घााटीमा सुषुप्त अवस्थाम हुन्छन् ।मौसम परिवर्तन हुादा, चिसो पानी , खाना, दही वा आइसक्रिम खाादा यी भाइरसहरु सक्रिय भई मानिसको रोग प्रतिरोधात्मक क्षमतामा असर गरिदिन्छन् । अनि मानिस बिरामी भएर शरीरको तापमान १ सय देखि १ सय ३ डिग्री फरेनहाइटसम्म हुन सक्छ । यो संक्रमको असर १० देखि १२ दिनसम्मको हुन सक्छ । केही सावधानी गरेमा एक हप्तामा नै निको भएर पनि जान सक्छ ।
यसको संक्रमणबाट बच्न र बचाउन हाच्चिउा गर्दा वा खोक्दा सफा रुमालको प्रयोग गर्नुपर्छ , भीडभाडमा जानबाट बच्नुपर्छ । जीउ दुखेमा वा ज्वरो आएमा होमियोप्याथिक औषधिको प्रयोगबाट पनि निको पार्न सकिन्छ ।
घााटी दुख्ने वा सुन्निएको जस्तो भएमा अमिलो अचार, फ्राइ गरेको खाद्य पदार्थ, चिसो पानी, दही र आइसक्रिम खानु हुादैन । प्रभावित व्यक्तिले झोल पदार्थ बढी खानुपर्छ । हरियो सागपात, फलफूल, दूधबाट बनेको पौष्टिक पदार्थ सेवन गर्नुपर्छ । मनतातो नुन–पानीबाट गार्गल (कुल्ला) गर्नुपर्छ । नाक बन्द भएमा तातोपानीको बाफ लिादा फाइदा हुन्छ । पीडित व्यक्तिले मौसमअनुसार स्वच्छ लुगा लगाउनुपर्छ र केही दिन आराम गर्नु जरुरी हुन्छ । बढी ज्वरो आएमा पानीपट्टी गरेर घटाउनुपर्छ । अनि सरसफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
